×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सेयर बजार ‘क्रयास’ गराउने खेल, धितोपत्र बोर्डबाट निगरानी, राष्ट्र बैंकले पनि चासो लियो

  •  
  • बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : निरन्तर उकालो लागेको सेयर बजारलाई पछिल्लो समयमा अनेक हल्ला फैलाएर क्रयास गराउने प्रयास भएपछि बजार नियामक निकाय धितोपत्र बोर्डले निगरानी थालेको छ भने नेपाल राष्ट्र बैंकले पनि यसमा चासो लिएको छ ।

    सेयर बजारमा हरेक दिन पहिरो जान थालेपछि यसबारेमा अर्थ मन्त्रालयले समेत चासो लिएको छ । लगानीकर्ताहरुले अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरुसँग पनि अनौपचारिक तहमा सेयर बजार घटाएर जबरजस्ती साना लगानीकर्ताको सेयर कब्जा गर्ने खेल बन्द गराउन पहल गर्न आग्रह गरेका छन् ।

    सेयर बजारमा पहिरो जाने क्रम बुधबार पनि रोकिएन। नेप्से परिसूचक बुधबार ४२.४६ अंकले घटेर १५४०.०१ को विन्दुमा आइपुगेको छ । बजारमा नाटकीय उतारचढापसँगै दिनैपिच्चे कहालीलाग्दो गिरावट देखेर लगानीकर्ताहरु पनि स्तब्ध भएका छन्।

    कुनै कारण बिना नै दिनैपिच्छे सेयर बजारलाई भारी अंकले गिराएर साना तथा मध्यम लगानीकर्ता सेयर उठाउने खेल भइरहेको आम गुनासो र सूचनापछि बोर्डले यसबारेमा निगरानी थालेको छ।पहिलो चरणमा म्युचुल फन्ड कम्पनीमा छड्के जाँच सुरु गरेको छ । म्युचुल फन्डले सेयर किनेर पैशा होल्ड गरेको र यसले बजारको वातावरण विथोल्न र लगानीकर्ताको मनोबल गिराउन बल पुगेको भन्ने उजुरी आएपछि बोर्डले बुधबारदेखि छड्के निगरानी सुरु गरेको हो ।

    यसमा बद्मासी भेटिए कारबाही गर्ने चेतावनीसमेत बोर्डले दिएको छ । बजारमा म्युचुल फन्डले दैनिकका रुपमा ठूलो मात्रमा सेयरको खरिदविक्रि गर्दै आएको म्युचुल फन्डले पछिल्लो समय कारोबार गरेका छैनन् । त्यसको फाइदा केही खेलाडीहरुले उठाएका छन् भने बजार ऋण तथा सापटी लिएर लगानी गरेका साना लगानीकर्ताहरु यसको सिकार भएका छन् ।

    नेपाल राष्ट्र बैंकले तरलताको समस्या नरहेको र तरलतको कारण बजार घट्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । सेयर लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको भेटमा राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले तरलताको ठूलो समस्या नरहेको स्पष्ट पारेका हुन् । पौडेलले पुँजी बजारलाई राष्ट्र बैंकले नजिकबाट अध्ययन तथा निगरानी गरिरहेको बताएका थिए।

    अहिले एकथरी खेलाडीहरुले तरलताको अभाव बढेको हल्ला फिजाएर सेयर बजार घटाउने कोसिस गरिरहेका बेला राष्ट्र बैंकले तरलताको अभाव नरहेको स्पष्ट पारेको छ ।
    गत बिहीबार चालिस अंकले तल ओर्लिएको सेयर बजारमा साताको पहिलो दिन आइतबार सेयर बजारमा भयानक पहिरो गएको थियो । झन्डै ८० अंकले तल ओर्लिएपछि बजार केहीबेर समालिए पनि फेरि नेप्से बेयरिस ट्रेन्डमै तल ओर्लिएको थियो। नेप्से परिसूचक ५८.४६ अंक घटेर १५९९.६२ विन्दुमा ओर्लिएको थियो। सोमबार बजार केही सुधारिएर हरियो देखिए पनि मंगलबार फेरि अनेक हल्ला फैलाएर त्यसलाई टिक्न दिइएन। बजार २३ अंकले तल झारियो ।

    बजार हल्लाबाट आत्तिएर खासगरी साना तथा मध्यम खालका लगानीकर्ता सेयर बेच्न निकै हतार गरेपछि बजारमा पहिरो जाने क्रम रोकिएको छैन । घट्ने बढ्ने सेयर बजारको सामान्य नियम नै हो । तर जुन ढंगले अहिले सेयर बजारमा पहिरो गइरहेको छ र नाटकीय उतारचढाप देखिएको छ, त्यसका पछाडि कुनै पनि राजनीतिक तथा वित्तिय कारण नभएको विज्ञहरुले बताइरहेका छन् । अधिकांश कम्पनीहरुले गत वर्षभन्दा बढी नाफा कमाइरहेको पहिलो त्रैमासिक रिपोर्ट बाहिर ल्याएका छन् भने गत वर्षको कमाइबाट कम्पनीहरुले बोनस र हकप्रदको आकर्षक प्याकेज घोषणा गरिरहेका छन् ।

    यस्तो बेला बजारमा देखिएको यो गिरावटलाई विज्ञहरुले समेत अस्वभाविक र आश्चार्यजनक रहेको प्रतिक्रिया दिएका छन् । अहिले बढी भाउ भएका राम्रा कम्पनीहरुको सेयर उठाउनेमा साना होइन, ठूला लगानीकर्ताहरु छन् ।

    केही ठूला खेलाडीहरुको चलखेलका कारण बजारमा नाटकीय उथलपुथल देखिएको अनुमान गरिएको छ । भूकम्प र नाकाबन्दीजस्ता विषय परिस्थितिलाई समेत सामाना गर्दै निरन्तर माथि उक्लेको सेयर बजारमा पछिल्लो समयमा नाटकीय उतारचढाप देखिएको छ । यसले बजारको आकर्षण र विश्वसनियतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

    आकर्षक लाभांस तथा बोनस आइरहेका बेला राम्रा कम्पनीहरुको सेयर घटाएर बुक गर्ने दाउमा एकथरी खेलाडीहरु देखिएका छन् । यतिबेला मध्यम र साना लगानीकर्ताहरु नाटकीय उतारचढापबाट सिकार भएका छन् ।अहिलेसम्मको सर्वाधिक उच्च विन्दु १८८१ छोएर तल ओर्लिएको बजार लामो समय १७ सयको वरीपरी अडिएको थियो । तर अहिले बजार ओर्लिएर १५ सयको विन्दुमा आइपुगेको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.