×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

जंगलदेखिको बाँसुरी यात्रा

  •  
  • शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘लडाइँअनुसार शोकधुन वा हर्षको धुन बजिरहन्थ्यो’

    – देवेन्द्र भट्टराई, काठमाडौं

    कार्तिक २७, २०७३- सुर्खेतको भित्री गाउँमा सामान्य दु:खजिलो गरेर जीवन धानिरहेको एउटा विश्वकर्मा परिवारबाट ११ वर्षे कान्छो छोरा एकाएक बेपत्ता भयो । पछि थाहा भयो– ऊ बाँसुरी बजाउन ‘जंगल’ छिरेको रहेछ ।

    तर, यो जंगलयात्रा त्यति सहज र रोजेको बाटो थिएन । यसभित्रको कथा आफैंमा कारुणिक थियो, विस्मातलाग्दो पनि । सुर्खेतको गुटु–४, साउने गाउँमा खेतीकिसानी गरेर जीवन धानिरहेको थियो विश्वकर्मा परिवार । नजिकैको शिशुशिक्षा प्राविमा ५ कक्षामा पढ्ने ती बालक पढाइभन्दा बढी जंगलपाखा पुगेका हुन्थे, गाईबस्तु लिएर । ‘माथि रातानाङ्ला जंगलमा गएर दिनभर बाँसुरी बजाइरहन्थें,’ शुक्रबार त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयको आँगनमा भेटिएका रत्नबहादुर विश्वकर्मा आफ्नो जिन्दगीको आरोह–अवरोह सुनाइरहेका थिए, ‘आफू बालक छँदै बाआमा बितेकाले धेरैजसो विरहको धुन बजाइरहन्थें, कहिले शोकधुन जस्तो लाग्ने लामो लयको देउडा फुकिरहन्थें ।’
    रत्न २ वर्षको छँदा बाबु र १० वर्षको छँदा आमा बितेकाले उनी गाउँमा जेठा र माइला दाजुसँग बसिरहेका थिए । तर, जंगलमा बजिरहने बाँसुरीको यो धुनले रत्नका जीवनमा त्यति निको काम भने गरेन । गाउँघरमा मात्रै होइन, देशैभर माओवादी युद्धको उत्कर्ष मच्चिरहेका बेला बाँसुरीको यो गाउँले धुन गुन्जँदै गएर स्थानीय जनमिलिसियाका कानमा पनि परिसकेको रहेछ । ‘हाम्रो गाउँ छिमेकमै सुरेश देवकोटा भन्ने दाइले मलाई पछ्याइरहेका रहेछन्,’ रत्न सम्झन्छन्, ‘उनी माओवादीभित्र नयाँ सदस्य लैजाने वा ललाइफकाई लैजाने ड्युटीमा रहेछन् भन्ने पछि मात्रै थाहा पाएँ ।’
    ‘तिमी माओवादीमा आउनुपर्छ कान्छा, त्यहाँ धेरै कुरा हुन्छ । हाम्रा सबैका दिन फिर्छन्,’ गाउँले चिनारु सुरेशले रातानाङ्ला जंगलमै गएर रत्नलाई फकाउँदा रहेछन् । त्यहीबेला २०५८ माघ महिनातिर अछामको मंगलसेनमा माओवादी आक्रमण भएपछि त्यहाँ घाइते भएका थुप्रै लडाकु लिएर रत्नबहादुरको गाउँमा माओवादीको जत्था आएको रहेछ । उनीहरू रत्न पढ्ने स्कुलमै बास बसेका रहेछन् ।
    ‘तर त्यही दिन नेपाली सेनाले स्कुल घेर्ने सुइँको पाएपछि भागाभाग मच्चिएको थियो, भाग्ने क्रममा आसपासका सबै त्राहिमाम भएका थिए,’ २६ वर्षे रत्न सम्झन्छन्, ‘त्यही क्रममा हाम्रै गाउँको जीवनज्योति माविमा कक्षा ७ मा पढ्ने प्रेम गड्तौला भन्ने विद्यार्थीलाई नेपाली सेनाले बोराभित्र हालेर बन्दुकको कुन्दाले हानीहानी मारेको थियो, त्यो घटनाले अझ सिंगो गाउँ भयातुर भयो ।’
    त्यसपछि गाउँले सुरेश देवकोटा फेरि आए रत्नलाई भेट्न । अनि भने, ‘बुझ्यौ के, गाउँमै छिरेर सेनाले प्रेमलाई जस्तै यसरी नै मार्न पनि सक्छ ? बरु तिमीलाई कलाकार बनाउँला, हिँड उतातिर ।’
    २०५९ भदौ २४ को दिन
    २०५९ भदौ २४ को साँझ झमक्कै भएपछि रत्नबहादुरमा एउटा आँट पलाएको थियो । तिजको साइतमा नजिकै झकमके हाईस्कुलमा जात्रा लागेको थियो । रमिता हेर्न जाने बहानामा घरबाट निस्किएका रत्न माथि डाँडाको स्कुल नगएर तल खोलाको गढतिर उत्रिए । ‘त्यहाँ सुरेश देवकोटा भेटिए । उकालोओरालो गर्दै, लेकैलेकको बाटो गर्दै दैलेखको बाटो भएर माओवादीको गढक्षेत्र अवल्चिङ (सुर्खेत) पुगेका थियौं । त्यहाँ सयौं माओवादी हातहतियारसहित परेड खेलिरहेका थिए,’ रत्न सम्झन्छन्, ‘मेरा जीउमा भने एकसरो पुराना लुगा थिए, साथमा एउटा बाँसुरी ।’
    यो भीडभाडमा रत्नलाई पनि चिनाइयो, केटाले राम्रो बाँसुरी बजाउँछ भनेर ।
    अनि सुरु भयो, बाँसुरी यात्रा । कहिले स्कुलका कार्यक्रम, कहिले मिलिसिया भेला । कहिले लडाकुले युद्ध जितेको उन्माद त, कहिले हारेको शोकमा विरह धुन । जंगलको बाटो हिँडिरहँदा बाँसुरी खिप्ने बाँसका झाङतिर पनि अल्मलिनै पथ्र्यो ।
    ‘बिदाको क्षण नमीठो हुन्छ
    आँसु नै झर्दछ
    छातीमा पीर साँचेर पनि
    हाँस्नु नै पर्दछ…।’

    लडाइँमा जान लागेका लडाकुका लागि यो गीत गाइन्थ्यो, साथमा बाँसुरी धुनले जोस थप्ने काम हुन्थ्यो । ‘मर्नु/बाँच्नुको ठेगान छैन, तैपनि ‘वीर जनसेना हो, नझुक्नु है’ भन्दै गाउनै पथ्र्यो, बाँसुरी अलाप्नै पथ्र्यो,’ रत्न सम्झन्छन्, ‘म कहाँ छु, के गर्दैछु भन्ने पनि मेरा गाउँमा थाहा थिएन । मर्‍यो/बाँच्यो भन्ने पनि पत्तो थिएन ।’ लडाकु दर्जा नभए पनि माओवादी दस्ताका पछिपछि हिँडिरहँदा रत्नसहितका कलाकारका कम्मरमा ग्रिनेट भिराइएको हुन्थ्यो । एक हातमा बाँसुरी, अर्को हातमा बम । यसरी नै उनले २०६३ सालको युद्धविरामसम्म बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, हुम्ला, जुम्ला, मुगु, डोल्पा, रुकुम, रोल्पा, सल्यानसहितका पश्चिमी पहाडी जिल्लाहरू हिँडेरै पूरा गरेका थिए ।
    ‘एउटा बाँसुरीको धुन बोकेर ४ वर्षभन्दा बढी कुदाकुद गरिरहँदा पनि म किन/कसका लागि हिँडिरहेको छु भन्ने थाहा पाउनै सकिरहेको थिइनँ,’ रत्न सम्झन्छन्, ‘रोल्पा लडाइँदेखि सुर्खेतको काडापोखरीमा दोहोरो भिडन्तमा झन्डै ज्यान गुमाएको क्षण सम्झँदा अहिले पनि रौं ठाडो हुन्छ । त्यसबीचमा माओवादी स्कुलिङका लागि आएका बेला नेत्रविक्रम चन्द (विप्लव), पम्फा भुसाल, रामबहादुर थापा (बादल), शक्ति बस्नेतसँग पनि रुकुम/रोल्पातिर भेट भएको थियो । तर, एउटा कलाकार र बाँसुरी बजाउने केटो भनेपछि कसलाई के मतलब ?’
    युद्धविरामपछि माओवादी आदेशमै बर्दिया आएर २०६३/६४ को आन्दोलनमा पनि रत्न लागेका थिए । तर, सबै परिवर्तन र आन्दोलनका कुरा सकिएपछि माओवादी नेता खडग विश्वकर्माले भनेका रहेछन्, ‘लौ अब तिमीहरूको काम सकियो । सबैजना आ–आफ्नो घर गएर बसे हुन्छ ।’
    बाँसुरी–धुनको ‘अर्को पाइलो’
    स्कुले पढाइ छुटाएको र अरू सपनाका कुरा पनि त्यागेको एउटा १५ वर्षे युवकले घर फर्केर के गर्न सक्थ्यो ? साथमा उही बाँसुरी मात्रै थियो । ‘म सुर्खेतमै बसिरहेको थिएँ,’ उनी सम्झन्छन्, ‘नेपालगन्ज र दैलेखमा भएका महोत्सवहरूमा बाँसुरी बजाउने अवसर पाएको थिएँ । दैलेखबाट सुर्खेत झर्दा मादलवादक देवराज गिरीसँगै गाडीमा आएको थिएँ ।
    त्यहीबेला देवराज गुरुले मलाई बाँसुरीवादनमा क्षमता बढाउने र काठमाडौंमा गरिखाने उपाय सुझाउनुभएको थियो ।’
    यसरी २०६६ साल माघमा देवराज गिरीसँगै काठमाडौं आएका रत्नबहादुर भोलिपल्टै कलानिधि इन्दिरा संगीत महाविद्यालयमा भर्ना भए । उनले जीवन आले, गोपालदेवलगायत गुरुहरूसँग बाँसुरीमा सैद्धान्तिक र शास्त्रीय सीप भर्ने मौका पाए । ‘बाँसुरीवादन कहिल्यै पनि सिकेर पूर्ण हुन सकिने विधा होइन,’ रत्न भन्छन्, ‘म गाउँले काइदाबाट बाँसुरीमा धुन भर्न सिकेको केटोले काठमाडौं आएरै संगीतको सारेगम सिकें ।’
    संयोग कस्तो छ भने कुनै बेलाका कमरेड विराट र कमरेड उत्सुक भनेर चिनिने रत्नबहादुर आज माओवादीको सम्झना गर्न पनि चाहँदैनन् । ‘सबै कुरा आफ्नो स्वार्थ, केही नेताहरूको सत्ता/शक्तिको लक्ष्य र राजनीतिक होडका लागि हामी सर्वसाधारणलाई उपयोग गरिएको रहेछ भन्ने लागिरहेको छ,’ उनी भन्छन् । रत्नलाई हौस्याएर माओवादीमा कलाकार बनाउन लैजाने सुरेश देवकोटा पनि आज रोजीरोटीको खोजीमा दुबई पुगेका रहेछन् । अरू कलाकार साथीहरू के/कस्तो बिचल्ली बेहोरिरहेका छन्, उनलाई थाहा छैन ।
    अहिले राजधानीमा बाँसुरीवादन गर्ने र ‘प्रोफेसनल’ वाद्यवादक बनेर कुदिरहनेमध्ये एक अगुवा बनेका छन्, रत्नबहादुर विश्वकर्मा । शुक्रबार मात्रै उनको ७ वटा स्टुडियोमा ‘बाँसुरीवादन’ को रेकिर्डङ थियो । काठमाडौं आएर विभिन्न दोहोरी साँझदेखि एबीसी टेलिभिजन (इन्द्रेणी कार्यक्रम) सम्म बाँसुरीवादन वा गीतसंगीतका कार्यक्रम चलाए पनि अहिले भने रत्नबहादुरका लागि दुई छाक राम्ररी खाने फुर्सद पाउन पनि मुस्किल छ । विभिन्न स्केल र रेन्जका २५ वटा बाँसुरीको झोला काँधमा बोकेर रत्नबहादुर कुदेको कुद्यै गरिरहेका भेटिन्छन् । बँचेको छोटो फुर्सतमा लोकगायिका श्रीमती कमलाकिरण र ४ महिने छोरी रसिका सिंह विश्वकर्मालाई समय दिइरहेका छन् ।
    फिल्ममा रत्नबहादुर
    आगामी मंसिर दोस्रो साता (९, १० र ११) मा काठमाडौंमा सुरु हुन लागेको छैटौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा रत्नबहादुरको जीवनकथा समेटिएको फिल्म ‘द ज्वेल इन द कोब्राज हेड’ (नाग सर्पको टाउकोमा मणि) शीर्षक २८ मिनेट लामो फिल्म पनि प्रदर्शन हुँदैछ । सुर्खेतवासी लोकसंस्कृतिविद् प्रेमदेव गिरीले निर्देशन गरेको फिल्ममा एउटा साधारण युवकलाई माओवादी शक्तिले देखाएको प्रलोभन र आफ्नो स्वार्थ पूरा भएपछि ‘बीच बाटामै छाडिदिएको’ कथा सांगीतिक वादन (मादल र बाँसुरी) मार्फत समेटिएको छ ।
    नेपाली लोकबाजा संग्रहालयको आयोजनामा हुन लागेको महोत्सवमा विश्वका १८ देशका २८ फिल्मले सहभागिता जनाउने संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले बताएका छन् । महोत्सवमा स्पेन, चिली, कम्बोडिया, बंगलादेश, जर्मनी, अमेरिका, भारतलगायत मुलुकका फिल्मको सहभागिता छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.