×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

डिपोर्ट हुनबाट जोगिए दीपक

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फेसबुकमा कमेन्ट गरेको अभियोगमा कतारबाट डिपोर्ट गर्न पक्राउ परेका गोरखाका दीपक लामिछानेलाई ४० दिनपछि सोमबार बिहान रिहा गरिएको छ । दीपक १४ वर्षदेखि कतारमा कार्यरत छन् ।

    अस्ट्रेलियामा बस्ने दीपा राईको नामबाट दीपकविरुद्ध उजुरी परेपछि कतारको प्रहरीले छानबिन गरी उनलाई अगस्ट १६ मा पक्राउ गरी डिपोर्टेसन सेन्टरमा राखेको थियो । उजुरीमा दीपकले आफूमाथि मानहानि हुने गरी फेसबुकमा कमेन्ट तथा सन्देश पठाएको उल्लेख छ ।

    ‘नेपाली दूतावासको प्रयासमा डिपोर्ट हुनबाट जोगिएँ । दूतावासले आफ्नो नागरिकको हितका लागि खेलेको भूमिकाप्रति आभारी छु,’ लामिछानेले कान्तिपुरलाई भने, ‘मैले कतारमा पुन: काम गर्ने अवसर पाएको छु । ढिलै भए पनि न्याय पाएँ ।’

    कतारस्थित नेपाली दूतावासले एउटा सामान्य नेपाली कामदारलाई डिपोर्ट गर्न नहुने भन्दै तत्काल कतारको परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण जनाएपछि उनलाई डिपोर्ट नगरी हिरासतमै राखिएको थियो । कतारी प्रहरी प्रशासनले ‘विद्युतीय अपराध’ अन्तर्गत डिपोर्ट गर्ने निर्णय नै गरी लामिछानेको फिंगर प्रिन्ट नै गरेको थियो । नेपाली दूतावासबाट ध्यानाकर्षण जनाएपछि उनलाई तत्काल डिपोर्ट गरिएको थिएन ।

    दीपा राईले आफूले उनीविरुद्ध उजुरी फिर्ता गरेको भन्दै नेपाली दूतावासमा पत्र पठाएकी थिइन् । ‘मैले उजुरी गरेको थिइनँ । लामिछानेलाई पक्राउ गरेपछि मैले उजुरी फिर्ता लिएको पत्र दिएपछि छुट्छ भन्ने दूतावासबाट आग्रह गरेपछि उजुरी फिर्ता गरेको पत्र मात्रै पठाएको हो,’ दीपाले कान्तिपुरसँग भनिन्, ‘म आफैं कामदारको हितका लागि लड्दै आएकी व्यक्ति हुँ ।’ लामिछानेको मुद्दा उच्च अदालतमा पुगेको थियो । अदालतले उनलाई डिपोर्ट नगर्न फैसला गरेपछि प्रहरीले सोमबार एक महिना ११ दिनपछि रिहा गरेको हो ।

    गत जुनको मध्यमा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध राईले आफ्नो फेसबुक वालमा स्टाटस लेखेकी थिइन् । त्यसमा दाहालको पक्ष लिँदै लामिछानेले कमेन्ट गरेका थिए । जसले गर्दा दुई पक्षबीच आपसी विवाद बढेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.