×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पर्यटकको पर्खाइमा रारा (फोटो फिचर)

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १५ साउन, काठमाडौं । हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा ।

    तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । यो कविताले पनि रारालाई थप चर्चित बनायो ।

    समुन्द्र सतहबाट राराताल २९७२ मिटर उचाईमा रहेको छ । यहाँको शितल र शान्त वातावरणले पर्यटक मोहित हुन्छन् । गुराँस फुल्ने सिजनमा रारा रंगीन बनेको हुन्छ । यहाँबाट देखिने सेता हिमालले पनि राराको सुन्दरता अझ बढाइदिएको छ ।

    रारालाई स्वर्गको टुक्रासँग तुलना गरिन्छ । तर, पर्यटक यहाँ कमै पुग्छन् । पृथ्वीकै सुन्दर र हराभरा भएर पनि रारा सुनसान छ । प्रशस्त पर्यटकीय सम्भवना हुँदा हुँदै पनि रारा ओझेलमा परेको छ । रारा केवल तस्वीर र शब्दमा मात्र चर्चित रहेको छ ।

    Rara Lake (1)

    पर्यटकीय पूर्वाधार नभएर पनि रारा पर्यटकको रोजाईमा पर्न नसकेको हो । पर्यटकलाई यहाँ आवत-जावत गर्न र खान बस्नका लागि राम्रो सुविधा छैन । धेरै मानिसहरु चाहेर पनि रारा पुग्न सकिरहेका छैनन् ।

    रारामा कतिपय पर्यटक हेलिकप्टर लिएर पुग्छन् । कतिपय मुगु विमानस्थल हुँदै रारा पुग्छन् । केही पर्यटक ट्रेकिङ गर्दै रारासम्म पुग्ने गरेका छन् । तर, यो प्रयाप्त छैन । आवश्यक पूर्वाधार विकास गरेर रारालाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउँछन्, शुक्लाफाँटा जंगल कटेज रिसोर्टका सञ्चालक प्रमानन्द भण्डारी ।

    शुक्लाफाँटा बन्यजन्तु आरक्षमा रिसोर्ट चलाइरहेका भण्डारीले पर्यटकलाई रारासम्म पुर्‍याउन प्याकेज बनाउँदै छन् । पर्यटकलाई पहाडी जिल्ला घुमाउँदै कसरी रारा पुर्‍याउन सकिन्छ भनेर उनले हालै गाडीमा रारा पुगे । आगामी सिजनमा राराको प्याकेज बनाएर पर्यटक लैजाउने उनको तयारी छ ।

    Rara Lake (2)Rara Lake (4)Rara Lake (6)Rara Lake (7)Rara Lake (8)Rara Lake (9)Rara Lake (10)Rara Lake (11)Rara Lake (12)Rara Lake (13)Rara Lake (14)Rara Lake (15)

    तस्वीर सौजन्य: शुक्लाफाँटा जंगल कटेज रिसोर्ट

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.