×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जहाँ डिभोर्स गर्न व्रत बसिन्छ

  •  
  • शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    -सुरेश किरण

    काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिर आफैंमा एउटा अनौठो सम्पदा हो । पहिलोपटक मन्दिर पुग्ने जोकोही पनि मन्दिरको ‘साजसज्जा’देखेर छक्क पर्छन् । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुडा किलाले ठोकेर अड्काइएका हुन्छन्— जस्तो भात पकाउने कसौरी, थाल, लोटा, डाडु, पन्यू, पूजाको थाल आदि । यस्ता भाँडाकुडा मन्दिरको आफ्नै वस्तु भने होइन । भक्तजनहरूले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन् जो अहिले आएर मन्दिरको मौलिक परिचयजस्तै बनिसकेको छ ।

    बेलाबेलामा यी भाँडाकुडा निकालिने पनि गरिन्छ । तर, निकालेपछि त्यसको कुनै काम भने हुँदैन । एक त मरिसकेको मानिसलाई भनेर साह्रै पातलो खालका भाँडाहरू ठोक्ने गरिन्छ । त्यसमाथि किलाले प्वाल पारेपछि त्यसको के काम ? त्यसैले ती भाँडाहरू झिकेर किलोको भाउमा बेच्ने गरिन्छ ।

    यो अनौठो मन्दिरमा कात्तिक महिनामा अर्को एउटा अनौठो व्रत बस्ने परम्परा छ । हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ । तर, यो मन्दिरमा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमतीहरू खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ । यो व्रतलाई स्थानीय नेपाल भाषामा ‘माय् अप्सं’ र नेपालीमा ‘निर्जला व्रत’ पनि भनिन्छ ।

    प्रत्येक वर्ष हरिबोधिनी एकादशी (अर्थात् गएको बिहीबार)का दिन उक्त व्रत सुरु हुन्छ । र, पाँच दिन लगातार बसेर पूर्णिमाका दिन समापन हुन्छ । अत्यन्त कठिन मानिने यसमा जो बसे पनि हुन्छ । तर, व्रतको अन्तिम दिन भने सबै व्रतालुलाई घरकै सदस्य आएर सँगै लानुपर्ने रहेछ । तीनै व्रतालुका बीच केही त्यस्ता महिला पनि व्रतमा लीन हुन्छन् जो श्रीमान् वा घरका अरू सदस्यहरूसँग सम्बन्ध बिग्रेका कारण माइतीमा बसिरहेकी हुन्छिन् ।

    व्रतको अन्तिम दिन उनलाई श्रीमान् आफैंले लिएर गए भने सम्बन्ध पुनः जोडिन्छ । श्रीमान् उनलाई लिन आएनन् भने त्यस दिनपछि उनीहरूको दाम्पत्य जीवन आधिकारिक रूपमै समाप्त भएको ठहरिन्छ । त्यो एक किसिमले सांस्कृतिक-सामाजिक रूपले मान्यता प्राप्त भएको ‘सम्बन्धविच्छेद’ नै हो । यो ‘सम्बन्धविच्छेद’पछि महिला र पुरुष दुवैलाई अर्को विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ । यसपछि गरिएको दोस्रो विवाहलाई अर्को पक्षको कसुर लाग्दैन ।

    अर्को कुरा, व्रत बसेकी कुनै महिलाई श्रीमान्ले लिन आएनन् भने त्यति बेला उनलाई अरू कुनै पुरुषले पनि लिएर जानसक्छ । श्रीमान्ले लिन नआएकी महिलालाई अरू पुरुषले लिएर जान चाहन्छन् र महिला पनि त्यसका लागि राजी छन् भने त्यसलाई पनि यथास्थानमै वैधानिकता प्राप्त हुन्छ ।

    मानिसहरू भगवान् साक्षी राखेर विवाह गर्छन् । भगवान्को अगाडि गरिएको विवाहलाई समाजले पनि वैधानिकता प्रदान गर्छ । तर, गरेका सबै विवाह सफल हुन्छन् भन्ने छैन । केही विवाह बीचमै टुट्न सक्छ । त्यस्तो टुटेको विवाहलाई सम्बन्धविच्छेदको सामाजिक वैधानिकता प्रदान गर्ने मन्दिर भने यही चोभारको लोकेश्वरमात्रै हो ।

    र, यहाँ त्यो वैधानिकता प्राप्त गर्ने एउटा विधि पनि बनाइएको छ, ‘माय् अप्सं’ अर्थात व्रत बस्ने । यो व्रत बस्नुको अर्थ हुन्छ बीचमा लट्किरहेको वैवाहिक सम्बन्धलाई वार कि पारको अवस्थामा पुर्‌याउनु । विवाहको विधि सबै मन्दिरमा पाइन्छ । तर, सम्बन्धविच्छेद भने यही मन्दिरमा मात्र हुन्छ ।

    काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिरमा कात्तिक महिनामा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमती खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ ।

    उपत्यकामा चार लोकेश्वरहरू छन् । काठमाडौंको सेतो मछिन्द्रनाथ (जनबाहाः द्यः), पाटनको रातो मछिन्द्रनाथ (बुंगद्यः), बनेपाको सृष्टिकान्त लोकेश्वर र चोभारको आदिनाथ लोकेश्वर (च्वबाहाःद्यः) । नेपालभाषामा ‘च्व’ को अर्थ ‘माथि’ हुन्छ । सबैभन्दा माथि (डाँडामा) रहेको बहाल भएकोले यसलाई ‘च्वबाहाः’ भनिएको हो । यही ‘च्वबाहाः’ शब्द अपभ्रंस हुँदै ‘चोभार’ बन्न गएको हो । चार लोकेश्वरमध्ये दुईको मुहार सेतो हुन्छ, दुईको रातो । चोभारको लोकेश्वर रातो मुहार भएको करुणामय हो ।

    चोभारमा व्रत (माय् अप्सं) बस्नु सजिलो भने छैन । यो व्रतको नियम कडा छ । व्रत सुरु गरेपछि पाँच दिनसम्म केही खानु हुँदैन । केवल लोकेश्वरको पुजारीले दिने जल (पानी) मात्रै खान पाइन्छ । त्यो जल भने जति खाए पनि हुन्छ । व्रत अवधिभर व्रतालु बहाल छोडेर बाहिर जानु हुँदैन, बहालभित्र पनि कुकुरलाई छुनु हुँदैन, जुत्ता लगाउनु हुँदैन, मन्दिरको जलबाहेक अर्को पानी छुनु हुँदैन । त्यतिमात्रै होइन, व्रतालुहरूको घरमा पनि केही नियम पालना गर्नुपर्ने हुन्छ ।

    जस्तो परिवारका कुनै पनि सदस्यले माछामासु खानु हुँदैन, घरमा भुइँ लिप्नु हुँदैन, माग्नेलाई दान गर्नु हुँदैन, अरूसँग सापटी लिनु हुँदैन आदि । सम्बन्धविच्छेदकै लागि मात्र व्रत बस्नुपर्छ भन्ने छैन । अरू मनोकामना पूरा गर्न व्रत बस्नेहरूका लागि पनि यो मन्दिरको ढोका खुला छ । पहिलेपहिले यो व्रत बस्नेहरूको संख्या दर्जनौं हुने गथ्र्यो । अहिले घटेर १०-१२ मा सीमित हुन पुगेको छ ।

    अहिले सम्बन्धविच्छेदका लागि धेरै उपाय खुला छन् । यही एक प्रयोजनका लागि भगवान्को मन्दिरमा कठिन व्रत बसिरहनुपर्ने आवश्यकता छैन । त्यसो त यो युगका सम्बन्धहरू आफैं पनि यति गतिवान् भइसकेका छन् कि अहिले न त्यो जोड्नलाई भगवान् चाहिन्छ, न तोड्नलाई । अहिले ‘हाई’बाट सम्बन्ध सुरु हुन्छ, ‘बाई’बाट त्यो तोडिइसकेको हुन्छ । ‘हाई’बाट ‘बाई’सम्म पुग्ने दूरी यति छोटो हुन्छ कि त्यसलाई स्वयं भगवान्ले पनि नाप्न सक्दैनन् ।

    तथापि आजभन्दा दुई वर्षअघि सोही मन्दिरमा व्रत बसेकी एक महिलालाई व्रतस्थलबाटै उठाएर एकजना पुरुषले विवाह गरेका थिए । चोभारकै स्थानीय सबिना महर्जन (२५ वर्ष) मन्दिरमा ‘माय् अप्सं’ बसेकी थिइन् । उनलाई ललितपुर सुनाकोठी बस्ने सुवर्ण महर्जन (२७ वर्ष) ले विवाहको प्रस्ताव राखी व्रतस्थलबाटै लिएर गए । उनीहरू पहिल्यै एकअर्कासँग परिचित थिए । तर, विवाह भने ‘माय् अप्सं’को मण्डपबाट हुन पुग्यो । सबिनालाई लिन सुवर्ण बाजा र जन्तीसहित आएका थिए । च्वबाहाःको व्रतस्थलमै धूमधामसाथ भएको उक्त विवाह त्यति बेला निकै चर्चित बनेको थियो ।

    अहिले सम्बन्धविच्छेदको उद्देश्य राखी व्रत बस्नेहरू छैनन् भन्दा पनि हुन्छ । गएको १० वर्षभित्र केवल दुइटैमात्र त्यस्तो घटना भएको कुरा मन्दिरका पुजारी श्री सरोज शाक्य बताउँछन् । दुवै घटनामा श्रीमान्बाट छुट्टिएर बसेका महिला यहाँ व्रत बस्न आएका थिए । व्रतको अन्तिम दिन उनीहरूलाई आआफ्ना श्रीमान्हरूले लिएर लगे ।

    त्यस्तै आजभन्दा ३० वर्षअघि कीर्तिपुरमा बिहे भएकी पाँगाकी एक महिला पनि त्यसरी नै व्रत बस्न आएकी थिइन् । तर, व्रतको अन्तिम दिन उनलाई न श्रीमान् लिन आए न त माइतीका आफन्त । के भनिन्छ भने, त्यस्तो जटिल अवस्थामा कीर्तिपुरकै अर्का एक पुरुषले उनको हात थामेका थिए ।

    हाल त्यस्तो प्रत्यक्ष घटना भएका छैनन् । तैपनि ‘माय् अप्सं’ परम्परागत डिभोर्सको एउटा धार्मिक विधि हो भन्ने चर्चा हरेक व्रतका बेला चलेकै हुन्छ । अदालत, प्रहरी, सीडीओ आदि कुनै कानुनी निकाय नभएको त्यो बेला डिभोर्सलाई वैधानिक मान्यता दिने योभन्दा सजिलो सामाजिक विधि अरू के हुन सक्थ्यो र ?

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.