×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

शान्ति सम्झौताका दश वर्ष, साठी दिनमा गर्नुपर्ने काम अझै अपूरो

  •  
  • आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, मङ्सिर ५ गते ।  दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ ।  तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।
    संविधान निर्माण प्रक्रियाको जञ्जालमा जेलिएको शान्ति प्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेन ।  एक दशकमा नौवटा सरकार परिवर्तन भए तर कुनै पनि सरकारको प्राथमिकतामा शान्ति प्रक्रिया परेन ।  राजनीतिक इच्छाशक्तिको मृगातृष्णामा शान्ति प्रक्रिया जेलिएको छ ।
    १० वर्षको आन्तरिक द्वन्द्व व्यवस्थापनपछि द्वन्द्वपीडितमा जुन उत्साह भरिएको थियो उक्त उत्साह कम भइरहेको छ ।  द्वन्द्वपछिका सामाजिक पुनःस्थापनाका लागि आवश्यक पूर्वाधारमा सुस्तता छ ।  राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन ।
    जनआन्दोलनको उपलब्धि र शान्ति प्रक्रियाको मर्म समेतलाई आत्मसात गर्दै संविधान जारी भएको एक वर्ष पुगेको छ ।  संविधानले सशस्त्र सङ्घर्षलाई अनुमोदन गरेको छ ।  जनताको सङ्घर्ष र शान्ति प्रक्रियाको परिकल्पनाअनुसार सामाजिक न्याय, समानुपातिक प्रतिनिधित्वलाई संविधानले लिपिबद्ध गरेको छ ।
    सम्झौताको मूल मर्मअनुसार मुलुकमा गणतन्त्रात्मक व्यवस्था लिपिबद्ध भएको छ ।  एकात्मक राज्य व्यवस्थालाई संविधानले सङ्घीय संरचनामा बदलेको छ ।  तर सङ्घीय स्वरूप अनुसारका संरचना निर्माणमा भने ढिलाइ भइरहेको छ ।  संविधानले परिकल्पना गरेअनुसारका राज्यको पुनर्संरचना, त्यसपछिका निर्वाचन तथा व्यवस्थाका काममा भने सुस्तता छ ।  संविधानमा व्यवस्था र प्रणाली लिपिबद्ध भए पनि व्यावहारिक रूपमा त्यसको संरचना र आधार तयार भएका छैनन् ।  संविधान निर्माणबारे शान्ति सम्झौतामा लिपिबद्ध भएको सबैभन्दा महत्वपूर्ण राजनीतिक उदेश्य सङ्घीयता थियो ।  सैद्धान्तिक रूपमा सङ्घीयता बनेपछि व्यावहारिक अनुभूतिका दृष्टिले एकात्मक शासन व्यवस्थाको अन्त्य हुने अवस्था अझै पर छ ।
    विद्रोही माओवादी र सरकारबीच सम्झौता हुँदा शासन व्यवस्था जनतामा निहीत हुने विषयलाई त्यसयताका दुवै संविधानले अङ्गीकार गरेका छन् ।  तत्कालीन राजाको नाममा दर्ता भएको सम्पत्ति ट्रष्ट बनाइएको छ ।  शान्ति सम्झौतापछिका अवधिमा राज्यका निकाय, तह, सङ्गठन र संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको आधार बनेको छ ।
    प्रतिबद्धता छ न्याय छैन
    केही सकरात्मक र आशालाग्दा काम शान्ति प्रक्रियामा भए पनि मुल काम भने अझै बाँकी छ ।  एक दशकको अवधिमा शान्ति प्रक्रियाले जुन गति लिनुपर्ने थियो त्यो हुन सकेको छैन ।  द्वन्द्वपछिको पुनस्र्थापनापछिका लागि द्वन्द्वका पीडकलाई कारबाही र पीडितलाई न्याय दिने पक्षमा राज्य अझै चुकेको छ ।  सार्वजनिक प्रतिबद्धता पटकपटक भए पनि व्यावहारिक रूपमा सङ्क्रमणकालीन न्याय व्यवस्थापनमा राज्य उदासीन देखिएको छ ।
    २०६२÷६३ को जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनलाई शान्ति सम्झौताले पनि निरन्तरता दियो ।  शान्ति सम्झौताले ६० दिनमा सम्पन्न गर्ने भनिएका काम पूरा १० वर्षमा पनि भएनन् ।  राजनीतिक दाउपेच र न्यायिक प्रक्रियाको चक्रमा फसेपछि सङ्क्रमणकालीन न्याय व्यवस्थापनका आयोग गठन हुन सकेनन् ।  आठ वर्षपछि बल्लतल्ल २०७१ माघ २८ मा बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुई वर्षको अवधिमा आयोगले तोकेको काम सम्पन्न गर्ने अवस्थामा छैनन् ।
    कार्यसम्पादन सक्ने होइन आयोगको कार्यकाल सकिन तीन महिना बाँकी रहँदासम्म राज्यले आवश्यक कानुनसमेत आयोगलाई दिन सकेन ।  राजनीतिक प्रतिबद्धता र इमानदारीको अभावमा आयोगले सुरु गरेका कामलाईं पनि तीव्र गतिमा अगाडि बढाउन सकेको छैन ।
    बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगका सदस्य प्राडा विष्णु पाठक राजनीतिक दलहरूको सार्वजनिक खपतको प्रतिबद्धताले मात्र शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसक्ने बताउनुहुन्छ ।  पाठक भन्नुहुन्छ, ‘हामीले सरकारसँग सहयोग मागेका छौँ ।  कर्मचारीदेखि विशेषज्ञसम्म पाउन सकेका छैनौँ ।  शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन राजनीतिक प्रतिबद्धता चाहिन्छ तर आयोगलाई देखाएर राजनीतिक दलहरू उम्कन खोजेका हुन् कि भन्ने भान हुन लागेको छ ।  सार्वजनिक खपतका लागि हैन व्यावहारिक रूपमा अब प्रतिबद्धता हुनुपर्छ । ’
    शान्ति प्रक्रिया सुरु भएको ६ वर्षपछि माओवादी लडाकुको समायोजन प्रक्रियाले मूर्त रूप लियो तर समायोजन प्रक्रिया बाहिर रहेका लडाकुको असन्तुष्टि कायमै छ ।  समायोजनपछिको चार वर्षपछि पनि बर्हिगमन लडाकुका असन्तुष्टि कमजोर हैन पछिल्ला दिनहरूमा थप बलिया बन्दै गइरहेका छन् ।  द्वन्द्वपछिको समाजको शान्तिका लागि सम्झौताले परिकल्पना गरेको जीवनयापनको भरपर्दो व्यवस्था नहुँदा सामाजिक सुव्यवस्थामा चुनौती थपिँदैछ ।
    द्वन्द्वको दश वर्ष पूरा भए पनि राज्यसँग अहिले पनि मृतक, बेपत्ता र पीडितको आधिकारिक तथ्याङ्कसमेत छैन ।  शान्ति तथा पुनःनिर्माण मन्त्रालय र हाल गठन भएका आयोगका तथ्यमा पनि एकरूपता छैन ।  बेपत्ता खोजबिन आयोगमा दुई हजार ९४२ व्यक्ति खोजीका लागि निवेदन परेका छन् ।  शान्ति मन्त्रालयको तथ्याङ्कअनुसार भने एक हजार ५३० मात्र व्यक्ति बेपत्ता छन् ।  यस्तै, द्वन्द्वकालीन विभिन्न घटनाको छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगमा पनि ५७ हजार ७५३ उजुरी दर्ता भएका छन् ।  तर, यी उजुरीलाई छिनोफानो गर्नेगरी स्रोत साधन उपलब्ध गराउन भने राज्यका तर्फबाट त्यति चासो पुगेको छैन ।
    द्वन्द्वकालीन मुद्दामा पीडितको सामाजिक पुनःस्थापना, मेलमिलाप र क्षतिपूर्ति मात्र हैन सशस्त्र द्वन्द्वको क्रममा कब्जा गरिएका निजी सम्पत्तिहरू कतिपय स्थानमा अझै कब्जामा छन् ।  शान्ति सम्झौतामा निजी भवन, जमिन तथा अन्य सम्पत्ति लगत खडा गरी तत्काल फिर्ता गर्ने दुवै पक्षबीच सहमति भए पनि पूर्ण कार्यान्वयनमा आएको छैन ।  द्वन्द्वपीडितले भने पटक–पटक राज्यलाई समस्या सम्बोधनका लागि आग्रह गर्दै आएका छन् ।  दशकसम्म भएका प्रगतिमा पीडित परिवार सन्तुष्ट छैनन् ।  पीडित परिवारलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा समेत आयोगको सिफारिसमा हुने हुँदा आयोगको काम सम्पन्न नभएसम्म ती सविधाबाट पीडित परिवार वञ्चित नै रहने छन् ।
    द्वन्द्वपीडित परिवारको तर्फबाट निरन्तर वकालत गर्दै आउनुभएको अधिवक्ता एकराज भण्डारी आयोगको गठन प्रक्रियाले नै यसको विश्वसनीयतामा प्रश्न उठाएको बताउनुहुन्छ ।  पीडित परिवारले राज्यसँग आशा राखे पनि हालसम्मका गतिविधिमा विश्वस्त हुने ठाउँ नरहेको भण्डारीले बताउनुभयो ।
    उहाँले भन्नुभयो ‘आयोग सबै सरकारमा निर्भर भयो ।  आयोग गठन भएपछि जुन हिसाबले यसलाई बढाउनुपर्ने थियो शान्ति प्रक्रिया त्यो अनुसार बढेन ।  सहमतिका दुवै पक्षले यसलाई नजरअन्दाज गरे ।  एक अर्कालाई ठीक लगाउने अस्त्रका रूपमा आयोगलाई बुझियो ।  तत्कालीन अवस्थामा भएको भए सबै काम सम्भव थिए अब विवाद छिप्पिदै गए । ’
    पुनःनिर्माण झनै सुस्त
    सशस्त्र द्वन्द्वका समयमा भएको भौतिक क्षतिको पुनःनिर्माण निकै कमजोर गतिमा अगाडि बढेको छ ।  संसद्को सामाजिक न्याय समितिले गत फागुनमा स्थलगत निरीक्षणपछि तयार पारेको प्रतिवेदनअनुसार दश प्रतिशतको हाराहारीमा पनि पुनःनिर्माण भएको छैन ।  समितिले मध्यपश्चिमका चार जिल्लामा द्वन्द्वपछिको पुनर्निर्माणबारे अध्ययन गरेको थियो ।  समितिले अध्ययन प्रतिवेदन शान्ति मन्त्रालयलाई बुझाइसकेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.