×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘भारतीय दबाबमा’ ग्यास बुलेट खरिद प्रक्रिया रोकियो

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल फोटो

    राजेश बर्मा

    काठमाडौं: भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लगाएको छ । साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लगाएको हो ।

    मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालनसम्बन्धी विनियमावली नभएको ‘कारण’ देखाउँदै खरिद प्रक्रियामा रोक लगाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बहानामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको हो ।

    भारतीय ढुवानी व्यवसायी संघका अध्यक्ष सतिश शर्माको नेतृत्वमा भारतबाट आएका बुलेट व्यवसायी रमेश बाद्रालगायतका व्यवसायीको दबाबमा मन्त्रालयका जिम्मेवार अधिकारीले नेपाली नम्बर प्लेटको बुलेट खरिद प्रक्रियामा रोक लगाएका हुन् । अध्यक्ष शर्मा करिब १० दिनदेखि राजधानीको सोल्टी होटेलमा बस्दै आएका छन् ।

    निगमबाट ६ सय नेपाली नम्बरको बुलेट खरिद गर्न ग्यास उद्योगीले अनुमतिपत्र पाएका थिए ।

    भारतका सातवटा ढुवानी व्यवसायी (ट्रान्सपोर्टर) का सात सय बुलेट भाडामा लिएर नेपालका उद्योगीले भारतको चारवटा रिफायनरी केन्द्र करनाल, मथुरा, हल्दिया र बरौनीबाट ग्यास आयात गर्दै आएका छन् । यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक दुई अर्ब ७५ करोड रुपैयाँ भुक्तानी लिँदै आएका छन् । भारतीय बुलेट व्यवसायी रमेश बाद्राले मात्रै नेपालमा दुई सय २० वटा बुलेटबाट ग्यास निर्यात गर्दै आएका छन् भने अध्यक्ष शर्माका करिब २२ वटा बुलेट प्रयोगमा छन् ।

    ‘नेपाली नम्बर प्लेटको बुलेट आउँदा भारतीयले पाउँदै आएको वार्षिक ढुवानीबापतको खर्च गुम्ने भएपछि उनीहरूले मन्त्रालयका उच्च अधिकारीलाई प्रभावमा पारेर खरिद प्रक्रियामा रोक लगाएका हुन्,’ स्रोतले भन्यो । नेपाली नम्बर प्लेटको बुलेट खरिद भएर प्रयोगमा आएपछि भारतीय ढुवानी संघले ढुवानीबापत प्राप्त गर्दै आएको ठूलो रकम गुम्ने अवस्था देखेपछि मन्त्रालयका उच्च अधिकारीलाई नै प्रभावमा पारेर खरिद प्रक्रियामा रोक लगाउन सफल भएको छ ।

    निगमबाट सात सय ७५ मध्ये ६ सयको संख्यामा नेपाली नम्बरको बुलेट खरिद गर्न भनेर ग्यास उद्योगीले अनुमतिपत्र पाएका थिए । निगमले १२ देखि १८ मेट्रिक टन क्षमताको ग्यास ढुवानी गर्ने नेपाली नम्बरको बुलेट राख्न स्वीकृति दिएको उल्लेख थियो । निगमले २०७२ असोज ५ गते स्वदेशी बुलेट राख्ने निर्णय गरेको थियो । निगमले गत असोज ८ गते बुलेट खरिदसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

    नाकाबन्दीका समयमा इन्डियन आयल निगम (आईओसी) ले थोरै परिमाणमा ग्यासको बुलेट नेपाल पठाउँदै आएको थियो । उक्त बुलेट पनि सात दिनभन्दा बढी समयसम्म बाटोमै अवरुद्ध भएपछि नेपालमा ग्यास हाहाकार भएको थियो ।

    व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा नेपाल आयल निगम, उद्योगी र मन्त्रालयबीचको पटकपटकको छलफलपछि आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले स्वदेशी उद्योगलाई नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्न भनेर बाटो खुला गरेको जानकारी गराएका थिए । मन्त्रालयले बाटो खुलाएको केही दिनमै बुलेट खरिद प्रक्रिया रोकेको हो ।

    तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नेपाली बुलेट खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए । संसद्को उपभोक्ता हित सम्बन्ध समितिले पनि पटकपटक नेपाली बुलेट खरिद गर्न निर्देशन दिएको थियो । सोहीअनुसार निगमले २०७२ असोज ५ गते स्वदेशी बुलेट किन्ने निर्णय गरेको थियो ।

    मन्त्रालयका सचिव सापकोटाले भने भारतीय ढुवानी व्यवसायीको दबाबमा खरिद प्रक्रिया रद्द नभएको दाबी गरे । मन्त्री दीपक बोहोराको आदेश र निर्णयमा खरिद प्रक्रिया रद्द गरेको जानकारी गराउँदै उनले भने, ‘मन्त्रालयका कुनै अधिकारीलाई भारतीय व्यवसायीले दबाब दिएको छैन तर मन्त्रीज्यूको आदेश र निर्णयअनुसार मैले खरिद प्रक्रिया रद्द गरेको हुँ ।’

    सापकोटाले बुलेट सञ्चालनसम्बन्धी विनियमावली नभएकाले खरिद प्रक्रिया तत्कालका लागि रोकिएको जानकारी दिए ।
    उनका अनुसार खरिद भएर आउने बुलेटको सञ्चालन, ढुवानी भाडा खर्च, नियमनलगायतका विषयमा विनियमावली बनाएर खरिद प्रक्रिया अघि बढाइनेछ ।

    सापकोटाले निगमका सञ्चालक समितिको सदस्य तथा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा तीन सदस्यीय बुलेट खरिद र सञ्चालनसम्बन्धी विनियमावली बनाउने काम सुरु भएको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.