×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मृत्यु छल्दै जोखिम यात्रा (फोटो फिचर)

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पहिरो पार गर्दै स्थानीयवासी

    शब्द/तस्बिरः दीपक अधिकारी

    ताघ्रिङ: मनाङ घुम्नका लागि काठमाडौंदेखि आएका बिनोद गुरुङ लमजुङ सदरमुकाम बेसीशहरदेखि जिपमा चढेर आए । ६ जनाको समूहमा आएको उनको टोली ताघ्रिङ–९ को घोप्टेभीरमा आएपछि लामो समय रोकियो । निरन्तर पहिरो गएपछि उनको समूहबीच बाटोमै बस्न बाध्य बन्यो । झण्डै तीन घण्टापछि पहिरोछल्दै यात्रा गर्दा उनीहरु. निकै डराईरहेका देखिन्थे ।

    ताघ्रिङको पर्यटकीय गाउँ छापाबाट बेसीशहर फर्कदै गरेको आन्तरिक पर्यटकको टोलीपनि पहिरोले गर्दा घोप्टेभीरमै रोकियो । ‘ ज्याननै हत्केलामा राखेर कसरी यात्रा गर्नु, पर्यटन ब्यवसायी समेत रहेका कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले भने, ‘विश्वकै ‘एडभेन्चरीयस’ यो क्षेत्रमा सडकसँगै केही जोखिम थपिए पनि सडक विभाग लगायतका निकायले ती जोखिमको पहिचान गरेर जोखिम न्युनीकरण गर्नुपर्ने बताए ।’ छापागाउँबाट फर्किएको दुई घण्टापछि यो समूह पनि जोखिम मोलेरै घोप्टेभीरहेको पहिरो कटेको थियो ।

    पहिरोमा कोही जोखिम मोलेरै पार गरे । पहिरोबाट कट्न नसकेपछि शहर झर्न खोजेका केही गाउँले भने गाउँ तर्फनै फर्किए । पहिरो रोकिएला र कटौंला भनेर केही यात्रु भने कुरीरहे ।

    विश्वकै चर्चित अन्नपूर्ण पदयात्रामा आउने पर्यटक पनि त्यही नियती भोग्दै यात्रा गरिरहेका छन् । लमजुङ र मनाङको सिमानामा पर्ने म्यार्दीखोलामा बाढीले पुल बगाएपछि बेसीशहर देखि म्यार्दीखोला सम्म चल्ने जीपहरुको पनि लर्को उस्तै छ । तर, माथीबाट झरीरहेका  भीमकाय ढुङ्गाहरुले यात्रुहरु डराईरहेका छन् ।

    सुस्त सुस्त झरीरहेको पहिरो छिनमै रोकिन्छ, छिनमै आवाज निकाल्दै ठुला ठुला ढुङ्गा झरीरहन्छ । तर, ज्यानै हत्केलामा राखेर त्यहीं जोखिमपूर्ण यात्रा गरीरहेका छन्, स्थानीयवासी र पर्यटक ।

    ग १ ज ६००२ नम्बरको जीप चलाउने राजीव भण्डारीले यो रुटमा पहिरो छल्दै सवारी चलाएको बर्षौ बित्यो । ‘यो रुटमा चलाउँदा कहिले पहिरो आएर पुर्छु कहिले ढुङ्गाले लाग्छ ठेगाननै हुँदैन, उनले भने , ‘जोखिम मोलेरै भएपनि यात्रा गर्नुको बिकल्प छैन् ।’

    उनले यसरी अनुभव सुनाइरहँदा गुडीरहेको ग १ ज ५८१४ जिप पहिरोमै अड्कीरहेको थियो  । माथीबाट एक्कासी पहिरो खस्दा जीप कुच्चिनुका साथै सीसा फुटेको छ । माथीबाट लगातार ढुङ्गाखसेपछि यात्रा गर्ने बृद्ध, महिला र बालबालिकाले निकै सास्ती खेपिरहेका छन् । सामान बोकेरै पहिरो छल्नका दौडीरहेको स्थानीयवासीको पीडा झनै कहालीलाग्दो छ ।

    म्यार्दीखोलामा जान हिंडेको सडक विभागको टोली पनि पहिरोमा थुनिएपछि झण्डै आठ घण्टापछि डोजरले पहिरो त पन्छाएको छ तर  माथीबाट ढुङ्गाखस्ने क्रम रोकिएको छैन् । सडक निर्माणका बेला पहरा काटिएपछि घोप्टेगाउँ भन्दा तलको बलौटे फाँट पुरै धाँजा फाटेपछि घोप्टेभीरहुँदै गर्नुपर्ने यात्रामा जोखिम कायमै छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.