×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट संसद्‌लाई पत्र

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    काठमाडौँ : अब बहुमतीय सरकार गठनका लागि प्रकिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखलाई पत्र पठाएकी छिन्।

    सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमा आइतबार सकिएपछि सोमबार मध्यान्ह राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि प्रक्रिया थाल्न पत्र पठाएकी हुन्। राष्ट्रपति कार्यलयबाट पत्र प्राप्त भएको र सभामुखले अब प्रधानमन्त्री निर्वाचनका लागि प्रकिया अघि बढाउने संसद्का प्रेस सल्लाहकार बबिन शर्माले बताए । सोमबार अपरान्ह बस्ने संसद्को बैठकमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको जानकारी दिने र आजै प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशन गर्ने तयारी संसद् सचिचालयको छ।

    संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिनेछन्। मंगलबार उम्मेदवारी दर्तालगायतका प्रकिया हुनेछन् भने बुधबार प्रधानमन्त्रीका लागि विभाजन प्रकियाबाट मतदान हुनेछ। बुधबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्नेछन्।

    व्यवस्थापिका–संसद्को बैठक सोमबार अपरान्ह तीन बजे राखिएको छ । पहिलो बैठकमा संसद्‌का पूर्वसदस्य हरीराज खेवाको शोक प्रस्ताव र दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम तय हुने छ।

    राष्ट्रपति डा यादवले साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन्। दलहरुबीच सहमतीय सरकारका लागि कुनै सार्थक सम्वाद भएको छैन। राष्ट्रपतिको आव्हानलाई सम्मान गर्न दलहरुले औपचारिकता मात्रै निर्वाह गरेका थिए।

    नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

    कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनुअघि नै ओलीले राजीनामा दिएपछि मतदान स्थगित भएको थियो।

    संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ। कांग्रेस, माओवादी, मधेसी मोर्चासहितको गठबन्धन, राप्रपा तथा अन्यसमेत गरी तीन सय पचासभन्दा बढी संख्या नयाँ समिकरणको पक्षमा देखिएको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.