×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सूर्य आराधनाको पर्व छठ मनाइँदै

  •  
  • आइतबार, कार्तिक २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव 

    काठमाडौँ, कात्तिक २१ गते ।  आराध्यदेव सूर्यको आराधना गरी मनाइने महान् पर्व छठ आइतबार मनाइँदै छ ।  विशेषगरी सूर्यको उपासना र आराधना गरी मनाइने यो पर्व सोमबार सम्पन्न हुँदैछ ।  केही वर्षअधिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत देशका प्रमुख सहरमा धूमधाम मनाइन्छ ।  विशेष गरी मधेसी समुदायले मनाउने यो पर्व अचेल पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दै गएको छ ।
    विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्रायः आ–आफ्नो गाउँ नै जान्छन् भने कोहीले राजधानीमै केही वर्षदेखि यो पर्व मनाउँदै आएका छन् ।
    छठ पर्वको विधिबारे जानकारी दिँदै रूपन्देहीकी आरती पटेलले भन्नुभयो, “छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ ।  यस दिनदेखि ब्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छ ।  यस पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ ।  यो दिन ब्रतालुहरूले स्नान ध्यान गरी खास गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । ”
    उहाँका अनुसार, दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ ।  यो दिन ब्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो, भाँडामा सख्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खिर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्छन् ।  छठी पूजा नहुने टोल छिमेकको घरमा सो खिर प्रसादको रूपमा पठाइने गरिन्छ ।
    यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई यस पर्वको प्रमुख अंशको रूपमा मानिन्छ ।  यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ ।  यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायत परिकार तेलघिउमा पकाइन्छ ।  तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिबल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायत प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित ब्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलासयमा जान्छन् र ब्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।  अर्घ दिएपछि ब्रतालुहरू घर फर्कन्छन् ।
    कतिपय ब्रतालुहरू घर नफर्किर पूजास्थलमै रातभरि जाग्राम बस्छन् ।  त्यहाँ कसै कसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ ।  भोलिपल्ट कात्तिक सप्तमीका दिन ब्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ ।chhath
    विराटनगर घर भई अहिले राजधानीको नयाँ शङ्खमूलमा बस्दै आउनुभएका सतिश रामनारायण दास आफू बसेको र कार्यरत रहेको ठाउँमै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ ।  चाडपर्व अरू ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ ।
    त्यस्तै, महोत्तरीको सुगाघर भई व्यापार व्यवसायको क्रममा अहिले राजधानीको कालिमाटीमा बस्दै आउनुभएका रोहित जैसवाल चाडपर्व आस्था र विश्वाससाथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुहुन्छ ।
    उहाँ यस पर्वलाई विशेष शुद्धाशुद्धि, हर्षोल्लास र परिवार, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरको रूपमा लिनुपर्ने बताउनुहुन्छ ।  धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले मुलुकमा सामाजिक समानता कायम गर्न मद्दत पु¥याएको उहाँको धारणा छ ।  केही वर्षदेखि सरकारले छठ पर्वका दिन राष्ट्रिय बिदा दिने गरेको छ ।
    पूर्वीय सभ्यतामाथि पाश्चात्य सभ्यताको आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको ब्रतालु र श्रद्धालु वृद्धि हुनुले यस पर्वको महत्व बढ्दै गएको तर्क गर्नुहुन्छ भारतको बिहार घर भई अहिले असनमा व्यापार व्यवसाय गर्दै आउनुभएका सतिस यादव ।  कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको विषयमा विभिन्न कथा र किंवदन्ती पाइए पनि स्पष्ट तथ्यको अभाव देखिएको छ ।
    संस्कृतिविद् डा. रामदयाल राकेश सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व मनाएको बताउनुहुन्छ ।  महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले पनि छठको व्रत बसी पूजाआजा गरेको बताउनुहुन्छ ।  त्यस बेलादेखि नै छठ पर्वको सुरुआत भएको धेरैको विश्वास छ ।  त्यसैगरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुयाले छठ पर्व मनाएको उल्लेख पाइन्छ ।
    साम्बपुराणका अनुसार, पिता श्रीकृष्णको श्रापबाट कृष्ठरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ ।  त्यस बेलादेखि नै छठ पर्वको प्रारम्भ भएको कतिपयको विश्वास छ ।
    त्यस्तै, कुष्ठरोगबाटै पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुन ः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।
    डा. अमरेशकुमार यादव वैज्ञानिक दृष्टिकोणले पनि छठ पर्वको विशेष महत्व रहेको बताउनुहुन्छ ।  उहाँका अनुसार, संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ ।  सूर्यको किरणमा पाइने भिटामिन ‘डी’ लगायतका तत्वहरूले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ ।  त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।
    पण्डित सचिदानन्द झा आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्व दिन छोडिएको आजको हाम्रो समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षा समेत दिने गरेको बताउनुहुन्छ ।
    जातीय, क्षेत्रीय र वर्गीय मुद्दामा विभाजित हुन लागेको अहिलेको हाम्रो समाजमा धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत मद्दत पुगेको उहाँको धारणा छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.