×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पुस्तौंदेखि प्रेमविवाहमै रमेको गाउँ

  •  
  • शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखाको उत्तरी भेगमा पर्ने करौजीका महिला ।

    रातमा भगाएर प्रेमविवाह

    शिव उप्रेती

    काशीगाउँ (गोरखा): गोरखा काशीगाउँ ३ की २१ वर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरूको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरू जीवनसाथी बन्न पाउँदा खुसी छन् । विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरूको लामो प्रेम हालै विवाहमा बदलियो ।

    नयाँ पुस्ताको यी जोडीको मात्र मायाप्रीति झाँगिएर बिहे भएको होइन । उनीहरूका बुबा-आमा, हजुरबा-हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो । गोरखाका उत्तरी भेग काशीगाउँ, केरौंजा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।

    ‘यहाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिस्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरू सबैको विवाह गर्ने परम्परा एउटै हो- पहिले मायाप्रेम अनि विवाह ।’ कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै बिहे हुन्छ, कसैको ५÷६ वर्षपछि । अधिकांश विवाह परिवारले स्वीकार गर्छन् । कसैकसैले स्वीकार नगर्दानगर्दै पनि बिहे गर्छन् । पछि समायोजन हुँदै जान्छ ।

    मायाप्रेम र भावनात्मक सम्बन्धमा रमाउने, कहिल्यै दुःख नदिने, सँगै जिउने-मर्ने विश्वास पाएपछिमात्र जीवनसाथी बन्ने चलन यहाँ परापूर्वकालदेखिकै हो । काशीगाउँ ३ की वडा संयोजक सुनिता गुरुङले भनिन्, ‘परिवारसँग मागेर र विधिविधान पुर्‌याएर विवाह गर्ने चलन यहाँ छैन ।’

    सुनिताका अनुसार पाँच सय घरधुरी रहेको काशीगाउँमा एक वर्षमा सरदर १०-१२ जोडीको बिहे हुने गर्छ । घले र गुरुङ उस्तै भए पनि यी दुईथरीको बिहेबारी पहिले बर्जित थियो । कसैले गर्‌यो भने परिवारले स्वीकार गर्न गाह्रो मान्थे । अहिले भने चल्न थालेको छ ।

    ‘घले-गुरुङबीच बिहे भयो भने बिजोडी किन बिहे गरेको भनेर कराउने चलन थियो पहिले । केही गरी बिहे गरे भने पनि परिवारमा हेलाँ हुन्थ्यो तर अहिले त्यस्तो छैन’, उनले भनिन्, ‘अहिले गुरुङ र कामी, घले र कामीको पनि बिहे हुन थालेको छ ।’ तर यस्तोचाहिँ आक्कलझुक्कल मात्र हुने गर्छ । यहाँ प्रायजसो १५ वर्षदेखि २१-२२ वर्षसम्म उमेर पुगेपछि बिहे हुने स्थानीयहरू बताउँछन् ।

    ‘कसैको मायाप्रेम बसेको दुईतीन महिनामै पनि बिहे हुन्छ, कसैको केही वर्षमा’, बुद्धिमान भन्छन्, ‘बिहे भएपछि बुबाआमाले स्वीकार गरिहाल्छन् ।’ स्वीकार नगरे परिवारबाट अलग्गै रहेर घरजम गर्ने चलन रहेको उनको भनाइ छ । ‘मन पराई बोलचाल हुन थालेपछि परिवारले थाहा पाउँछन् । प्रायः परिवारले रोकतोक गर्दैनन् । कसैको परिवारले गरे भने कसैको जोडी छुट्टिन्छन् । छुटेनन् भने बिहे हुन्छ । परिवारले स्वीकार गर्छन् । स्वीकार गर्दैगरेनन् भने परिवारसँग छुट्टिएर बस्छन्’, बुद्धिमानले भने ।

    मेलापर्ममा जान थालेपछि किशोरकिशोरीहरू एउटाले अर्कोलाई मन पराउने, नजिकिने क्रम सुरु हुन्छ । उनीहरूबीच जात्रामा, नाचगानमा सँगै बस्ने, अरू बेला पनि भेटघाटको क्रम सुरु हुन्छ ।

    विवाह गर्दा बारचाहिँ हेर्ने चलन छ । काशीगाउँमा बिहीबार र शुक्रबारमात्र बिहे गर्ने चलन छ भने केरौंजामा आइतबार, बुधबार र बिहीबारमात्र बिहे गर्ने चलन छ । दुलाहाले दुलहीलाई रातको समयमा भगाएर लैजान्छन् । भोलिपल्टमात्र घर, आफन्त र छरछिमेकलाई जानकारी हुने गर्छ । ‘छोरी सुतेकी होली भन्ने हुन्छ । भोलिपल्ट मात्र छोरी गइछ भन्ने थाहा हुन्छ’, सुनिताले भनिन्, ‘केटाको घरमा चाहिँ त्यही दिनमा थाहा हुन्छ । राति भगाएर ल्याएपछि बुबाआमालाई मैलै ‘बूढी’ ल्याएको छु भनेर खबर गर्छन् ।’ समझदारीमै भए पनि राति भगाएर बिहे गर्ने प्रचलन रहेको उनले बताइन् ।

    कतिपय गाउँमा भने मायाप्रेम चल्न थालेपछि र परिवारबाट सकारात्मक संकेत पाएपछि विवाह हुनुअघि नै केटीको घरमा काम गर्न जाने, राति केटीसँगै बस्ने परम्परा छ । ‘केटीको घरमा घाँस, दाउरा काटिदिने, पानी ओसारिदिने गर्छन्’, बारपाक १ की सुनिता गुरुङ भन्छिन्, ‘बिहे भइसकेजस्तो केटा र केटी एउटै ओच्छ्यानमा सुत्ने, एउटै जहानपरिवारजस्तो भएपछि केटी घरमा लैजाने गर्छन् ।’ तर सबैको यस्तो नहुन पनि सक्छ । बिहेअघि कुनै विधिविधान नपुर्‌याए पनि बिहेपछि माइती बुझाउने चलन भने छ ।

    बिनादाइजो बिहे

    विवाह गर्दा विधिविधान नगरे पनि बिहेपछि भने रीत बुझाउने चलन छ । त्यो पनि केटा पक्षले केटी पक्षलाई । केटी पक्षले कुनै खर्च गर्ने चलन नरहेको स्थानीय बताउँछन् ।

    केटा पक्षले रोटी, रक्सी, भेडा दिएर माइती बुझाउने चलन छ । बिहे गरेको दुईतीन वर्षभित्र माइती बुझाउने चलन रहेको केरौंजा ४ की शर्मिला घले बताउँछिन् । ‘माइती नबुझाउन्जेलसम्म हरेक दसैंमा माइतीलाई भेडा बुझाउनुपर्छ’, उनी भन्छिन्, ‘तर रोटी र रक्सीचाहिँ एकफेर मात्र बुझाए हुन्छ ।’ केटा पक्षले ससुराली पक्षका सबै घरधुरीलाई ५०÷५० थान रोटी र एकेक पोङ रक्सी बुझाउँछन् । दुलहीको माइती घरलाई चाहिँ एक गाग्री रक्सी, दुईतीन सय थान रोटी र जिउँदो भेडा बुझाउनुपर्छ ।’ केटी पक्षको एक रुपैयाँ पनि खर्च नहुने घले बताउँछिन् ।

    ‘तपाईंहरूको तिर दाइजो दिने चलन होला । हाम्रोतिर त केटीतिर एक सुका पनि खर्च हुँदैन’, उनले भनिन्, ‘केटा पक्षलाई केही पनि दिनु पर्दैन । बरु केटा पक्षले रोटी, रक्सी र भेडा दिँदा अहिलेको हिसाबमा दुईतीन लाख खर्च हुनसक्छ ।’
    तल्लो भेगतिर दाइजोको समाचार सुनेर आफूहरू चकित पर्ने गरेको उनी बताउँछिन् । ‘दाइजो थोरै दिएर दुलाहाले दुलै छाड्छ रे । कसैको झगडा भइरहन्छ रे । कसैले आगो लगाउँछ रे’, शर्मिला भन्छिन्, ‘हाम्रोतिरको चलन राम्रो । हाम्रोतिर त दाइजो भनेकै थाहा छैन ।’

    बिनादाइजो बिहे गर्ने परम्परा आफूहरूसँग सिक्न उनले आग्रह गरिन् ।

    धेरै विवाह गर्ने चलन

    केटाले पनि धेरै केटीसँग बिहे गर्ने र केटीले पनि धेरै केटासँग बिहे गर्ने चलन भने रहेको स्थानीयको भनाइ छ । एउटैले पाँचजनासँगसम्म बिहे गर्थे । यस्तो घटना अहिले केही कम भए पनि यस्तो बिहे गर्ने उदाहरण अहिलेसम्म पनि छ । धेरै बिहे गर्नेमा केटा-केटी दुवैको संख्या उस्तै रहेको काशीगाउँकी सुनिता बताउँछिन् ।

    सम्बन्धविच्छेद गर्न गाह्रो र झन्झटिलो छैन । माटोको डल्ला फुटाएर सम्बन्धविच्छेद गर्ने चलन रहेको उनीहरूको भनाइ छ । ‘आजदेखि तिमी तिम्रो बाटो, म मेरो बाटो । तिमी मेरी श्रीमती होइन, म तिम्रो श्रीमान् होइन । आजदेखि हाम्रो सम्बन्ध छैन भनेर एक रुपैयाँ जरिबाना तिरेर माटोको डल्लो फुटाएपछि सम्बन्धविच्छेद हुने चलन थियो’, सुनिता भन्छिन्, ‘तर अहिले एनजीओहरू गाउँमा आएर यसो गर्नु हुँदैन भनेर चेतना जगाएपछि यो परम्परा हट्दै गएको छ । अहिले केटाका कारण सम्बन्धविच्छेद भए केटाले ५० हजार रुपैयाँ तिर्ने, केटीका कारण भएमा केटीले तिर्ने चलन आयो । यसरी पनि सम्बन्धविच्छेदको घटना कम भएन । संस्थाहरूले चेतना जगाएपछि कानुनअनुसार गर्नुपर्छ भन्ने चलन चल्न थालेको छ ।’ यति गर्दा पनि दुईवटा बिहे गर्ने चलनको अन्त्य नभएको उनको भनाइ छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.