×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘अख्तियारमा छापा मार्न सक्ने’

  •  
  • सोमबार, कार्तिक १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजेन्द्र फुयाल
    महाअभियोग समिति कार्यविधिप्रस्तावित कार्यविधिले तीन जना सांसदले दिने महाअभियोगको सूचनालाई निरुत्साहित गर्न खोजेको छ

    कार्तिक १५, २०७३- संसदको महाअभियोग सिफारिस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छापा मार्न सक्ने गरी आफ्नो कार्यविधि प्रस्ताव गरेको छ । समितिअन्तर्गतको कार्यविधि मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनमा अनुसन्धान तहकिकातका क्रममा ‘समितिले आवश्यक ठानेको जुनसुकै स्थानमा खाानतलासी गर्न सकिने र जुनसुकै व्यक्तिसँग बुझ्न या बयान लिन सकिने’ उल्लेख छ ।

    महाअभियोग प्रस्तावपछि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कतिपय गोप्य र महत्त्वपूर्ण सामग्री कार्यालयबाट निवासमा सारेको आशंका सार्वजनिक भएको थियो । संसदको पूर्ण बैठकले कार्कीविरुद्ध अनुसन्धानका लागि महाअभियोग प्रस्ताव पठाउनुअगावै कार्यविधि पारित गर्ने समितिको योजना छ । ‘उपसमितिले ल्याएको कार्यविधिमाथि भएको छलफल अन्तिम चरणमा पुगेको छ,’ समितिका सदस्य रेवतीरमण भण्डारीले भने, ‘कात्तिक २६ को बैठकले कार्यविधि पारित गर्छ ।’ एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमाथि एक दिनको छलफलपछि संसद कात्तिक २५ सम्मका लागि स्थगित छ ।

    संसदको नियमावलीअनुसार महाअभियोग प्रस्तावमाथि सदनको पूर्ण बैठकमा छलफल सकिएपछि मात्रै महाअभियोग सिफारिस समितिको काम सुरु हुन्छ । प्रस्तावित कार्यविधिमा काम सुरु गरेको मितिलाई महाअभियोगका विषयमा छलफलका लागि बसेको पहिलो बैठकबाट गणना हुने व्याख्या गरिएको छ । नियमावलीमा महाअभियोग सिफारिस समितिले काम सुरु गरेको एक साताभित्र आरोपितलाई सफाइको मौका दिने र एक महिनाभित्र संसदमा प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ ।

    प्रस्तावित कार्यविधि जस्ताको तस्तै पारित भए महाअभियोग सिफारिस समितिले कहिलेबाट काम सुरु गर्ने भन्नेमा समेत राजनीतिक निर्णय हुन सक्छ । समितिले काम सुरु गरेको मितिबाट एक महिनामा प्रतिवेदन बुझाउनुपर्ने उल्लेख भए पनि संसद नियमावली महाअभियोग सिफारिस समितिको प्रतिवेदनलाई सदनले कति दिनमा टुंग्याउनुपर्छ भन्नेमा मौन छ । सदनका एक चौथाइ सदस्यले महाअभियोग दर्ता गराउनासाथ आरोपित कार्की स्वत: निलम्बित भएका छन् ।

    प्रस्तावित कार्यविधिले तीन जना सांसदले दिने महाअभियोगको सूचनालाई भने निरुत्साहित गर्न खोजेको छ । संवैधानिक निकायका पदाधिकारीविरुद्ध कुनै तीन सांसदले दिने सूचना महाअभियोगका लागि पर्याप्त आधार र कारण छ/छैन भन्ने अनुसन्धान गर्ने निकाय पनि महाअभियोग सिफारिस समिति नै हो । प्रस्तावित कार्यविधिअनुसार समितिले त्यस्तो सूचना प्राप्त गरेपछि ७ दिनभित्र सूचना दिने तीन सांसदको हस्ताक्षर सही हो/होइन भन्ने सनाखत गर्नेछ । त्यस्तो सनाखत सदर नभए महाअभियोगको सूचना त्यही विन्दुमा अन्त्य हुने कार्यविधिमा उल्लेख छ । सनाखत सदर भए भने समितिले आरोपको सत्यतथ्यमा प्रवेश गर्नेछ ।

    समितिको अनुसन्धानमा संवैधानिक निकायका कुनै पदाधिकारीविरुद्ध महाअभियोग लगाउने पर्याप्त आधार र कारण नभएको ठहर भए उक्त सूचना मुल्तबीमा रहनेछ । तीन सांसदले दिएको सूचनाका आधारमा समितिले आरोपितलाई महाअभियोग लगाउन आवश्यक देखे पनि संसदको कम्तीमा एक चौथाई सदस्यले त्यसको अनुमोदन गर्नुपर्छ । यो प्रक्रियामा सदनको कम्तीमा एक चौथाइ सदस्यले अनुमोदन गरे आरोपित व्यक्ति निलम्वित भई महाअभियोग प्रक्रिया अघि बढ्नेछ । महाअभियोगका आरोपितविरुद्धको अनुसन्धानका क्रममा प्राप्त कुनै प्रमाणलाई समितिले आवश्यक ठाने गोप्य राख्नसमेत पाउनेछ । समितिले आरोपितको बयान, प्राप्त तथ्य र प्रमाण, समितिको निष्कर्ष समेतका आधारमा प्रतिवेदन तयार गर्ने प्रस्तावित कार्यविधिमा उल्लेख छ । अनुसन्धानका सिलसिलामा आरोपितका अतिरिक्त अन्य जुनसुकै व्यक्तिसँग लिखित वा मौखिक बयान लिन सक्नेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.