×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सबैको शिर उचो पार्ने तिलाठीको देशभक्ति

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारतीय र नेपालीपक्षबीच दसगजा क्षेत्रमा तिलाठीमा भएको झडपको फाइल तस्बिर

    तिलाठी दसगजा घटना

    मोहनविक्रम सिंह

    सप्तरीको तिलाठीनजिकैको दसगजामा भारतीयहरूले तटबन्ध निर्माण गर्न खोजेको कार्यविरुद्ध त्यहाँका जनताले गरेको सशक्त प्रतिवादले मधेसका जनतामा उच्चस्तरको देशभक्तिको भावना भएको बताउँछ । त्यो संघर्षमा कैयन् नेपालीहरू घाइते भए । तैपनि उनीहरूले नेपाली भूमिको रक्षाको लागि आफ्नो संघर्ष कायम राखिरहे ।

    अन्त्यमा दुवै देशका पदाधिकारीहरू त्यो बाँधको निर्माण रोक्न सहमत भए । त्यो एउटा सामान्य घटना हो । तर त्यो सामान्य घटना होइन । त्यो घटनाले सम्पूर्ण मधेसी जनतामा भएको उच्च प्रकारको देशभक्तिको भावनाको प्रतिनिधित्व गर्दछ ।

    हामीले सधैँदेखि तराईका जनतामा उच्च प्रकारको देशभक्तिको भावना छ र उनीहरू मधेसवादीहरूको पृथकतावादी नीतिविरुद्ध छन् भन्दै आएका छौँ । मधेस र मधेसवादी सामान्य रूपले हेर्दा यी दुवै शब्दहरू एकै जस्ता देखिन्छन् । तर ती दुवै शब्दहरूको अर्थमा भारी भिन्नता छ । मधेसी शब्दले तराईका आम मधेसी जनतालाई बताउँछ । त्यसअन्तर्गत तराईका उनीहरूका सामाजिक वा राजनीतिक संघसंस्था पनि आउँछन् ।

    तर मधेसवादी भन्नाले ती मुठीभर व्यक्तिहरू आउँछन्, जसले भारतीय समर्थन वा आडमा नेपाल टुक्र्याउन, तराईलाई नेपालबाट अलग गराउन वा अन्त्यमा पूरै नेपाललाई सिक्किम बनाउन योजनाबद्ध र संगठित रूपले काम गरिरहेका छन् । तराईका मधेसी वा थारू जनता सबै प्रकारका पृथकतावादी नीतिविरुद्ध छन् ।

    अहिलेको सप्तरीको दसगजाको घटनाले त्यो कुरा बताउँछ नै । तर गत संविधानसभा चुनावमा तराईमा मधेसवादी नेताहरूविरुद्ध स्वयं तराईका जनताले व्यापक रूपमा मतदान गरेको र चुनावमा प्रमुख नेताहरूको हार भएको वास्तविकताले पनि तराईका जनता देश टुक्र्याउने कुनै पृथकतावादी नीतिविरुद्ध भएको कुरा बताउँछ ।

    मधेसवादीहरूले जुन प्रकारका पृथकतावादी उद्देश्यहरू पूरा गर्ने काम गरिरहेका छन्, त्यो कार्य उनीहरूले भारतीय विस्तारवादको निर्देशनमै गरिरहेका छन् । भारतमा ब्रिटिस शासनको अन्त्य भएदेखि नै त्यहाँ सत्तासीन नयाँ शासक वर्गहरूले नेपाललाई भारतमा मिलाउने लगातार प्रयत्न गर्दै आएका छन् ।

    त्यो रणनीतिक उद्देश्य पूरा गर्न उनीहरूले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै तरिका अपनाउँदै आएका छन् । त्यही क्रममा संविधान निर्माणपछि त्यसलाई उल्टाउने भारतीय विस्तारवादी स्वार्थ पूरा गर्ने प्रकारले त्यसमा संशोधन गर्न दबाब दिने प्रयत्न गरियो । त्यसको लागि नाकाबन्दीसमेत लगाइयो ।

    भारतको त्यो विस्तारवादी स्वार्थलाई मद्दत पुर्‌याउन नै मधेसवादीहरूले संविधानमा संशोधन वा पुनर्लेखनको कुरा उठाइरहेका छन् । भारतको त्यो उद्देश्य पूरा गर्नु भारतीय विस्तारवादले सरकारमा परिवर्तन गर्‌यो र अन्त्यमा त्यो कार्यमा उनीहरू सफल पनि भए । मधेसवादीहरूले भारतीय शासक वर्गका ती सबै नीति र कार्यहरूलाई आफ्नो समर्थन दिँदै आएका छन् ।

    अब नयाँ सरकारको गठन भएपछि पनि उनीहरूले आफ्ना माग पूरा गराउन दबाब दिँदैछन् । मधेसवादीहरूका भारतीय स्वार्थद्वारा निर्देशित मागहरूलाई सरकारले कसरी पूरा गर्नेछ ? त्यो आउने दिनमा प्रस्ट हुनेछ । तर त्यस सन्दर्भमा दुइटा कुरा प्रस्ट छन्ः प्रथम, मधेसवादीहरूमा पृथकतावादी उद्देश्यद्वारा प्रेरित मागहरूलाई सरकारले समर्थन गरे त्यो राष्ट्रघात हुनेछ ।

    दोस्रो, सरकार ती मागहरूलाई समर्थन गर्न तयार नभए उनीहरू (मधेसवादीहरू) ले सरकारलाई समर्थन गर्ने छैनन् ।

    माथिको संक्षिप्त विवरणले के बताउँछ भने मधेसवादीहरू लगातार नै भारतीय स्वार्थ पूरा गर्न नै सक्रिय रहने गरेका छन् । उनीहरूको आन्दोलनको त्यही प्रधान पक्ष हो । उनीहरूले तराईका सबै मधेसवादी वा थारूहरूलाई पनि त्यही उद्देश्य पूरा गर्न परिचालित गर्न चाहन्छन् ।

    त्यस प्रकारको पृष्ठभूमिमा सप्तरीका मधेसी जनता नेपालको जमिन वा सीमा अतिक्रमण गर्ने भारतीय प्रयत्नविरुद्ध संघर्षमा उत्रे, त्यो एउटा स्थानीय स्तरको कारबाही भए पनि त्यसले ठूलो राष्ट्रिय महत्त्व राख्छ । त्यसको महत्त्व यो कुरामा मात्र छैन कि उनीहरू नेपालको भूमिको रक्षाका लागि मात्र अगाडि सरेनन् ।

    उनीहरूको त्यो कार्य मधेसवादीहरूको भारतीय विस्तारवादको सेवा गर्ने नीतिको पनि विरोध हो । त्यहाँको संघर्षले बताउँछ, मधेसी जनतामा जुन उच्चस्तरको देशभक्तिको भावना छ, त्यसलाई कुनै प्रकारको भ्रम वा दबाबले सधैँको लागि रोकेर राख्न सक्दैन । जब-जब पनि नेपालको भूमिमाथि कुनै पनि प्रकारको खतरा अगाडि आउनेछ, उनीहरू त्यसविरुद्धको संघर्षमा सधैँ अगाडि आउनेछन् भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।

    सम्पूर्ण नेपाली जनताको त्यस प्रकारको देशभक्तिको भावना र ऐक्यबद्धताका आधारमा नै नेपाल आफ्नो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ सफल हुनेछ भन्नेमा पनि हामीलाई पूर्ण विश्वास छ ।

    मधेसवादी संगठनहरूको उच्च नेतृत्वले भारतपरस्त नीति अपनाए पनि उनीहरूका आम कार्यकर्ता नेपालको भूमिमा विदेशीको कुनै पनि हस्तक्षेप सहन तयार छैनन् । सप्तरीमा मधेसीहरूको त्यस प्रकारको देशभक्तिपूर्ण संघर्षले सम्पूर्ण नेपालीको शिर र प्रतिष्ठा माथि उठाएको छ ।

    भारतीय पक्षले त्यहाँ खाडो खोलाको बहाब थुन्ने गरी तटबन्ध बनाउन थालेपछि त्यहाँका नेपालीहरूले त्यसको विरोध गरेका थिए । त्यो तटबन्ध बनाउन थालेको ठाउँ नेपालको सीमाभन्दा उत्तरतिर पर्दछ । नेपालको सीमा मिचेर भारतीय पक्षले त्यहाँ तटबन्ध बनाउन थालेपछि नेपालीहरूले त्यो तटबन्ध भत्काउन थाले । त्यसपछि भारतीयहरूले ठूलो संख्यामा आएर नेपालीहरूमाथि कुटपिट गरे ।

    जसबाट कैयन् नेपाली गम्भीर घाइते भएका छन् । भारतीय पक्षले त्यसरी नेपालको सीमामा तटबन्ध बनाउन थालेपछि नेपालीहरूले ‘कुनै पनि हालतमा नेपाली भूमि मिच्न दिँदैनौँ, दसगजामा नदीको बहाब थुन्ने गरी कुनै पनि हालतमा तटबन्ध बनाउन दिँदैनौँ’ भन्ने नारासहित संघर्षमा उत्रे ।

    त्यहाँ प्रदर्शन गरिरहेका नेपालीहरूका कैयन् अगुवाहरूले ‘भारतीयलाई नेपाली अस्मितामाथि प्रहार गर्न दिँदैनौँ, मातृभूमिको माटो लैजान दिँदैनौँ’ जस्ता उद्गारसहित नेपालको भूमिको रक्षाको लागि संघर्षमा उत्रेका थिए । भारतीयहरूले नेपालीहरूमाथि आक्रमण गरेपछि त्यो स्थान एक प्रकारले रणभूमिमा परिणत भएको थियो ।

    तर त्यस प्रकारको अवस्थामा पनि नेपालीहरू पछाडि हटेनन् र उनीहरूले नेपालको अस्मिता रक्षाको लागि संघर्ष गरिरहे । यहाँ उल्लेखनीय के छ भने त्यस प्रकारको संघर्षमा कतिपय पूर्व जिविसका पदाधिकारी वा स्वयं मधेसवादी संगठनहरूका कतिपय नेताहरू पनि सामेल थिए ।

    त्यसले बताउँछ, मधेसवादी संगठनहरूको उच्च नेतृत्वले भारतपरस्त नीति अपनाए पनि उनीहरूका आम कार्यकर्ता नेपालको भूमिमा विदेशीहरूको कुनै पनि हस्तक्षेप सहन तयार छैनन् । सप्तरीमा मधेसीहरूको त्यस प्रकारको देशभक्तिपूर्ण संघर्षले सम्पूर्ण नेपालीहरूको शिर र प्रतिष्ठा माथि उठाएको छ ।

    प्रश्न खालि भारतीय पक्षद्वारा नेपालमाथि हस्तक्षेपको मात्र होइन, स्वयं नेपालका कतिपय राजनीतिक शक्ति वा नेताहरूले पनि आफ्ना क्षूद्र महत्त्वाकांक्षा पूरा गर्न भारतीय विस्तारवादका नेपालप्रतिका विभिन्न प्रकारका हस्तक्षेपकारी नीतिहरूलाई साथ दिने नीति अपनाउँदै आएका छन् ।

    कहाँसम्म भने नेपालका जनताको राष्ट्रिय स्वाधीनताका पक्षको संघर्षलाई कमजोर पार्न नेपालको राष्ट्रियतालाई कथित राष्ट्रवाद वा सामन्ती राष्ट्रवाद भनेर अवमूल्यन गर्ने वा नेपाललाई बहुराष्ट्रिय देशको रूपमा समेत व्याख्या गर्ने गरेका छन् । त्यस प्रकारको व्याख्या नेपालको राष्ट्रियता वा त्यसको लागि चल्ने आन्दोलनको नीतिगत रूपमा नै कमजोर पार्ने प्रयत्न हो ।

    वास्तवमा नेपाल देशका विभिन्न जात, जाति, धर्म, संस्कृति, भाषा आदि मिलेर बनेको एउटा राष्ट्र हो । अहिलेको संविधानले समेत त्यो कुरा स्वीकार गरेको छ । नेपालको राष्ट्रियतालाई गलत प्रकारले व्याख्या गर्ने त्यस प्रकारका सोचाइहरूले नेपालको राष्ट्रसम्बन्धी त्यस प्रकारको व्याख्यामाथि नै प्रहार गर्दछ ।

    नेपालमा विभिन्न जनसमूह वा वर्गहरूका बीचमा कैयन् प्रकारका भेदभाव छन् । उनीहरूमाथि कैयन् प्रकारका शोषण, उत्पीडनहरू हुने गर्छन् । ती सबैविरुद्ध संघर्ष गरेरै नेपालको राष्ट्रिय एकता वा राष्ट्रियता मजबुत हुन सक्छ । तर आन्तरिक रूपमा चल्ने त्यस प्रकारका भेदभावहरूका कारणले सिंगो देशको राष्ट्रियता कमजोर पार्ने वा त्यसलाई विखण्डित गर्ने प्रयत्नहरूविरुद्ध हामीले दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्नुपर्छ ।

    त्यसरी नै हामी नेपालको राष्ट्रियताको रक्षा गर्न सफल हुनेछौँ । आज संसारका साम्राज्यवादी शक्तिहरू वा भारतीय विस्तारवादले नेपालमा जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थिति सिर्जना गर्न जसरी प्रयत्न गरिरहेका छन्, त्यस प्रकारको पृष्ठभूमिमा सम्पूर्ण नेपालीहरूको देशभक्तिपूर्ण भावना र ऐक्यबद्धता निर्णयात्मक महत्त्वको आवश्यकता बन्न गएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.