सन्जीब बगाले
![]()
पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी सधैं सार्वजनिक यातायातमै आउजाउ गर्ने नेता हुन्।
राजनीतिक नेता तथा सांसदहरूमा सरकारी सुविधा दुरुपयोग गर्ने प्रवृत्तिबीच केही यस्ता पनि छन्, जो सार्वजनिक यातायातमै विश्वास गर्छन्। र, दिनहुँ त्यसैमा ओहोरदोहोर गर्छन्।
.jpg?1479976424829)
‘निजी गाडी चढ्ने मेरो कुनै सोख छैन,’ उनले सेतोपाटीसँग भने, ‘कुनै दिन सरकारी गाडीको सुविधा पाइने ठाउँमा पुगिएछ भने सरकारी गाडी चढुँला, त्यतिञ्जेललाई सार्वजनिक गाडी नै सजिलो लाग्छ।’
.jpg?1479976447154)
सांसदको लोगो लगाएर सार्वजनिक गाडी चढ्दा कस्तो अनुभूति हुन्छ त?
हामीले यसको जवाफ खोज्न बानेश्वरदेखि सिंहदरबारसम्मको टेम्पो यात्रा क्रममा उनलाई पछ्याएका थियौं। भण्डारीले सधैंझैं सांसदको लोगो कोटमा झुन्ड्याएका थिए। नयाँबानेश्वरबाट हनुमानथान झर्ने क्रममा केही यात्रुले उनको लोगो हेरे। उनलाई माथिदेखि तलसम्म नियाले। केही प्रतिक्रिया भने जनाएनन्।
टेम्पोबाट ओर्लिएपछि मैले सोधेँ, ‘तपाईं सधैं यसरी नै लोगो लगाएर हिँड्नुहुन्छ?’
‘म त सधैं यसरी नै हिँड्छु, लोगो लगाउ, फुकाल झन्झट मात्रै हुन्छ,’ उनले भने, ‘डेराबाट निस्कँदा लगाउँछु, अनि डेरामा फर्किएपछि बल्ल झिकेर राख्छु।’
यात्रा क्रममा कतिपयले उनको लोगो देखेर सांसद हो भन्ने थाहा पाउँछन्। कोही त ‘कुन जिल्लाको सांसद हो तपाईं’ भनेर सोध्छन् पनि। कतिपय त ‘मेरो यस्तो काम गर्दिनुस् न’ भन्दै मोबाइल नम्बरसमेत माग्ने गर्छन्। राजनीतिक नेताहरूप्रति आक्रोशित हुँदै गाली गर्ने गरेको पनि उनको अनुभव छ।
नेताहरूप्रति सर्वसाधारणको आक्रोश गलत पनि होइन।
अहिले संसद वा पार्टी कार्यालयमा कुनै बैठक हुँदा बाहिर परिसरमा महँगा, विलासी गाडीहरूको लस्कर लाग्छ। जनताले तिरेको करबाट तलब खाएर जनताकै सेवा गर्छु भनेर आएका सांसदहरू आफ्नो गच्छेभन्दा अतिविलासी जीवन बिताइरहेको सबैका सामु छर्लंग छ। त्यस्ता केही नेता तथा सांसदको विलासी जीवनशैली देखेका जनताका नजरमा सबै नेता तथा सांसद उस्तै हुन्। तर, यो भीडमा केही यस्ता पनि छन्, जोसँग मोटरसाइकलधरि छैन। अनियमितता र भ्रष्टाचार गर्नेहरूको भीडमा त्यस्ता सांसद भने ओझेल परेका छन्।
.jpg?1479976498993)
यही टेम्पो यात्राकै क्रममा २०७१ जेठ २८ गते शाहीमाथि हातपातसमेत भएको थियो। त्यस दिन उनी पुरानो बानेश्वरबाट तत्कालीन संविधानसभा आउँदै थिइन्। टेम्पोबाट ओर्लिएपछि बानेश्वर चोकनजिकै उनीमाथि आक्रमण भएको थियो। ‘महिलामाथि दुर्व्यवहार हुन्छ भन्ने त सुनेको थिएँ, तर यस्तो होला भन्ने सोचेकै थिइनँ,’ त्यस दिनको घटना सम्झिँदै शाहीले सेतोपाटीसँग भनिन्, ‘त्यसपछि चाहिँ डर लाग्यो, के गर्ने, कसो गर्ने भयो। तर, म के गर्न सक्थेँ र!’
.jpg?1479976527688)
‘घटना भएको दिन बेलुकी नै हातपात गर्नेलाई प्रहरीले समात्यो,’ शाहीले भनिन्, ‘पटकेचोर रहेछ, त्यसपछि के भयो मैले पनि बुझेको छैन, प्रहरीले पनि जानकारी गराएको छैन।’
त्यो घटनापछि भने आफू बढी नै सचेत भएर हिँड्ने गरेको उनले बताइन्। त्यही घटना सम्झिएर उनलाई बेलाबखत असुरक्षा महशुस हुन्छ। तर, उनले सार्वजनिक गाडी चढ्न छाडेकी छैनन्। बरु अचेल सार्वजनिक गाडीमा हिँड्दा अधिकांश समय लोगो झिकेर राख्ने गर्छिन्।
सार्वजनिक यातायातमा हिँड्दा सांसदका रूपमा आफूले सम्मान र व्यंग्य दुवै खेप्नुपरेको उनको अनुभव छ। नेपालका सांसदले केही गर्न सकेनन्, यिनको केही काम छैन, यिनको काम भत्ता पचाउने मात्रै हो भन्दै कतिले छेड पनि हानेको उनले बताइन्।
‘सडकमा हिँडेको बेला देशको हालत थाहा हुन्छ। यसलाई सुधार्न पाए हुन्थ्यो भन्ने लाग्छ, तर के गर्नु आफूले गर्न सक्ने केही छैन,’ उनले भनिन्।
.jpg?1479976558399)
‘सार्वजनिक यातायातमा लोगो लगाएर हिँड्दा अनेकथरी भनाइ सुन्नुपर्ने हुन्छ, त्यसैले म लगाउँदिनँ,’ उनले भनिन्।
भनेको बेला गाडी नपाइने, कोचाकोच यात्रा गर्नुपर्ने समस्याले पनि उनलाई पिरोल्छ। ‘लोकन्थलीबाट सिंहदरबार, बानेश्वर आउने–जाने गर्दा धेरैपटक झुन्डिएर यात्रा गरेकी छु। सधैंजसो हुने ट्राफिक जामले बैठकभन्दा एक–दुई घन्टा पहिल्यै हिँड्नुपर्छ,’ उनले भनिन्।
.jpg?1479976576311)
उनी आफ्नै उदाहरण दिन्छिन्, ‘सांसदले प्रशस्त पैसा कमाउँछन् भनेर गाडीमा आक्रोश सुनिन्छ। तर, यहाँ मलाई घर चलाउनै धौधौ छ। यो देशमा उपसचिव, सहसचिव सरहका कर्मचारीले पनि गाडी सुविधा पाएका हुन्छन्। नीति निर्माण तहमा बसेका सांसदहरूलाई भने ल्याउने लैजानेसम्म पनि सुविधा छैन।’
संविधान नबन्दासम्म धेरै नै गाली सुन्नुपरे पनि अहिले त्यो केही हदसम्म मत्थर भएको मुखियाले बताइन्। देशको सबै अस्तव्यस्तताको दोष सांसदमाथि थोपर्ने प्रवृत्ति र त्यसको भार आफूले बोक्नुपर्दा भने उनलाई धेरै पीडा हुन्छ।
गाडी भएका सांसदले नभएका सांसदलाई ‘लिफ्ट’ दिने चलन छ कि छैन त?

संसद बैठक चलेका बेला नरदेवीबाट रत्नपार्कसम्म पैदल र त्यहाँबाट बानेश्वरसम्म सार्वजनिक गाडी चढ्नु उनको नियमित रुट हो। उनी धेरैजसो टेम्पो चढ्छिन्, कहिलेकाहीँ नेपाल यातायात चढ्ने गर्छिन्। नेपाल यातायातमा हुने ठेलमठेलले उनलाई दिक्क बनाउँछ। ‘कतिपटक त मेरो लोगो नै हराएको छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ साह्रै कोचाकोच हुँदा यसरी यात्रु नराखे हुने भन्छु, तर उनीहरू सुविधा खोज्ने मान्छे कारमा चढ्नु भन्ने जवाफ दिन्छन्।’
यस्तोमा लोगो लगाएको देखे भने त कतिपय मान्छे त्यसै निहुँ खोज्न आउने उनको अनुभव छ। ‘उहाँ भने सांसदहरूलाई सहसचिवजति पनि सुविधा छैन, तर गाली प्रधानमन्त्रीले भन्दा बढ्ता खानुपर्छ,’ उनले भनिन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बद्रीप्रसाद पाण्डे पनि अधिकांश समय सार्वजनिक यातायात प्रयोग गर्छन्।
‘कहिले साथीभाइको मोटरसाइकलमा लिफ्ट माग्छु, कहिले आफ्नै थोत्रो मोटरसाइकल चढ्छु, तर धेरैजसो सार्वजनिक यातायातकै प्रयोग गर्छु,’ उनले भने, ‘कहिलेकाहीँ मेरो लोगोतिर हेरेर कटाक्ष पनि गर्छन्।’
‘नेपालमा धेरै सांसद भएकाले सबैलाई सचिवालय दिन सम्भव छैन, तर सांसदको जिम्मेवारीअनुसार केही न केही सुविधा त दिनैपर्ने हो,’ उनले भने।




















