×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कतारका नेपाली समाजमा देखिएको बिचलन

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कमलमणी गुरागाई , काठमाडौं
    विभिन्न बैचारिक संस्थाहरु एक ठाँउमा बसेर आपसी सहकार्य गरेर अगाडि नबढ्ने हो भने र यो देशको कानुनलाई राम्रोसँग सम्मान नगर्ने हो भने आजसम्म नेपालीले पाएको इजजत, प्रतिष्ठा तथा रोजगारी समेत गुम्न सक्ने अबस्था छ । यसमा सबैको ध्यान जान आबश्यक छ ।

    भाद्र ६, २०७३- २०५९ बैशाख ८ गते राती काठमाडौंमा ठुलो हावाहुरीसँग पानी पर्‍यो । रुखहरु ढलेर सबै बाटो बन्द जस्तै थियो । भोलीपल्ट बिहानै भाई मोटरसाइकल लिएर आयो । सासाना छोरी र श्रीमतिलाई छोडेर अमिलो मन बनाउदै अन्तराष्ट्रिय बिमानस्थलतिर लागियो । कतार बायुसेवाबाट अप्रिल २२, २००२ मा कबिर १२ बजेतिर कतार आइपुगेको हिजो जस्तै लागेको छ ।

    त्यो समयमा नेपालीको संख्या एकलाख देखि सवा लाखसम्मको अनुमान गरिन्थ्यो । नेपालीहरुका ५/६ वटा रेष्टरेन्ट, एउटा पुस्तक पसल, तीन/चार निर्माण कम्पनी थिए । नेशनल (राजधानी दोहभित्रै नेपालीहरु जमघट हुने ठाउँ) तिर खोटाङ सेवा समाज, चितवन युवा समुह लेखिएका टिसर्ट लगाएका युवाहरु प्रशस्त देखिन्थ्यो । नेपाल सेवा समाज र सास्कृतिक केन्द्रको पनि चर्चा हुने गर्दथ्यो ।

    त्यो समयमा धेरै नेपालीहरु लेबरमै काम गर्न आउथ्यो । इन्जिनियर, फोरम्यान, एकाउन्टेन्ट, फोरम्यान, सेल्सम्यान अति नै कम थिए । मेसन, कार्पेन्टर, स्टिल फिक्चरहरु अलि अलि थिए । नेपाली भिसा लेबरका मात्रै हुन्थ्यो । राम्रा तलब जे भएपनि भिसा लेबरकै हुन्थ्यो । आफुले सवारी साधान लिएर हिड्ने नेपालीको संख्या दर्जन पुर्‍याउन सकिन्थ्यो । समाजका अगुवा या टाठाबाँठा सबै जसो भिसा धन्दामा संलग्न हुन्थ्यो । करिव करिव हजार रियालसम्म भिसा किनेर काम गर्ने नेपालीहरु प्रशस्त भेटिन्थ्यो । म्यानपावरका कम्पनीका एजेन्टहरु पाउथे । यहाँ आएर काम नपाएका पनि प्रशस्त भेटिन्थ्यो ।

    कसैको कम्पनी भेटिदैन्थ्यो । दुख पाएका, घर फर्किन नपाएकाहरु नेशनल वरिपरि धेरै पाइन्थ्यो । यस्तै कारणले यहाँ जिल्लास्तरीय समाजहरु खुलेका थिए । त्यो समयमा ४ वटा जिल्लास्तरिय, दुई वटा जातीय एउटा राष्ट्रिय स्तरको संस्था र अर्कोमा साँस्कृतिक संस्था अस्तित्वमा थिए । २००३ को अन्त्यतिर गैरआाबासीय नेपाली संघको प्रथम अधिबेशनमा प्रतिनिधि छान्ने क्रममा एक संस्था दुई प्रतिनिधि छान्ने भएपछि रातारात संघसंस्थाहरु बढे । त्यो बेला ३६/३७ सम्म पुगेका थिए । पछि उनीहरु निष्क्रिय भए । २००५ देखि कतारमा नेपालीको संख्या ह्वातै बढेर आयो । सेल्सम्यान, इन्जिनियरहरु पनि बढ्न थाले । महिलाहरु पनि देखिन थाले । अलि अलि पढे–लेखेका ब्यक्तिहरु बढ्न थाले । जसले गर्दा संघसंस्थाहरु प्रशस्त खुल्न थाले । जिल्लास्तरिय, जातीय, बैचारिक संस्थाहरु बढ्दै गए । हरेक हप्ता कार्यक्रमहरु हुने गर्थ्यो । शुक्रबार नेशनल र बिसमिल्ला चोक (अलर्फदन अगाडि)  नेपालीहरु मात्रै भेटिन्थे । उक्त समयमै केही केही नेपालीले नेपालबाट कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम गर्दथे । कार्यक्रम घाटा भयो भनेर कलाकार पठाउन चन्दा उठाएको इतिहास पनि छ । समग्रमा भन्नुपर्दा त्यो बेलाको नेपाली समाज, शान्त, रचनात्मक र प्रगतिउन्मुख, सामाजिक सद्भाब सहितको एक अर्कालाई सहयोगी भावना भएको थियो । एक दुई अपवाद छाडेर सबै संघसंस्थाहरु एक आपसमा सद्भाव सहित भाईचाराको सम्बन्धमा रहेको पाइन्थ्यो । यो क्रम सन् २००९ को मध्यसम्ममा रह्यो ।

    २००६ देखि नै कतारमा बिकासको क्रम अत्याधिक तिब्र गतिमा बढेको थियो । केही समयमा नेपालीको संस्था बढेर तीन लाखको हारहारीमा पुग्न थाल्यो । सबैको मेल इन्टरनेटमा पहुँच हुन थाल्यो । अनलाइन पत्रिका, फेसबुक, अहिले गर्दा सबै नेपाली समुदाय नेपालको राजनीतिक अबस्थामा अत्यन्त जानकारी राख्न थाले । नेपालमा भएका हरेक घटना, परिघटना राम्रो गरी अध्ययन गरी यहाँबाट नैतिक, आर्थिक सहयोग हुन थाल्यो । नेपालका सबै राजनीतिक दलका भातृ संगठनहरु बैचारिक संस्थामा खुल्न थाले । पत्रकार महासंघ, जनजाति महासंघ, अन्तराष्ट्रिय साहित्यिक समाज, जनजाति अन्तर्गर्तका बिभिन्न जातीय संस्थाहरु खुल्न थाले । जसले नेपाली समाज बिभिन्न संघसंस्थामा सामेल हुन थाले । आफ्नो संस्थाको बिस्तारमा लाग्न थाले । बैचारिक सँस्थाको उदयसगै नेपाली समाजमा बिकृति, बिसंगति देखिन थाले ।

    सन् २००९ मा भएको गैरआवासीय नेपाली संघको अधिबेसनमा नेपाली समाज प्रत्यक्ष रुपले बिभाजित हुन थाल्यो । त्यो समयमा म्यानपावर सप्लाई गर्ने धेरै कम्पनी नेपालीले सञ्चालन गर्न थालेका थिए । इन्जिनियरको सँख्या सयौ भइसकेको थियो । सिनियर एकाउन्टेन्ट, एकाउन्टेन्ट प्रशस्त आइसकेका थिए । टाडाकाँडाहरुले कतै न कतैबाट म्यानपावर तथा लेबर सप्लाई गर्न कम्पनी खोलेर ब्यवसाय शुरु गर्न थालेका थिए । एक्कासी एउटा तप्कालाई त्यो ब्यवसायप्रति घृणा सुरु भयो । त्यस्ता ब्यवसायलाई दलाल, मानव तस्करजस्ता अपशब्दले सम्बोधित गर्न थाले । गरी खाने र ठगी खाने भनेर पहिचान बनाई एक खालको सामाजिक विग्रह सुरु हुँदै गयो ।  यसै समयदेखि (२००९ को अन्त ) यहाँको समाजमा राजनीतिक स्वार्थका कारण एक–अर्कालाई हिलो छ्याप्ने, समाजिक सद्भावलाई खल्बल्याउने प्रबृत्तिको विकास भयो । यो समयमा एकले अर्काको सामाजिक अस्तित्व समाप्त पार्ने दिशामा उन्मुख भयो  । यसको चरम रुप २०१३ असरमा देखा पर्यो ।

    नेपाल सरकारले बैदेशिक रोजगारमा आफ्नो एकाधिकार बाहेक अन्यलाई ब्यक्तिगत भिसामा जान रोक लगाएसँगै भिसाको धन्दामा लाग्ने ब्यक्तिहरु कम हुँदै जान थाल्यो । कतारमा पनि राजदुताबासमा नयाँ कर्मचारी आए । दुताबासमा सुधार हुन थाल्यो । समस्याहरु पनि कम हुन थाल्यो । हिजोको समयमा म्यानपावर (लेबर) सप्लाईको बिरोध गर्ने ब्यक्तिहरु नै यो पेशामा संलग्न हुन थालेपछि आज आएर गरी खाने र ठगी खानेको कृत्रिम विभेद सामाजिक अगुवाहरुबाट प्रकट हुँदैन् । तरपनि यहाँको समाजमा हामी नेपाली हौं भन्ने भावनामा लोप भएको छ । हामी यो समुदाय, यो जात, यो धर्म र यो बिचार भनेर आआफ्नोलाई चोख्याउने प्रबृत्ति बढेर गएको छ ।
    कतार तथा नेपालमा सबैतिर मनाउने चाडपर्बहरुलाई अलि जमेरै मनाउने गरिन्छ । इद, दशै, तिहार, नयाँ बर्ष अंग्रेजी, नेपाली, सबैमा नेपालीदेखि कतारका कलाकार ल्याएर कार्यक्रम गर्न संघसंस्था नै अगाडि सर्न थालेका छन् ।

    राम्रो कार्यक्रमका लागि आपसमा होडबाजी समेत हुने गर्छ । कार्यक्रम जुध्ने समेत गर्छ । यहाँ हुने समाजमा कसै कसैलाई सम्मान, भातृत्व, आदरभाब गर्ने परम्पराको अन्त्य जस्तै भएको छ । नेपालीहरु एउटै प्लेटफर्ममा बस्न नसकिने अबस्थामा छन् । सोसल मिडियाको अत्यन्त दुरुपयोग हुने गरेको छ । सामाजिक सञ्जालमा आरोप लगाउने, अस्तित्व समाप्त गर्ने, आफुलाई मात्रै राजनेता ठान्ने, आफ्नो बिचार मात्रै सर्वस्वीकार्य हो भन्नेहरुबाट सामाजिक सद्भाब खल्बलिएको अबस्था छ । यसको लागि एनआरएन (साझा सँस्था)को पहलमा सबै बैचारिक संस्थाहरु एक ठाँउमा बसेर आपसी सहकार्य गरेर अगाडि नबढ्ने हो भने र यो देशको कानुनलाई राम्रोसँग सम्मान नगर्ने हो भने आजसम्म नेपालीले पाएको इजजत, प्रतिष्ठा तथा रोजगारी समेत गुम्न सक्ने अबस्था छ । यसमा सबैको ध्यान जान आबश्यक छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.