×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गजुरीको गलौंदीमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पहिरोले बिजुलीको पोल ढालेपछि ३ जिल्लाका एक दर्जन गाविसमा विद्युत र टेलिफोन पनि अवरुद्ध

    – हरिहरसिंह राठौर, गलौंदी(धादिङ)

    श्रावण १७, २०७३- आईतबार रातभर परेको अविरल वर्षातसँगै गएको पहिरोले गजुरीको गलौंदीमा ११ हजार केभिए विद्युत प्रशाारण लाईनको पोल ढाले पछि पृथ्वीराजमार्ग वरपरका ३ जिल्लाका एक दर्जन गाविसहरुमा विद्युत अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण राजमार्ग पनि केही घन्टा अवरुद्ध भएको थियो ।

    पहिरोसँगै बगाएको रुखले मुख्यप्रशारण लाईन, अप्टिकल फाईबर, स्थानीय केबुल प्रशारणको तार र टेलिफोन लाईन सबैमा क्षती गरेको छ । विद्युत प्रशारण लाईन बिहान ७ बजे राजमार्गमै ढले पछि २ घण्टा सवारी साधन अवरुद्ध भएको थियो ।

    ‘उक्त विद्युत खम्वा ढलेपछि धादिङका गजुरी, सलाङ्ग, कुम्पुर, मलेखु, बेनीघाट, चरौंदी, विशालटार, मझिमटार, जोगीमारा, गोरखाको घ्याल्चोक गाविसहरुमा विद्युत प्रशारण बन्द भएको छ । यस्तै गजुरी र मलेखु बजारको टेलिफोन लाईन अवरुद्ध भएको गजुरीस्थित नेपाल विद्युत प्राधिकरणका रामललित यादवले बताए ।

    धादिङमै पींडा–२, जहरेखेतमा ग्रामिण सडकबाट आएको हिलो र लेदोले बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध गरेको हो । ‘विहान भएका २ घटनाले राजमार्ग ५ घण्टा अवरुद्ध भएको थियो,’ गजुरी स्थित जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक मुरारी मिश्र बताए ।

    उक्त स्थानमा यो दोश्रो पटक पहिरो गएको हो । पृथ्वीराजमार्गबाट दक्षिणभेगका १३ गाविसहरुमा जोड्ने २ दर्जन ग्रामिण सडक निर्माण गर्दा वर्षातको भेलले रातोमाटो र लेदो तथा बालुवाले राजमार्ग नै ढाक्ने गरेको छ ।

    ‘पहिरो ३० मिटर जति छ, गजुरीको सडक डिभिजन कार्यालयबाट डोजरहरु मगाएर पहिरोको अवरोध हटाई राजमार्ग पूर्णरुपमा सुचारु गर्ने प्रयत्न गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि प्रसाद पौडैलले भने ।

    ‘राजमार्गको ढल पुरेर ग्रामिण सडकको लेदो र भलपानी राजमार्गमै पुग्ने गरि सडक निर्माण गर्नु मापदण्ड विपरित हो,’ गजुरीस्थित सडक डिविजन कार्यालयका साईट ईन्जिनियर मधुसुधन सांखीले भने, ‘सोही कारणले पहिरो जानुका साथै सडक अवरुद्ध भएको हो ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.