×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

३२ वर्षपछि मिलन

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जनकराज सापकोटा

    कार्तिक १४, २०७३- भाइटीकाको ठ्याक्कै तीन दिनअघि शनिबार धादिङ, दार्खा किन्ताङफेदीका जीवन अधिकारीका आँखाभरि आँसु थियो । एकैछिनमा आँखाको चेप हुँदै गुडुल्किएको त्यो आँसु दु:खका भने थिएनन् । छोराको आँखा रसाएको देखेपछि ६८ वर्षका बाबु चोकबहादुर र जेठी दिदी मीना पनि भावशून्य भए । यो दृश्यलाई नियालेर बसेका थिए, नेदरल्याल्डका ७० वर्ष उमेर काटेका एच फेनेस्ट्रा र एडा फेनेस्ट्रा । ‘यो विश्वासै गर्न नसक्ने खुसीको क्षण हो,’ एडाले यत्ति भनिन् र सबैका आँखातिर नजर दौडाइन् ।

    ३२ वर्षअघि धर्मपुत्री बनेर नेदरल्यान्ड पुगेका शान्ति र ताराको परिवारसँग पुनर्मिलन भएको दृश्य थियो यो । शान्तिले अगाडिका दुई दाँत फुक्लिएका र ढाका टोपी लगाएका बाबुको नाकतिर हेर्दै अंग्रेजीमा भनिन्, ‘मेरै जस्तो नाक रैछ बाबुको ।’ ताराले पनि थपिन्, ‘मेरो र दिदीको आँखा उस्तै रैछ ।’ चोकबहादुर आफूले सपनामा पनि नचिताएको मिलनले यति धेरै खुसी भएका थिए कि प्रत्येक शब्द उनको घाँटीमा अड्किएजस्तो भइरहेको थियो । बुढेसकालमा आफ्ना छोरीहरूसँग यसरी भेट होला भनेर उनले सपनामा पनि सोचेका थिएनन् । तिहारको मुखैमा आफ्ना बहिनीहरूलाई भेट्न पाउँदा जीवनको अनुहारमा खुसी चम्केको थियो । चोकबहादुर ११ कात्तिकमा कान्तिपुरमा छोरीहरूको तस्बिरसहितको समाचार छापिएको खबर थाहा पाएपछि रातभर सुत्नै सकेनन् । ‘कस्ता भए होलान् छोरीहरू, मलाई देखेर के भन्लान् ? तिनलाई कतिखेर भेटौं भन्ने हुटहुटीले रातभर कोल्टेमात्रै फेरिरहे । झमक्कै आँखा परेनन्,’ उनले सुनाए । चोकबहादुृर छोरीहरूलाई भेट्न पाइने आसमा भोलिपल्टै काठमाडौं कुदिहाले । छोरीहरूले बिछोडिएका परिवारका सदस्यहरूलाई भेटेको र उनीहरू खुसी भएको देखेर धर्मबा एच फेनेस्ट्राले भने, ‘यो साँच्चै गज्जबको मिलन हो ।’

    धर्मआमा एडाले भनिन्, ‘यो अपत्यारिलो मिलन हो ।’ जेठी दिदी मीनाले झोलाबाट खादा निकालेर बैनी र बैनीका धर्म बाआमाको काँधमा लगाइदिइन् । दाइ जीवनले पनि त्यसैगरी खादा लगाइदिए र कोसेली टक्र्याए ।

    शान्ति र तारालाई गाउँबाट हिँडाई मलेखु हुँदै काठमाडौं ल्याएर बालमन्दिरमा भर्ना गराइदिने चोकका ७८ वर्षीय काका शेरबहादुर अधिकारी पनि त्यहीं थिए । उतिबेलाका गाउँका कहलिएका लेखन्दास शेरबहादुरले उनीहरूलाई बालमन्दिरसम्म पुर्‍याउने काम मात्रै गरेका थिएनन्, त्यसका निम्ति आवश्यक कागजात पनि तयार पारिदिएको थिए । आफूले हात समातेर डोर्‍याएका, हिँड्न नसकेका बेला काँधमा बोकेका नातिनीहरूलाई ३२ वर्षपछि देख्न पाउँदा शेरबहादुर भक्कानिएर रोए । टोपीले आँसु पुछदै उनले भने, ‘यिनीहरूलाई देख्न भाग्यमा लेख्या रैछ । यो खुसीको आँसु हो ।’ ट्राभल एजेन्सी चलाएर बसेका र डच भाषा जान्ने सुनील रानाले शेरबहादुरको कुरा डच भाषामा रूपान्तरण गरेर उनीहरूलाई सुनाए । त्यसपछि शान्तिले शेरबहादुरलाई अँगालो हाल्दै भनिन्, ‘नरुनुस् ।’ सुनीलले शान्तिको भनाइलाई नेपालीमा उल्था गरेर सुनाइदिए । शेरबहादुरले घरबाट ल्याएको भुटेको कालो भटमास, मकैको फुला र गुन्द्रुक उपहार दिए । एकले अर्काको भाषा, संस्कृति र परम्परा नजाने पनि वर्षौंपछिको अपूर्व भेटले अनौठो खुसी निम्त्याएको थियो । थोरैमात्रै अंग्रेजी बोल्ने र डच भाषा बोल्ने शान्ति र ताराले आफ्नो खुसी अनुहारको भावबाट बताए । बा चोकबहादुर, दिदी मीना र दाइ जीवनले पनि अनुहारबाटै खुसी साटे, आत्मीयता बाँडे ।

    अपत्यारिलो र अनौठो पुनर्मिलनमा सबैले अँगालो मारेर खुसी साटे । शान्ति र ताराले सबैलाई अँगालो मारिन् र म्वाइँ गरिन् । जीवनले आफ्नो हातमा जीवन अधिकारी लेखेको ट्याटु देखाए । शान्तिले भने आफ्नो गर्धनमा नेपालीमा शान्तिदेवी लेखेको ट्याटु देखाइन् । त्यसपछि फेरि दुवैले धेरैबेर अँगालो मारे र घुक्कघुक्क गर्दै रोए । मिलनको खुसीले सबैलाई रुझाइदियो ।
    गरिबी र अभावबीच जन्मेका तीन छोरी र दुई छोरालाई कमाएर पाल्नका लागि चोकबहादुर मजदुरीका निम्ति भारतको कोलकाता गएका थिए । पर्याप्त कमाइ गर्न नसकेका उनी घरमा खैखबर नगरी दुई वर्ष उतै हराए । त्यही बेला आमा कान्छी कुमारी अचानक बिमारी भइन् । जेठी छोरी मीनाले दु:खको ती दिन सम्झिँदै सुनाइन्, ‘दुर्गम गाउँमा डाक्टर खोज्ने कुरै भएन । काकाहरूले धामीझाँक्री गरेर आमालाई बचाउन खोजे तर सकेनन् ।’ बाको टुंगो नभएको र आमाको मृत्यु भएपछि उनका आफन्तहरूले तारा, शान्ति र जीवनलाई बालमन्दिर पठाउने निर्णय गरे । शेरबहादुरले त्यसको तारतम्य मिलाइदिए । वि.सं. २०४० फागुन १५ गते तत्कालीन नीलकण्ठ गाउँ पञ्चायतले उनीहरूलाई काठमाडौंस्थित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको नि:सहाय समन्वय समितिमा लालनपालनका निम्ति पठाइदियो । त्यतिबेला शान्ति ५ वर्ष र तारा ३ वर्षकी थिइन् । साथै उनीहरूको दाइ जीवन ७ सात वर्षका थिए । पत्नीको मृत्यु भएको केही महिनापछि फर्केर आएपछि चोकले थाहा पाए, छोरीहरूलाई बालमन्दिर पठाइएछ । उमेर धेरै भएको भन्दै जीवनलाई बालमन्दिरले त्यतिबेलै फर्काइदियो ।
    परिवारको वियोग र बैनीहरूलाई बालमन्दिर लगिएको सबै घटनाको धमिलो स्मृति मीनासँग छ । उनी बिहे गरेपछि काठमाडौं आइन् र बालमन्दिर पुगेर आफ्ना बैनीहरूको बारेमा पटक–पटक सोधीखोजी पनि गरिन् । मीनाले त्यतिबेलाको समय सम्झिँदै भनिन्, ‘धर्मपुत्री बनाएर पठाएको मान्छेको बारेमा सबै बताउन मिल्दैन भनेर बालमन्दिरका कर्मचारीले भने ।’ मीनाले कैयन् पटक सोधेको सोध्यै गरेपछि बालमन्दिरका कर्मचारीले क्यानडाको ठेगाना दिए जहाँ उनका बैनीहरू थिएनन् । मीनाले भनिन्, ‘यसरी सपना जस्तो भेट हुन लेख्या रैछ । सम्झिँदै अनौठो लाग्ने । सपना जस्तो ।’

    शान्ति र ताराका अर्का दाइ शंकर भने वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । उनले दुबईबाटै फोनमा दिदीहरूसँग अंग्रेजीमा कुरा गरे । शंकरकी पत्नी दुर्गाले पनि नन्दहरूलाई खादा लगाइदिँदै भनिन्, ‘म तपाईंहरूको भाउजू हुँ ।’ त्यसपछि शान्ति र ताराले डच लवजमा सुस्तरी भने, ‘ए भाउजू ।’ भतिजा भतिजी र परिवारका एक दर्जनभन्दा धेरै नातेदारले घेरिँदा शान्ति र ताराले अनौठो माने । शान्तिले सुस्तरी अंग्रेजीमा भनिन्, ‘हामी उतै हुर्केको भएर हामीलाई नाता र सम्बन्धको धेरै कुरा थाहा छैन । सबै विस्तारै सिक्छौं ।’ पुनर्मिलनलाई सहजीकरण गरिरहेका सुनीलले नेपालीमा अनुवाद गरेर बा चोकलाई सुनाइदिए । धर्मबा र धर्मआमालाई पनि परिवारका अन्य सदस्यहरूले खादा लगाइदिएर उपहार दिए । हातभरिको उपहार र घाँटीभरि खादाले भरिएका एचले भने, ‘यो बडो अनौठो खुसी भइरहेको छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.