गाेरखा । साताकाे तेस्राे दिन नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा १ हजार रुपैयाँले घटेर तोलाकाे ३ लाख १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख १ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ६२० रुपैयाँमा काराेबार भएको थियाे ।



