×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘पोहोर साल खुशी फाट्दा…’

  •  
  • शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गीतकार राजेन्द्र थापाको सम्झनामा अरुणा लामा

    स्वर साम्राज्ञी अरुणा लामा जीवित भएको भए आजबाट ७१ वर्ष लाग्थिन् । दार्जिलिङमा ००२ साल भदौ २४ गते जन्मिएकी उनको ०५४ साल माघमा निधन भएको थियो ।

    ०१६ सालमा पहिलो गीत ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ रेकर्ड गराएकी अरुणाले गायन यात्रामा थुप्रै चर्चित गीत दिएकी छिन् । जसमध्ये ‘पोहोर साल खुशी फाट्दा’ गीत उनको खास चिनारी नै बनेर रहेको छ । जुन गीत लेखेका थिए राजेन्द्र थापाले ।

    ‘पोहोर साल’ गाएपछि अरुणा अझ चर्चाको शिखरमा पुगे पनि त्यो गीत सुरुमा उनले गाउने कुरै नभएको थापा सम्झन्छन् । ‘त्यो गीत त अम्बर गुरुङको संगीतमा नारायण गोपालले गाउने कुरा थियो । तर, म विदेशमा केही महिना बसेर र्फकँदा त अरुणाको आवाजमा रेकर्ड भएको गीत यहाँ निकै चर्चित भइसकेछ,’ उनले भने ।

    गीत त अम्बर गुरुङको संगीतमा नारायण गोपालले गाउने कुरा थियो । तर, म केही महिना विदेश बसेर फर्कादा त अरुणा दिदीको आवाजमा रेकर्ड भएको निकै चर्चित भइसकेछ

    यो गीत थापाले ०३१ सालमा लेखेका थिए, जतिबेला उनी मात्र २३ वर्षका थिए । ३१ सालमै पोखरामा संगीतकार अम्बर गुरुङसँग उनको पहिलो भेट भयो । राजाको सवारीका लागि तत्कालील नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट गुरुङसहितको टोली त्यहाँ पुगेको रहेछ । थापा त्यतिबेला सेनाका कप्तान थिए र सवारीकै लागि खटिएका थिए । उनले सम्भिmए, ‘अम्बरले मेरा कविता र गीतहरू निकै मन पर्ने कुरा गर्नुभो । गीतमा कविता हाल्ने मान्छे कमै हुन्छन् भनेर तारिफ गर्दै काठमाडौंमा भेटौँ भन्ने कुरा राख्नुभो ।’

    काठमाडौंमा आएपछि भेट हुँदा अम्बरले गीत ल्याउनुपर्छ भनेर मागे उनीसँग । ‘उहाँले आफैं गीत माग्नुभो । नत्र त्यत्रो ठूलो संगीतकारलाई मेरो गीत गाइदिनुस् भनेर दिने आँटै थिएन,’ गीतकार थापाले सुनाए ।

    केही महिना बितेपछि उनले अम्बरलाई ‘पोहोर साल’ गीत दिए । त्यतिबेला अम्बर र नारायण गोपाल सँगै थिए । हरिभक्त कटुवालले लेखेको ‘पोखिएर घामको झुल्का’ गीतको रेकर्डिङ सकेर दुवै जना रेडियो नेपालको गेटबाट निस्किँदै गर्दा उनले भेटेका थिए । गीत दिँदा दुवै सँगै भएकाले होला, नारायण गोपालले गाउने कुरा भएछ । यसबारे पछि अम्बरले थापालाई खबर गरेका थिए ।

    गीत ०३१ सालमा दिए पनि त्यसको दुई वर्षपछि मात्र रेकर्ड भयो ।

    थापा तालिमका लागि केही महिना विदेश गएको बेला नै गीत रेकर्ड भएर बज्न थालिसकेछ । राम्रो चर्चा पनि पाएछ । तर, गीतमा नारायण गोपालको नभई अरुणा लामाको स्वर थियो । ‘अम्बरसँग पछि कुरा हुँदा अरुणाले गीत हेरेर मैं गाउँछु भनेर हत्ते गरेको कुरा थाहा पाएँ । दिनदिनै भेटेर मैं गाउँछु भन्दै हत्ते गरेपछि उनकै स्वरमा रेकर्ड भएछ,’ उनले विगतको पाना पल्टाए ।

    समय क्रममा अम्बर र नारायण गोपालबीचमा फाटो आउनुमा अरु धेरै कारणमध्ये यस प्रकरणले पनि भूमिका खेलेको थापा सम्झन्छन् । आफूले गाउने पक्का भएको गीत अरुणालाई दिँदा र पछि चर्चित बन्दा नारायणको मन कुँढिएको चर्चा उनले सुनेका थिए ।

    अरुणाको ०२० सालमा गीतकार/संगीतकार शरण प्रधानसँग विवाह भएको थियो । बिहेपछि यो जोडीले दार्जिलिङमै एक स्कूलमा पढाउँदै जीवन्त संगीत सिर्जना पनि गर्दैर् थियो । तर, ख्याति पाइरहेको बेला ०३१ साल बैशाखमा शरणको निधन भयो ।

    अरुणाको संगीतयात्रामा हारमोनियमको पर्दा उप्किए झैं भयो । दुई बच्चाहरुको हेरचाहमै उनी खुम्चिएकी जस्ती भइन् ।

    त्यस्तो बेला ०३३ सालमा आएको ‘पोहोर साल खुसी फाट्दा’ गीतको लोकपि्रयताले उनलाई धेरै माथि उठायो । त्यो गीत सुन्नेहरूले आफ्नै जीवनका पीडा र भक्कानाहरूसँग एकाकार गरेर झन्-झन् मन पराउँदै गए ।

    गीतकार थापाले गीत आएको डेढ वर्षपछि मात्रै अरुणासँग भेट्ने मौका पाए । त्यतिबेला खेलकुद परिषद्का सदस्य सचिव शरच्चन्द्र शाहको अगुवाइमा अरुणाको पहिलो संगीत साँझ काठमाडौंमा हुने तयारी थियो । संयोजन गर्ने जिम्मा गोपाल योञ्जनले पाएका थिए । त्यसका लागि अरुणा काठमाडौं आउँदा दशरथ रंगशाला नजिकै थापाले पहिलो पटक भेटे ।

    राजेन्द्र थापा

    ‘नमस्ते दिदी, म राजेन्द्र थापा ।’

    ‘ए, नमस्ते,’ यति मात्र जवाफ आयो ।

    ‘म गीतकार राजेन्द्र थापा,’ अलिक जोड दिएर भने ।

    ‘ए हजुर,’ अरुणाले टाउको हल्लाइन् ।

    ‘दिदी, म पोहोर साल खुशी फाट्दा गीत लेख्ने मान्छे,’ उनले अब भने विस्तृतमै खुलाए ।

    बल्ल अरुणा चकित परिन् । भर्खरको कलकलाउँदो ठिटो ‘पोहोर साल गीत लेख्ने मैं हुँ’ भनेर आउँदा सुरुमा त उनले पत्याइनन् । ‘भाइ त कलिलै हुनुहुँदो रै’छ, यस्तो गीत लेख्ने मान्छे त हरिभक्त कटुवाल जस्तै अलि बुढो टाइपको होला भन्ने सोचेथेँ,’ अरुणाको यस्तो प्रतिक्रिया थियो ।

    समय क्रममा अरुणा र उनीबीच दिदी-भाइकै अटुट साइनो बन्न पुग्यो । थापाका आधा दर्जन जति गीतमा उनले स्वर दिएकी छिन् । तिनमा दीपक जंगम, मणिकमल क्षेत्री, वसन्त क्षेत्री, दिल श्रेष्ठ, न्ह्यू बज्राचार्यले संगीत दिएका छन् । कस्तो भने, रेकर्डिङ भएकामध्ये अरुणाको अन्तिम गीत बन्न पुगेको ‘यो मन त तलाउ हो’ थापाले नै लेखेका हुन् । उनैले लेखेको ‘साइत’ फिल्मको गीत फिल्ममा गाएको अरुणाको अन्तिम गीत हो ।

    अरुणालाई भने थापाले लेखेको र योगेश वैद्यले गाएको ‘पर लैजाऊ फूलहरू’ बोलको गीत अधिक मन पथ्र्यो रे । पति शरणसँगको सन्दर्भ जोडेर हेर्दै उनले यो गीत मन पर्ने भनेर बारम्बार भनिरहन्थिन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.