×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

के-के हुन्छ धुर्मुस सुन्तलीको खान्कीमा ?

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवराज योगी

    आम मानिसमा सेलिब्रेटीको बोलीवचन, लवाइखवाइ, हिँडाइ हेराइ र बानी व्यवहारमा निकै चाँसो हुन्छ । कतिपय फ्यानले उनीहरूको अनुसरण गर्छन् । उस्तै बोल्न खोज्छन्, हिँड्न थाल्छन् । त्यस्तै देखिने र उनीहरूको जस्तै आहारविहार गर्ने कोसिस गर्छन् । मनपर्ने मानिसका केही बानी, व्यवहार र रुचि प्रायः मानिसले अनुसरण गर्नु अनौठो होइन । आम मानिसका लागि सेलिब्रेटीको आनिबानी अर्थपूर्ण हुन्छ ।

    सरकारले सरसफाइ दूत नियुक्त गरेपछि ‘मेचीकाली सफाइ अभियान’का लागि सहयोग जुटाउन अमेरिका पुगेका थिए सीताराम कटेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) । राजमार्गको हरेक ३० किलोमिटरको दूरीमा शौचालय निर्माण गर्ने उद्देश्य बोकेर । विभिन्न स्थानमा कार्यक्रम चलिरहेका बेला २०७२ वैशाख १२ गतेको भूकम्पले देश थिलोथिलो भएको सुनेपछि उनीहरूको मन चिराचिरा भयो । त्यसपछि तत्कालै संकलित १७ लाख रुपैयाँ बोकेर नेपाल फर्किए । ‘देशलाई परेको बेला पीडितको छेउमा उभिएर भए पनि साथ दिन्छौं भनेर फर्कियौं’, धुर्मुस-सुन्तलीले भने ।

    राहतमात्रै नभएर सरकारले नगरेको एकीकृत बस्ती निर्माण अभियान थालेपछि हास्य कलाकारभन्दा बढी उनीहरूको चर्चा सामाजिक सेवाले दिलायो । अहिले जनमनमा बसेका उनीहरू के खान्छन् ? कस्तो मन पराउँछन् ? यी विषय आम शुभेच्छुकका लागि रुचिको विषय हुन सक्छ । बुधबार मध्याह्न उनीहरूलाई राजधानीको नयाँबानेश्वरस्थित ‘रोस्यो’ रेस्टुराँमा निम्ता गर्‌र्यौं । खानपानबारे उनीहरूको रुचि बुझ्न खोज्यौं ।

    सीतारामको मेनु

    ‘खानाका लागि बोलाउनु भयो मैले त ग्यास्टिकमा पीएचडी गरेको छु’, सीतारामले सुरुमै भने । बेलामा बुद्धि नपुगे पनि अब खानपानको तालिका मिलाउन खोजेको उनको भनाइ छ । हास्यकलाकार भए पनि आफ्ना भोगाइ र सत्यलाई उनले हास्य पारामै बताए । ‘मलाई मनपर्ने भनेको आम नेपालीको जस्तै दालभात, तरकारी नै हो’, उनले भने ।

    आफूहरूले विवाह गर्नुअघिदेखि नै सीतारामलाई ग्यास्ट्रिक भएकाले केही घाटा केही नाफा भएको कुञ्जनाले बताइन् । ‘उहाँलाई चिल्लो, पिरो, धेरै खाले परिकार खान नहुने’, उनले भनिन्, ‘त्यसो भएपछि अनेक परिकार बनाउनु परेन, सुखै भयो, अर्कोतिर परिकार बनाउन नपाउँदा सिक्ने अवसरबाट पनि चुकेँ ।’

    सीतारामलाई असाध्यै मन पर्ने परिकार चिकेन मःमः हो । ‘तर ग्यास्ट्रिकले सताएदेखि चिकेन मःमः हेर्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ’, उनले भने । अचेल झोल तरकारी र भात भए पनि चल्छ तर उनलाई रोस्योले पस्केजस्तो नेपाली खाना नै मनपर्छ । रोस्योले उनीहरूको रुचिमा डोटी जोरायलको बास्मती चामलको भात, मुसुराको दाल, भिन्डीको तरकारी, मुला, गोलभेँडा, धनियाँको अचार, दही, लोकल कुखुराको मासु र माछा फ्राई पस्केको थियो ।

    ‘हो यस्तै खाना हो रुच्ने’, कुञ्जनाले भनिन्, ‘चिल्लो छैन, पिरो छैन, सफा छ, हाइजेनिक छ तर यसमा साग भएन, त्यो भए झन् गजब हुन्थ्यो ।’

    सीतारामलाई खसीको मासु निकै मनपर्छ तर धेरै खाँदैनन् । पशु हत्या गरेको मन नपरे पनि भाग लगाएको मासु हरिरहन र धेरै किनेर अरूलाई खुवाउनु उनको रुचिको विषय हो । चिया, कफी, चिकेन भने उनलाई मन पर्दैन ।

    खानाकी पारखी कुञ्जना

    सीतारामको विपरीत कुञ्जना खानाकी पारखी छिन् । उनी एक समय जंक फुडकी ‘फ्यान’ थिइन् । ‘विस्तारै बुझ्दै गएँ, राम्रो होइन भन्ने लागेपछि कम गरेँ’, उनले भनिन्, ‘घरबाट निस्क्यो कि खाना देखिने, देख्यो कि खानै पर्ने, कतिपय अवस्थामा त घरबाट ननिस्केर पनि त्यस्ता खाना कन्ट्रोल गरेँ ।’ मःमः, चिकेनका सबै परिकार, बर्गर, छोयला, साँधेको चिकेन र फिस परिकार मन पर्ने कुञ्जना अचेल मुख बार्ने कोसिसमा छिन् ।

    ‘जिब्रोले त अझै खाउँ भन्छ’, उनले भनिन्, ‘अचेल पेटलाई पनि सोध्न थालेकी छु ।’ जिब्रोको स्वादको इसारामा खान नहुने उनको सुझाव छ । पेट रोगी भए सबै रोगको जन्म हुने भएकाले पेटलाई हैरानी नहुने गरी खानपान गर्नुपर्ने सुझाव हास्य दम्पतीको छ ।

    खानाको दैनिकी

    सीताराम आठ वर्ष औषधि खाँदा पनि ग्यास्ट्रिक निको नभएपछि औषधि खानै छोडिदिए । ‘अचेल खानपानमा ध्यान दिने प्रयासमा छु’, उनले भने । बिहान उठ्नेबित्तिकै एक लिटर पानी टुटाउँदैनन् । सुन्तली पनि त्यही अनुसरण गर्ने कोसिसमा छिन् । पाएसम्म बिहान टुसा उम्रेको चना खान्छिन्, नपाए १० बजे दालभात ।

    त्यसपछि १ बजे खाजा अनि बेलुकी ८ बजे खाना खाइहाल्छन् । कुञ्जनालाई अलि मिठोमसिनो चाहिने भए पनि अचेल सीतारामकै सिको गर्दैछन् । हरेक दिन बाहिरको खाने बानी छोरी जन्मिएपछि नियन्त्रित भएको छ । ‘पहिला वर्ष दिनमा एक सिलिन्डर ग्यास सकिन्थ्यो अचेल चाँडै सकिने भएको छ’, कुञ्जनाले भनिन्, ‘अब त साग किन्दा पनि कीरा लागेको किन्छु । चाउचाउ, अजिनामोटोतिर हेर्दा पनि हेर्दिनँ ।’

    बिहानको खानामा साग र दही नटुटाई खान्छन् उनीहरू । सकेसम्म गाउँबाट चामल मगाएर अग्र्यानिक खाना खाने प्रयास गर्छन् । उनीहरूको सुझाव छः बिहान नियमित मनतातो पानी पिउने, हल्का र घरमै बनेको खाना खाने, जिब्रोभन्दा पेटलाई सम्झेर खाने ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.