×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै

  •  
  • सोमबार, भदौ १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    छुटाइदिन परिवारकाे सरकारसँग आग्रह

    – अाश गुरुङ, लमजुङ
    ५ वर्षदेखि साउदीस्थित जुबैलको अबुहदरिया सेन्ट्रल जेलमा रहेका गोरखा, केराबारी-७, छारनासका धुर्व गुरुङ ।

    भाद्र १३, २०७३- रोजगारीका लागि साउदी गएका एक नेपाली युवक आफूले पाएको ५ वर्षको जेल सजाय भुक्तान गरेको ७ मिहना बितिसक्दा पनि हालसम्म छुटेका छैनन् । उनलाई छुटाइदिन परिवारले सरकारसँग आग्रह गरेको छ। एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा गोरखा, केराबारी ७ छारनासका ध्रुव गुरुङ जेल परेका हुन् ।

    साउदीस्थित उनका साथी गणेश मिभक लिम्बूका अनुसार धु्रव साउदीस्थित जुबैलको अबुहदरिया सेन्ट्रल जेलमा छन् । पति जेलमा परेपछि पत्नी काशी विक्षिप्त बनेर हिँडेकी छन्।

    ‘५ वर्ष भयो, उहाँको स्थिति के कस्तो छ, थाहा छैन,’ बुधबार बेंसीसहर आएकी उनले भनिन्, ‘एक/एक वर्षमा छुट्टीमा आउँछु भनेका मान्छे ७ वर्ष हुन लाग्यो, अत्तोपत्तो छैन।’

    पछिल्लो समय माघमा फोनमा छोटो समय बोल्न पाएको उनले बताइन्। ‘छिटै फर्केर आउँछु मात्रै भन्नुभयो। त्यसपछि सम्पर्क छैन,’ उनले भनिन्। डेढ घण्टाको दूरीमा माइती र घर भएकी काशीले ध्रुवसँग प्रेमविवाह गरेकी हुन्। छोरा जन्मेको ३ महिनामा पहिलोपटक २०६५ वैशाखमा साउदी गएका धु्रव २ वर्ष बसेर ४५ दिने छुट्टीमा आएका थिए। ०६६ को अन्तिमतिर साउदी फर्केका उनी त्यसयता फर्केर नआएको पत्नीले बताइन्। ‘न फोनमा राम्रोसँग बोल्न पाइन्छ, कस्तो अवस्था छ, थाहै छैन,’ उनले भनिन्।

    काशीले सासूससुरा बेलायतमा रहेको बताइन्। उनी अहिले तनहुँको डुम्रे बस्दै आएकी छन्। छोरा साजन काठमाडौंमा फुपूहरूको साथमा बसेर ३ कक्षामा पढ्छन्। काशीले घटनाबारे त्यति धेरै जानकारी नभएको बताइन्। ‘तरकारी काट्ने समयमा पाकिस्तानी आएर आक्रमण गरेछ। त्यसपछि झगडा हुँदा आफू जोगिन खोज्दा पाकिस्तानीको मुत्यु भएको सुनें,’ उनले भनिन्, ‘सबै कुरा सोध्नु पनि कसरी। आफ्नो गल्ती छैन भन्नुहुन्छ।’

    उनले आफ्नो पतिको अवस्थाबारे जानकारी लिन खोजे पनि कसैले चासो नदिएको र भन्न नखोजेको बताइन्। ‘डुम्रे आएपछि फेसबुक खोलें। उहाँको फेसबुकमा रिक्वेस्ट पठाएँ। एसेप्ट भएन। धेरैपटक म्यासेज गरेपछि फोन नम्बर माग्नुभयो। दिएपछि उहाँले फोन गर्नुभयो,’ उनले भनिन्, ‘नआत्तिकन बस्न भन्नुभयो। २/३ महिनामा एक पटक छोटो समयका लागि फोन हुन्थ्यो। आफैं काटिन्थ्यो। अहिले त त्यो पनि हुन छाड्यो।’

    ७ महिना बढी कैद         
    साउदीस्थित अदालतले धु्रवलाई ५ वर्षको जेल साजय सुनाएको थियो। २०१० फेबु्रअरी १ तारिखका दिन कारागार चलान भएका उनी ५ वर्ष पूरा भइसक्दा पनि छुट्न सकेका छैनन्। गत जनवरीको अन्तिममै जेलमुक्त हुनुपर्ने उनी अहिलेसम्म जेलमुक्त नभएका हुन्।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.