×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अयोग्य लडाकू सिस्नु व्यवसायमा योग्य !

  •  
  • बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाउडर बनाउन सिस्नु घाममा सुकाउँदै दैलेख भवानीका शेरबहादुर बोगटी ।तस्बिर: अंगद ढकाल/कान्तिपुर

    दैलेखको सिस्नु युरोपसम्म

    कञ्चन अधिकारी, दैलेख
    मंसिर ८, २०७३- ५ वर्षअघिसम्म दैलेख, भवानी-७ का शेरबहादुर बोगटीको आर्थिक अवस्था निकै कमजोर थियो । बिहान खाए बेल्का के खाउँ, बेल्का खाए भोलि बिहान के खाउँ भन्ने समस्याले बोगटी परिवारलाई सधैं सताइरहन्थ्यो ।

    मेलापात गरुँ, धेरै ज्याला नपाइने । खेतिकिसानी गरुँ यथेष्ट जग्गा जमिन छैन । ६ जनाको परिवार पाल्न शेरबहादुरलाई सधैं चिन्ता हुन्थ्यो । तर २०६४ सालतिर जब गाउँमा लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता आइन् र गाउँमा त्यत्तिकै खेर गइरहेको सिस्नुको महत्वबारे बताइन् त्यसपछि शेरबहादुरलाई छाक टार्ने चिन्ता हट्यो । र, उनले सिस्नु प्रशोधनको काम सुरु गरे । उनी भन्छन्, ‘कार्यक्रमकी एक बहिनी आएर खोलाखोल्सीमा खेर गइरहेको सिस्नु र यसबाट बन्न सक्ने खाद्यवस्तुबारे बताइन् त्यसपछि मैले सिस्नु प्रशोधनको काम गरेँ । अनि विस्तारै खाने र लाउने समस्या हट्दै गयो ।’

    सुरुमा उनले लघु उद्यम विकास कार्यक्रमबाटै व्यावसायिक सचेतना तालिम लिए । त्यसपछि सीप विकास तालिम लिए । सिस्नु के हो, सिस्नुबाट के-के बनाउन सकिन्छ, यसका फाइदाहरु के के छन् र यसको बजार कहाँ छ भनेर सबै तालिम र सीप र ज्ञान लिएपछि गाउँमै समूह बनाएर २०६८ सालमा जनआस्था हिमाली सिस्नो प्रशोधन लघु उद्यमी समूह खोले । उनले भने, ‘खेर गएको सिस्नुको अनेकन फाइदाबारे थाहा पाएपछि यसलाई बजारमा पुर्‍याउन सक्यौं भने फाइदा हुन्छ भन्रे लाग्यो ।’ उनी समूहका अध्यक्ष हुन् ।

    अहिले भवानी गाविसको १ देखि ९ वडाका गाउँलेहरु सिस्नु प्रशोधनमा लागेका छन् । दैलेखको सिस्नु युरोपसम्म पुग्ने गरेको बोगटी बताउँछन् । सुरुमा गाउँमै सिस्नुको पाउडर बनाउने गरिएको भएपनि बजारमा गुणस्तर भन्ने गुनासो आएपछि अहिले सिस्नुको पाउडर बनाउन कच्चा पदार्थ मात्रै पठाउने गरेको उनी बताउँछन् । उनले भने, ‘केही समय पाउडर नै बनाएर पठायौं । तर गुणस्तरमा कमी आयो भनेपछि हामीले काठमाडौंमा सिस्नुको मुन्टा सुकाएर कच्चा पदार्थ मात्रै पठाउने गरेका छौं । अरु प्रशोधन काठमाडौंमा नै हुन्छ ।’

    बोगटीका अनुसार प्रशोधन नगरिएको एक किलो सिस्नुको पाउडरलाई ७ सय ५० रुपैयाँ पर्छ । एक वर्षमा समूहले ३५ देखि ४० क्विन्टलसम्म अप्रशोधित पाउडर बेच्ने गरेको उनी बताउँछन् । उनले भने, ‘गाउँभरिका सबै पाउडर बेचेपछि एकजना सदस्यको भागमा करिव ४ लाख रुपैयाँ आम्दानी हुन्छ ।’

    सिस्नुको पाउडर बेचेर काठमाडौंमा घडेरी जोडेका छन्, बैंक व्यालेन्स छ । छोरालाई बाँकेको कोहलपुर राखेर कलेज पढाइ रहेका छन् । हाँस्दै उनी भन्छन्, ‘कुनै बेला खान नपाएर काउलोको पातसमेत खाएको थिएँ । तर अहिले आफूलाई मन लागेको खान र लाउन सक्ने भएको छ । ‘

    सिस्नु प्रशोधनले आफ्नो मात्रै नभएर गाउँका अरुको पनि जीवनस्तर उकासिएको बताए । एसएलसी उत्तीर्ण उनी भन्छन्, ‘वनपाखा, खोलाखोल्सीमा त्यत्तिकै खेर गएको सिस्नुले धेरैको जीवनस्तर उकासिएको छ । धेरैलाई जीविकोपार्जन गर्ने बाटो पनि भएको छ ।’

    सहरमा सिस्नुको अत्याधिक माग भएपनि माग अनुसार आपूर्ति गर्न नसकेको उनले बताए । भन्छन्, ‘ठाउँ-ठाउँबाट यति क्विन्टल/उति क्विन्टल चाहियो भनेर माग आउँछ । हामी पुर्‍याउनै सक्दैनौं ।’

    सिस्नुको पाउडरको फाइदा

    सिस्नु सेवनले उच्च रक्तचाप, सुगर जस्ता रोगहरुलाई नियन्त्रण गर्ने भएकोले अहिले यसको प्रयोग गर्नेहरु बढिरहेको छ । साथै सिस्नुको पाउडर सेवन गर्नाले ग्यास्ट्रिक, गानुगोला, उच्च रक्तअल्पता, कम रक्तअल्पता, आँखाका रोग, शरीरमा एलर्जी हुनेजस्ता विभिन्न रोगीहरुको लागि लाभदायक मानिन्छ ।

    मान्छेको हड्डी भित्र रहने मांसपेसीलाई उत्पादन तथा बलियो बनाउन मद्धत गर्ने पनि अनुसन्धानले देखाएको उनले बताए ।

    प्रशिक्षणमा झन् फाइदा

    बोगटी सिस्नुको अप्रशोधित पाउडर मात्रै बनाउँदैनन् । सिस्नुको पाउडर बनाउन थालेपछि उनको सिको गर्नेहरु बढेका छन् । उनी सिस्नुलाई कसरी प्रयोगमा ल्याउने र यसका फाइदाबारे पनि प्रशिक्षण दिँदै हिँड्छन् । उनी भन्छन्, ‘यही काममा हात हालेकोले सिस्नुबारे धेरै नै ज्ञान पाएको छु । त्यसैले विभिन्न जिल्ला गएर उद्यमीहरुलाई प्रशिक्षण दिन्छु ।’

    प्रशिक्षणकै सिलसिलामा उनले २५ भन्दा बढी जिल्ला घुमिसकेका छन् ।

    यसरी तयार हुन्छ पाउडर

    सिस्नो नेपालको भित्री मधेसदेखि पहाडी क्षेत्रमा पाइने वनस्पती हो। यो तीनथरीको हुन्छ । खाने सिस्नु, रानी सिस्नु र पाते सिस्नु । बोगटीका अनुसार पाउडर बनाउन खाने सिस्नु प्रयोगमा ल्याइन्छ । सिस्नु ओसिलो खोल्साखोल्सी, भीरपाखा र बारीका कान्ला र वनमा पाइन्छ । यसलाई मंसिरदेखि फागुनसम्ममा टिप्न सकिन्छ ।

    बोगटीका अनुसार सबैभन्दा पहिला वनमा गएर सिस्नुको मुन्टा टिपेर ल्याइन्छ । त्यसपछि घाम नलाग्ने, चिसो पनि नहुने ठाउँमा ल्याएर सुकाइन्छ । करिव एक हप्तासम्म सुकाइसकेपछि यसलाई कुटेर धुलो बनाइन्छ । र त्यसलाई मेसिनमा हालेर पाउडर बनाइन्छ ।  भन्छन्, ‘हामीले कुटेर धुलो बनाइसकेपछि मसिनो पाउडर बनाउन काठमाडौं पठाउने गर्छौं । हामी आफैं भने प्रशोधित पाउडर बनाउन सक्दैनौं ।’

    उनको रहर एउटै छ- गाउँमा नै प्रशोधनको लागि मेसिन ल्याउने र गुणस्तरीय पाउडर उत्पादन गर्ने । ‘यहीँ नै प्रशोधन गर्ने मेसिन ल्याउन सक्यौं भने व्यवसायीले बीचमा बसेर कमिसन खान पाउँदैन थिए,’ उनी भन्छन्, ‘गाउँलेले नै अहिलको भन्दा बढी मूल्य पनि पाउँथे ।’

    अयोग्य लडाकू सिस्नु व्यवसायमा योग्य

    २०५३ सालमा बाबुराम भट्टराई उनको घरमा बसेदेखि माओवादीप्रति झुकाव राखेका उनी २०५५ मा घरै छाडेर ‘होलटाइमर’ लडाकूमा होमिए । माओवादीमा होलटाइमर लडाकु भएर करिव ७ वर्ष काम गरेका उनलाई शान्ति सम्झौता भएपछि लडाकू समायोजनका क्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले अयोग्य ठहर्‍याएको थियो ।

    बेनी, बाँकेको कुसुम, जुम्ला, अछाम लगायतका ठूला आक्रमणमा सहभागी भएका बोगटीलाई उमेर बढी भयो भन्दै अनमिनले अयोग्य ठहर्‍याएको थियो । ‘बुढो भयो भन्दै अयोग्य भन्दिए । त्यसपछि कहाँ जाउँ र के गरम् भयो । गाउँ आएँ । अनि सिस्नुतिर लागे,’ उनी भन्छन्,  ‘यसमा चाहिँ योग्य हुँदै छु ।’

    उनले युद्धमा छँदा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नन्दबहादुर पुन, वर्षमान पुन लगायतका शीर्ष नेताहरुसँगै काम गरेको बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.