×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भाषाका नियम संशोधन– विकल्पसहित पुरानै वर्णविन्यास

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशलाई मानक मान्ने प्रज्ञा प्रतिष्ठानको निर्णय

    गणेश राई

    मंसिर २, २०७३- नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको पुरानै वर्णविन्यास चलाउने निर्णय गरेको छ । भाषाका विषयमा विवाद बढेपछि कात्तिक ३० गते बसेको प्राज्ञ परिषदको बैठकले २०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशलाई मानक मानेर आगन्तुक र तद्भव शब्दको व्यवस्थापनमा परिवर्तन भएका शब्दहरूका प्रविष्टिलाई विकल्प मानेर चलाउने निर्णय गरेको हो ।

    प्रतिष्ठानको निर्णयअनुसार ‘शहीद’, ‘शहर’, ‘गरीब’, ‘कानून’ लेख्न सकिनेछ । यस्तै, संयुक्त व्यञ्जन वर्ण विशेषगरी ‘द’ वर्णसँग जोडिएका व्यञ्जनको खुट्टा काट्ने चलनलाई सच्याई संयुक्त व्यञ्जन (बुद्ध, युद्ध, द्वन्द्व, विद्या) नै लेख्ने निर्णय भएको छ ।

    ‘अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत् शब्दकोशका २०५८, २०६७ का प्रविष्टि अनुकूल राख्ने,’ प्रज्ञाको निर्णयमा भनिएको छ । पदयोग र वियोग सम्बन्धमा पनि पहिलेकै जस्तै हुने गरी सच्याउने, एकल अर्थ दिने व्यक्तिका नामका पहिला दुई शब्द जोडेर लेख्ने निर्णय भएको छ । जस्तै : लक्ष्मीप्रसाद, रामचन्द्र, लेखनाथ आदि । व्यक्ति नाम, व्यक्तिको पहिचानसँग जोडिएकाले कसैले छुट्याएर लेखे त्यसलाई अन्यथा नमान्ने पनि भनिएको छ ।

    त्यसैगरी लिपिचिह्न गणना नगरी एकार्थी स्थान नाम, दिनको नाम (बार) शब्दलाई पदयोग गरेर लेख्ने र एउटै अर्थ दिने समस्त शब्दलाई पदयोग गरेर लेख्ने भनिएको छ । जसमा भक्तपुर, ललितपुर, विराटनगर, आइतबार, विश्वविद्यालय, विद्यावारिधि शब्द छन् । त्यस्तै, विभक्ति चिह्न र नामयोगीलाई पूर्वप्रचलनअनुसार मूल शब्दसँग जोडेर लेख्ने निर्णय भएको छ । जसमा रामले, घरमाथि, परिसरबाहिर, रामसित, पूर्वतर्फ जस्ता उदाहरण दिइएको छ । खानुपर्छ, खाइहाल्छ, मिलाइदिन्छ जस्ता संयुक्त क्रिया जोडेर लेख्ने भनिएको छ । तर, पूर्वकालिक, अपूर्ण, पूर्ण र सामान्य भविष्यत् क्रियालाई छुट्याएर लेख्नुपर्नेछ । जस्तै : ऊ भात खाई (खाएर) विद्यालय जान्छ, ऊ पढदै छ, मैले भनेको छु, ऊ जाने छ । त्यस्तै, शुभकामना, प्रधानमन्त्री, शुभयात्रा जस्ता दुई शब्दबाट बनेका एउटै अर्थ दिने शब्द जोडेर लेखिनेछन् ।

    लिम्बू, राई जस्ता जात, थर बुझाउने पहिचानसँग जोडिएका सबै शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने प्रज्ञाको निर्णय छ । तर, जातले प्रचलनमा ल्याएका सायमि जस्ता प्रयोगलाई यथावत् रूपमा राख्ने उल्लेख छ । त्यस्तै, रोगी, भोगी, इखालु, बिखालु, सिकारु जस्ता विशेषणबोधक शब्दका अन्त्यमा आउने ईकारलाई दीर्घ र ऊकारलाई प्रचलन अनुसार ह्रस्व लेख्ने भनिएको छ ।

    स, श, ष प्रयोगलाई यसअघि भएर र पछि परिवर्तन गरिएकालाई दुवैलाई विकल्पका रूपमा राख्ने भनिएको छ । नेपाली बृहत्् शब्दकोशका संस्करण बमोजिम नै गर्ने तर पहिचान खुल्ने शेर्पा, शाह, शेरचन जस्ता जाति, थर बुझाउने शब्दमा आउने ‘श’ लाई जातिले प्रयोगमा ल्याएका प्रचलनअनुसार लेख्ने उल्लेख छ । त्यसैअन्तर्गत फुल र फूल, पुरा र पूरा, जुन र जून जस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको अर्थसहित प्रयोग गर्नुपर्नेछ ।

    त्यसरी सच्याइएका बुँदाहरूलाई तत्काल शुद्धिपत्र बनाएर सार्वजनिक गर्ने तथा प्रज्ञा प्रतिष्ठानको वेबसाइटमा रहेको शब्दकोशलाई अद्यावधिक गरी सच्याइएका संस्करणलाई मात्र सार्वजनिक गर्ने र यसरी सच्याइएका सामग्री समावेश गरी नेपाली बृहत् शब्दकोशको दसौं संस्करण प्रकाशित गर्ने निर्णय भएको छ । यसअनुसार प्रज्ञाले २०७२ मा प्रकाशित गरेको शब्दकोशको नवौं संस्करण खारेज भएको छ । नवौं संस्करण साट्न चाहनेले बिलसहित आए दसौं संस्करण प्रकाशित भएपछि मूल्य समायोजनसहित साट्न सकिने पनि प्रज्ञाले जनाएको छ ।

    सुधारसहितको दसौं संस्करण तयारीका लागि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा चार विज्ञसहितको समिति गठन गर्ने निर्णय भएको छ । साथै, प्रज्ञा प्रतिष्ठानले आफ्नो सम्पूर्ण प्रकाशनहरू निर्णयअनुसारको वर्णविन्यास प्रयोग गर्ने भएको छ । त्यसैगरी मानक वर्ण विन्यासका लागि विमर्श चलाउने र गोष्ठीले निर्देश गरेबमोजिम विश्वविद्यालयका सरोकारवाला नेपाली विषयक समितिहरू, सरकार अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशनलगायत नेपाली भाषामा लेखिएका सामग्रीहरू प्रकाशनमा संलग्न संस्थाहरू, सञ्चार गृहहरूका प्रतिनिधिहरूसहित बृहत् विमर्श गराएर मानक निष्कर्षमा पुग्ने कुलपति उप्रेतीले जनाएका छन् ।

    ‘भाषा सबै नेपाली नागरिकको हो,’ कुलपति उप्रेतीले कान्तिपुरसित भने, ‘सहज र सरल बनाउने नाममा जटिल बनाएर विवाद बढ्यो । यी दुवै धारणालाई मध्यविन्दुमा राखेर सरल र विकल्पसहित अघि बढ्ने निर्णय प्रतिष्ठानले गरेको छ ।’ प्रज्ञा प्रतिष्ठानको उक्त निर्णयलाई मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले स्वागत गरेको छ । ‘नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गर्ने निर्णयलाई हामी सजगतापूर्वक कार्यान्वयनका तहसम्म निगरानीसहित सकारात्मक रूपमा लिई हार्दिकतापूर्वक स्वागत गर्छाैं,’ सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.