×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

लगाउने बढे तर सिलाउने बढेनन्

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दौरा-सुरुवाल आकर्षण

    नितु घले/हरिबहादुर लम्जेल

    काठमाडौं: सरकारले दौरा-सुरुवालको ‘राष्ट्रिय पोसाक’ को हैसियत खोसे पनि त्यसलाई अपनाउनेहरूको संख्या देखिने गरी बढ्न थालेको छ । खासगरी पुष्पकमल दाहाल र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरूप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको छ ।

    धनकुटा नगरपालिका-५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा-सुरुवालप्रति औधि मोह छ । भोज होस् या सभा-समारोह, धार्मिक कार्य र पारिवारिक भेटघाट- सबैमा सकेसम्म दौरासुरुवाल र ढाका टोपीको पहिरन रोज्छन् उनी । उनले पोहोर साल दौरा-सुरुवालको कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । उनले दौरा-सुरुवाल करिब ४ महिना पछि मात्रै पाए ।

    हेर्दा चिटिक्क देखिने नेपाली पोसाक दौरा-सुरुवालको महत्व युवापुस्तामा बढ्दो छ । यसप्रतिको रूचि र मोह बढ्दै गएको छ । लगाउने छ बढे तर सिलाउने मान्छे चाहिँ हत्तपत्त पाइँदैनन् । कुनै बेलाको क्षेत्रीय सदरमुकाम धनकुटामा दौरा सुरुवाल सिलाउने टेलर जम्मा २/३ वटा छन् । ती टेलरले ग्राहकको चाप थाम्न सकेका छैनन् । धनकुटा नगरपालिका वडा नं. ५ माथिल्लो कोप्चेमा तिवारी टेलर चलाउँदै आएका ७० वर्षीय मीनबहादुर तिवारी यस क्षेत्रमै नामी छन् ।

    उनी विगत ५० वर्षदेखि दौरा-सुरुवाल सिलाउँदै आइरहेका छन् । उनको टेलरमा दौरा-सुरुवालका लागि काटेका कपडा र टुक्राले काठको र्याक भरिभराउँ छ । उनले भने, ‘पाँच महिनाअघि डेलिभरी दिनेगरीका लागि अर्डर लिनै सकिँदैन ।’ बीचका केही वर्ष घटेको दौरा-सुरुवालको मोह पछिल्ला वर्षमा युवामाझ फेसनकै रूपमा विकास हुँदै गएको छ । विवाहमा पनि बेहुलाले ढाकाको दौरा-सुरुवाल लगाउनु अहिले अनिवार्य जस्तै भएको छ ।

    विवाह, साँस्कृतिक कार्यक्रम, पार्टी लगायतका अन्य समारोहमा सहभागी हुने पुरुषहरू चिटिक्क दौरा सुरुवालमा सजिएको देख्न सकिन्छ । पहिला बेहुलाले मात्र ढाकाको दौरासुरुवाल लगाउँथे, बिस्तारै जन्तीहरूले पनि दौरा सुरुवालमै रमाउन थालेका छन् । ‘हाम्रो राष्ट्रिय पोशाकप्रति सम्मान पनि हुने, आकर्षक पनि देखिने । त्यसैले होला, दौरा सुरुवालप्रति मेरोजस्तै सबैको मोह बढ्न थालेको’, हिलेका डम्बर दाहालले भने, ‘म पनि जन्ती जाँदा सधैं दौरा-सुरुवाल नै रुचाउँछु ।’

    लगाउने बढे तर सिलाउने टेलर बढेनन् । अर्डर गरेको ४ महिनामा बल्ल डेलिभरी

    भोजपुरको होम्ताङ गाविस-१ का टिएल राईलाई पनि पारिवारिक जमघट, औपचारिक कार्यक्रममा सहभागी दौरा सुरुवाल अनिवार्यजस्तै लाग्न थालेको छ । उनी पनि यसलाई जुनसुकै उमेर समूहका मान्छेलाई सुहाउने पोशाक ठान्छन् यसलाई । त्यसैले आफ्नो रोजाइमा परेको बताए । उनले भने, ‘बूढापाकालाई जिन्स पाइन्ट र ज्याकेट लगाउँदा सुहाउँदिलो देखिँदैन तर दौरा सुरुवाल केटाकेटीदेखि बूढापाका सबैलाई सुहाउँछ ।’

    नेवारी समुदायको नयाँ वर्ष अर्थात् म्हपूजा (गोवद्र्धनपूजा) को दिन दौरा सुरुवालमा सजिएका युवाहरु प्रशस्त्रै भेटिन्छन् । नेपाली कला-संस्कृतिमा युवापुस्ताको बढ्दो मोहले स्वतःस्फूर्त रूपमा दौरा सुरुवाल लगाउने प्रचलन बढेको धनकुटा नगरपालिका वडा नं. ६ बीचबजारका राजेश्वरबहादुर श्रेष्ठले बताए । तिवारी टेलरका सञ्चालक तिवारीले नेवारी समुदायको ‘न्हू दँ’ (नयाँवर्ष) का लागि अर्डर लिएका दौरा-सुरुवालको डेलिभरी दिन कामको चटारो रहेको बताए । कपासको धागो प्रयोग गरी स्थानीय गाउँका मान्छेले बुनेको खादी कपडाको दौरा-सुरुवालको माग पनि धेरै आउने गरेको उनले छन् ।

    अन्य लुगाका लागि प्रयोग नहुने पश्चिम क्षेत्रमा उत्पादन हुने रेडियो खास्टाको कपडाबाट बनेको दौरा सुरुवाल लगाउने धेरै भेटिन्छन् । तिवारीका अनुसार एकसेट दौरा-सुरुवात सिलाएको ज्याला सामान्यतया १५ सय रुपैया पर्छ तर विवाहमा दुलाहाका लागि सिलाउने ढाकाका दौरा-सुरुवालमा भने त्यसको डिजाइन र त्यसमा प्रयोग हुने सामग्रीका आधारमा ज्याल ३५ सय रुपैयाँसम्म पर्छ । उनले अनुभव सुनाए, ‘सर्ट-पाइन्ट सिलाउनुभन्दा दौरा-सुरुवालमा मेहनत पनि बढी पर्छ । दौरा-सुरुवाल सिलाउँदा बिग्रियो भने सबै कपडा नै खेर जान्छ ।’

    उनले आफ्नो टेलरमा दौरा-सुरुवालका लागि बिराटनगर, झापा र काठमाडौंबाटसमेत अर्डर आउने गरेको बताए । तिवारीले पसल थाल्दादेखि नै दौरा-सुरुवाल सिलाउँदै आएका छन् । ‘खादी कपडाको दौरा-सुरुवाल बिशेष गरी युवापुस्ताको रोजाइमा पर्ने गरेको छ । पारखीहरुले दौरा सुरुवाल महंगो भए पनि तिर्न तयार हुन्छन्’, उनले भने, ‘दौरा सुरुवालमा नेपालीपन छ । यो नेपालीको पहिचानसँग जोडिएको विषय हो, दुई पैसा बढी परे पनि राम्रै रोज्छन् ।’ धनकुटा बजारको बिहीबारे हटिया घर भएका भद्रमान घलेले पनि तिवारी टेलरजस्तै दौरा सुरुवाल सिलाउने चिनारी बनाएका छन्- यस क्षेत्रमा ।

    उमेरले ८४ वर्ष कटे तर पनि दौरासुरुवाल सिलाउन छाडेका छैनन् । उनको अनुभवमा पनि दौरा-सुरुवाल लगाउने प्रचलन बढेको छ । अहिले माग ह्वात्तै बढेको छ । पछिल्लो पुस्ताले दौरा सुरुवाल सिलाउने पेशा छाडेकाले सिलाउने मान्छे हत्तपत्त भेटिन्दैन् । गाउँघरका केही बूढापाकाले भने दौरासुरुवाल सिलाएर यसको साख धानिरहेका छन् । ‘यूवाहरुले यो कामलाई पिछडिएका मान्छेले गर्ने पेशा भन्दै हिनताबोले यो छाडेका होलान् तर भारतका नेपाली भाषीमा नेपालको राष्ट्रिय पोशाकको माहिमा पहिल्यैदेखि निरन्तर छ,’ घलेले भने, ‘ती क्षेत्रका मान्छेहरु नेपालमा आएर दर्जनौं दौरा-सुरुवालको सेट किनेर लैजान्थे । भारतको स्वतन्त्रता दिवसमा नेपाली भाषीहरु पुरुष दौरा-सुरुवाल र महिला चौबन्दी चोलोफरिया लगाएर प्रदर्शन गर्छन् ।’

    उमेरमा दैनिक १४ ओटासम्म दौरा सुरुवाल सिलाएको सुनाउँदै घलेले भने, ‘अहिले त बूढो भएँ । शरीरले साथ दिँदैन । दिनभरमा एक सेट त सक्छु ।’ क्याप्सन तयारी अवस्थाको दौरा सुरुवाल देखाउँदै धनकुटा नगरपालिका वडा नं. ५ माथिल्लो कोप्चेमा रहेको तिवारी टेलर्सका मीनबहादुर तिवारी ।

    चारपुस्ताअभिदेखि दरबारमा दौरा सिलाउने शाक्य

    राजधानीको बाङ्गेमुढा (असन) का हिराबहादुर शाक्य । उमेर ६८ वर्ष भयो तर उनले अहिले चलाउँदै गरेको दौरासुरुवाल पसल भने उनीभन्दा पाँच वर्षअघिको हो, २००१ सालदेखिको । तर, यो पेशा चाहिँ दुई पुस्ताअघिदेखिको हो । वृद्ध हिराबहादुरले आफ्नै जीवनकालमा राजा, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई समेत दौरा सुरुवाल बेचिसकेका छन् । दौरा-सरुवाल बेच्नु उनको चारपुस्ताअघिका बराजुको पेशा हो ।

    ‘बराजुको पसल पाटन कनिबहालमा थियो रे, यहाँ चाहिँ बाले खोल्नुभएको, २००१ सालमा’, उनले आफ्ने पुख्र्यौली पेशाको संक्षिप्त इतिहास सुनाए । आफ्नो पेशाप्रति गौरव गर्ने उनलाई यसको गौरवगाथा सुनाउन पनि त्यति फुर्सद थिएन । ग्राहककै सन्तुष्टि उनको प्राथमिकतामा थियो । स्वर्गीय राजा वीरेन्द्रले ‘वीरेन्द्र पदक’ दिइरहेको तस्वीर पसलको भित्तामा झुन्डाएका छन् हीराबहादुर शाक्यले ।

    उनले सनाए, ‘हामीले बराजुका पालादेखि राजदरबारका लागी दौरा सुरुवाल सिलाउँदै आयौं ।मैले चाही वीरेन्द्रको पालादेखी काम गरेको हो ।’ हिराबहादुरले राजदरबारमा दौरासुरुवाल बेच्दाको कथा सुनाए, ‘पहिला त ढोका-ढोकामा गएर नाप्ने गर्नुपथ्र्यो रे ! तर मेरो पालामा आइपुग्दा भने दरबारमै काजमा बोलाइन्थ्यो । अनि दरबारका पिएनदेखि सबैलाई दौरा-सुरुवाल सिलाइन्थ्यो । राजाका लागी चाहिँ उहाँकै छुटटै मान्छे हुन्थे, सिलाउने । हामीले राजा एकजनालाई चाहिँ सिलाउने छुट्टै मान्छे हुन्थे ।’

    वीरेन्द्रका बंश नाश भएपछि ज्ञानेन्द्रका पालामा भने नाप पठाउँथे त्यसै अनुरुप सिलाउने गरेको बताए । उनीहरु आफैले कपडा पठाउँथे । शाक्य भन्छन्, ‘राजा साधारण कपडा लगाउँथे । टेलिकटन, कटनकै दौरा सिलाइन्थ्यो । रंग मात्रै फरक हो ।’नेपालको सबैभन्दा लोकप्रिय ‘राष्ट्रिय दौरा-सुरुवाल टेलर्स’ सञ्चालन गर्दै आएका शाक्यले भने, ‘दौरासुरुवाल पेशा ब्यवसाय बनाए बापत ‘गोर्खा दक्षिण बाहु’ ले सम्मानित बनिसकेको छु ।’

    उनलाई २०६१ सालमा पूर्वराजा ज्ञानेन्द्र शाहले सो पदक दिएका रहेछन् । वीरेन्द्र पदक र गोर्खा दक्षिणबाहु पाउने शाक्य अझै दौरा-सुरूवाल व्यापार गरिरहेका छन् । दौरा-सुरुवाल पसल उनका जिजु हजुरबाले सञ्चालन गरेको बताउँछन् । पाटन कनीबहालमा कुल घर भएका शाक्यका बुवाले ७३ वर्षदेखी बाँगेमुढामा पसल संचालन गरेका रहेछन । त्यो भन्दा पहीला कनिबहालमा नै थियो उनीहरुके पसल । ६८ वर्षका शाक्य चार पुस्ते व्यवसाय धान्दै आएको बताउँछन् । पछील्लो समय दौरा लगाउने फेसन जस्तो बनेको र प्रत्येक वर्ष धुमधाम दौरा लगाउनेको संख्या बढेको बताउँछन् शाक्य ।

    बहुदल आएपछी दौरा लगाउने कम भएका थिए । २०५३ सम्म त पेशागत रुपमा दौरासुरुवाल व्यापारीलाइ बाँच्नै धौधौ परेको थियो, व्यापार खच्कियो । तर मेरो लागी खाँचो थिएन । अरु काम नआए पनि दरबारको कामले मलाइ पुग्थ्यो । २०५५ साल पछी भने यसको क्रम ह्वाततै बढेर गयो । अहीले सबैले यसको महत्व बुझदै आएकाछन्, शाक्यले भने ।

    उनको पसलमा नेताहरु पनि उतिकै आउँछन् । भन्छन्, ‘पहीलापहीला जो प्रधानमन्त्रि बन्थे दश जोर सम्म दौरा सिलाउँथे । तर आजकालका प्रधानमन्त्रिहरु तीनचार जोर मात्रै सिलाउँछन् । सरकार फेरीरहन्छ, एउटा गयो अर्को आउँछन् ।’ दौरा सँगै लगाउने कोट भने बेलायतबाट जंगबहादुरको पालामा आएको इतिहास भएको बताउँछन्, भन्छन्, बेलायत भ्रमणको क्रममा जंगबहादुरले भोटो, दौरा लगाएरमा पटुका बाँधेर खुकुरी भिरेर गएका थिए रे ।

    त्यहीबेला बेलायतीले कोट लगाउन दिएको भन्ने कींवदन्ती छ । ज्वारी कोट भने इन्डिया बाट आएको हो, शाक्यले थपे । दौरा सुरुवालको कस्तो महत्व छ भन्ने कुरा यसरी प्रष्ट बनाए, दौराले पक्कै पनि शरीरमा न्यायो गर्छ, । जाडोको लागी उचित हुन्छ । यसमा डबल पाटा हुन्छ जसले छात्ति सुरक्षित बनाउँछ । चिसो लाग्दैन । हेर्दा पनि राम्रो देखीन्छ । मजाले शरीर छोप्छ । यसको विषेशता बच्चा देखी बुढा सम्म सुहाउँछ । साथै यसका अन्य महत्वछन्, दौराको आठ वटा तुना हुन्छन् । यसको अष्टमात्रिकाको अर्थ राख्छ । यसले शरीरको रक्षा गर्छ । शरीरको लागी फाइदाजनक हुन्छ ।

    हिजोआज ढाकाको दौरा सुरु भएको छ सोह्र वर्ष जति भयो होला ढाकाको चलन बढेको । यो विवाह, स्वंबर जस्ता विषेश अवसरमा लगाइन्छ । उनको अनुभवमा दौरा कुनै पनि समुदायका मानिसले लगाँउँछन् केवल मधेसका बाहेक । उनी भन्छन्, यो पाइन्ट भन्दा सस्तो पनि छ । दौरामा खर्च कम हुन्छ । दिनको बीसपच्चीस जोर सम्म दौरासुरुवाल बिक्री गर्ने शाक्य भन्छन्, मंसीरदेखी बैशाख सम्म यसको सिजन हो ।

    सस्तोमा २५ सय देखी ३२ सयसम्मको दौरा हुन्छ भने ढाकाको अलि महंगो हुन्छ । यसको मुल्य ४८ सय देखी १३ हजार सम्म छ । कपडाहरु भारतबाट निर्यात गर्छन् भने नेपालभरी खपत गर्छन् उनी । उनको सबै भन्दा धेरै दौरा श्रेष्ठ टेलरीगंमा जान्छ । एकसमयमा धनगढीमा सबै भन्दा धेरै दौरा पठाउँथे उनले सम्झीए । तरराजादेखी रैती सम्मलाइ दौरा सिलाएका शाक्य भन्छन्, मेरो ग्राहक सम्पुर्ण नेपालीहरु हुन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.