×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखकाली रबर उद्योग ब्युँताउने प्रयास

  •  
  • शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, मंसिर १० गते । स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदा रहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ ।

    सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने अन्य पार्टपुर्जा आयात गर्नुपर्ने बाध्यता पनि छँदैछ । tbb_6284

    नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा रु चार अर्ब १६ करोड ३४ लाख १९ हजार बराबरका टायर नेपाल भित्रिए । अघिल्लो आवमा रु २३ करोड २९ लाख ४३ हजार भन्दा बढीको टायर नेपाल आयात भएको थियो ।

    नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । गत आर्थिक वर्षमा भारतबाट मात्रै रु तीन अर्ब ५७ करोड नौ लाख २८ हजार बराबरको टायर आयात भएको केन्द्रले जनाएको छ ।

    भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रन्छन् । नेपाली टायर बजारमा पनि भारतकै वर्चश्व छ ।

    नेपालमा एमआरएफ (मद्रास टायर फ्याक्ट), गुड इयर टायर, एपोलो, जेके, सिटजस्ता भारती टायर नेपाल भित्रिने गरेका छन् । त्यसैगरी, जिसिबी टायर पनि नेपालमा रामै बिक्री हन्छ ।

    मुलुकमा अधिकांश भारतीय टायर प्रयोग हुने गरेको केन्द्रका निर्देशक सुयश खनालको भनाइ छ । उहाँका अनुसार अन्य मुलुकको तुलनामा सवारी साधनमा प्रयोग हुने सामग्री भारतकै हुने गरेकोे छ ।

    गोरखकाली रबर उद्योगलाई ब्यँुताउने प्रयास

    नेपालमा गुड्ने सवारी साधनका लागि आवश्यक पर्ने टायर स्वदेशमै उत्पादन गर्ने उद्देश्यका साथ २०४१ जेठमा गोरखाको मजुवा देउरालीमा स्थापना भएको एकमात्र टायर उद्योग २०७२ फागुन मसान्तदेखि ठप्प छ ।

    केही वर्षअघिसम्म जेनतेन चलेको यो उद्योगले आव २०७१/७२ मा यो उद्योगले पाँच हजार ६७० टायर उत्पादन गरेको थियो, जुन उत्पादन क्षमताको पाँच प्रतिशत मात्र हो ।

    चालु पुँजीको अभाव, न्यून उत्पादन क्षमताको उपयोग, पुराना मेसिन, दक्ष जनशक्तिको अभाव, न्यून बजार हिस्सा, चोरी तथा न्यून मूल्याङ्कन, चर्को व्याज तथा व्ययभार र सरकारी संरक्षणको अभाव जस्ता कारण यो उद्योग बन्द भएको सरकारको निष्कर्ष छ ।

    उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकारको ठूलो लगानी रहेको गोरखकाली रबर उद्योग सञ्चालन गर्ने प्रण गर्दै त्यसलाई अभियानका रुपमा अगाडि बढाउनुभएको छ ।

    सरकारको सेयर तथा ऋण लगानी रहेको यस उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी(पिपिपी) मोडल अपनाउन लागिएको छ ।

    मन्त्री जोशीले मन्त्रालय सम्हालेसँगै यस अभियान तीव्र गतिमा अगाडि बढेको र उद्योग मन्त्रालयको निजीकरण इकाइमार्फत अर्थमन्त्रालयमा लेखी पठाइएको उपसचिव दुर्गाप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    टायर व्यापारमा समस्या छैन

    व्यापारिक सिलसिलामा कानुनी तथा व्यावहारिक रुपमा थुप्रै गुनासा आउने गरेको भएपनि टायर व्यापारमा खासै समस्या नभएको व्यापारीको भनाइ छ । उनीहरुका अनुसार भारत तथा तेस्रो मुलुकबाट टायर आयात गर्न सहज छ ।

    सरकारले तोकेको राजस्व मापदण्डअनुसार व्यापार गर्न खास समस्या नभएको विन्देश्वरी टायर एन्ड ट्रेड, ढुङ्गेधाराका सञ्चालक यज्ञेश्वर पोखरेलको अनुभव छ । उहाँले भन्नुभयो – “व्यापारमा नीतिगत समस्या छैन ।”

    पोखरेलले विगत १६ वर्षदेखि बस, ट्रक, मिनीबस एवम् मोटरसाइकल तथा साइकलको टायर बिक्री गर्दैै आउनुभएको छ । आन्तरिक रुपमै उत्पादन गर्न सकिए त्यसले राज्यको अर्बौ रकम बिदेसिनबाट जोगिने उहाँको धारणा छ ।

    त्यस्तै धारणा राख्नुहुन्छ, आइएमइ ग्रुपका व्यापार प्रवन्धक सागरमान श्रेष्ठ । श्रेष्ठले पनि विगत लामो समयदेखि विभिन्न किसिमका अटोमोबिल्स एवम् टायरको व्यापार गर्दै आउनुभएको छ ।

    प्रणाम इन्टरनेसनलका सञ्चालक केदार रिजालले भन्नुभयो – “टायरको गुणस्तर कायम नहुँदा बजारमा केही समस्या छ ।” उहाँका अनुसार खरिद ऐनले टायरको गुणस्तर नतोकिँदा कमसल टायरले गुणस्तरीय टायरलाई उछिनिरहेको छ ।

    रिजालले विगत १० वर्षदेखि ब्राजिल, टर्की र इजिप्टबाट टायर आयात गरेर नेपाली बजारमा बिक्री गर्दै आउनुभएको छ । ट्रक, जीप एवम् डोजरजस्ता ठूला मेसिनमा लाग्ने टायरको व्यापारमा उहाँ संलग्न हुनुहुन्छ । gorkhali_tire

    बर्सेनि एक खर्ब ३३ अर्बको सवारी साधन

    केन्द्रका अनुसार आव २०७२÷७३ मा रु एक खर्ब ३३ अर्ब २६ करोड ११ लाख १५ हजार बराबर मूल्यका सवारी साधन भित्रिएका छन् । टायरको व्यापार बढ्नुको कारण सवारी साधनको प्रयोगमा आएको वृद्धि नै हो ।

    यसमध्ये रु ६६ अर्ब ६३ करोड पाँच लाख ५७ हजार बराबरको मालबाहक सवारी साधन, रु २५ अर्ब ६५ करोड ९९ लाख ५९ हजार बराबारको मोटर, बस र ट्रक, रु १५ अर्ब ३७ करोड ६५ लाख ४९ हजारको मोटरसाइकल र रु २५ अर्ब ५९ करोड ४० लाख ५० हजार बराबरको अन्य सवारी साधन आयात भएका छन् । यो तथ्याङ्क अघिल्लो आवको तुलनामा क्रमशः ३४.९, ४०.६, ३४.५ र २९.९ प्रतिशतले बढी हो ।

    गत आवमा भारतबाट मात्रै रु २१ अर्ब ७६ करोड ९७ लाख ९५ हजार बराबरका एक लाख ८६ हजार ३५२ मोटर कार, बस एवम् ट्रक भित्रिएका थिए । जापानबाट रु एक अर्ब ६७ करोड १६ लाख १४ हजार बराबरका ७४२ सवारी साधन आयात भएका छन् ।

    त्यसैगरी, सोही आवमा रु १५ अर्ब ३७ करोड ६५ लाख ४९ हजार बराबरको तीन लाख ८७ हजार ८३० वटा मोटर साइकल आयात भएका छन् । त्यसमा भारतीय उत्पादनको हिस्सा ९५ प्रतिशत जति छ । अघिल्लो आवमा भारतबाट मात्रै रु १५ अर्ब ६ करोड १४ लाख ५६ हजार मूल्य बराबरका तीन लाख ८४ हजार १८४ मोटरसाइकल आयात भएको प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाउँछ ।

    सवारी साधनको आयात बढेसँगै टायरको व्यापार पनि विस्तार  एको केन्द्रका निर्देशक खनाल बताउनुहुन्छ ।

    सडकमा सास्ती

    लाखौँको सङ्ख्याका सवारी साधन धान्न सक्ने सडक विस्तार नहुँदा भने यात्रु तथा सवारी चालक मर्कामा पर्दै आएका छन् । भएका सडकको पनि राम्रोसँग स्तरोन्नति हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ ।

    विगत १० बर्षदेखि मिनीबस चलाउँदै आउनुभएका श्रीकृष्ण पौडेलका अनुसार चक्रपथभित्रका सडक पनि ‘भेहिकल फ्रेड्ली’ छैन । उहाँ भन्नुहुन्छ –“कतिखेर टायर पन्चर हुने हो पत्तै हुँदैन । टायर बिक्रेताले पनि कमसल टायर भित्र्याउने गरेकाले हामी प्रयोगकर्ता मर्कामा पर्ने गरेका छौँ ।”

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.