×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सँगै हिँडौं डा. केसीसँग शनिबार

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘म निको भइसकेको छु, भ्रष्टाचारविरुद्ध शनिबार सडकमा निस्कँदैछु’

    चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग माग गर्दै भर्खरै १६ दिन अनसन बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले शनिबार भ्रष्टाचारविरूद्ध पैदलयात्रा गर्ने भएका छन्।
    ‘सोलिडारिटी फर गोविन्द केसी अलाइन्स’ले संयोजन गर्ने उक्त कार्यक्रममा केसी पैदल हिँड्ने भएका हुन्। शनिबार माइतीघरबाट नयाँ बानेश्वरसम्म केसीसँगै भ्रष्टाचारविरोधी अभियन्ताहरू सडकमा निस्किने कार्यक्रम तय भएको हो।
    अनसन तोडिँदा हालै भएका सम्झौता कार्यान्वयन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीमाथि महाअभियोग कार्यक्रमको प्रमुख माग रहेको केसीका सहयोगी जीवन क्षेत्रीले बताए।
    अनसन तोडेपश्चात केसी अहिले वार्डमा उपचाररत् छन्। ‘म निको भइसकेको छु, शनिबारको कार्यक्रमबारे साथीहरूले जानकारी दिइसक्नुभएको छ, म भ्रष्टाचारविरूद्ध सडकमा निस्किँदैछु,’ केसीले सेतोपाटीसँग भने।
    केसीसहित निस्किने पैदल जुलुस संसद भवन अगाडि गएर समापन हुने बताइएको छ। त्यहाँ अख्तियार प्रमुख कार्कीलाई ‘किन महाअभियोग?’ भन्नेबारे सबै कागजात तयार पारेर सके संसदमै बुझाउने नभए संसद भवनको गेटमा राखिदिने कार्यक्रम छ।
    चिकित्सा क्षेत्रको बेथितिमा अख्तियार प्रमुख जोडिए पनि उनको संलग्नतामाथि गम्भीर छानबिन नहुने देखिएपछि अलाइन्सले दबाबमूलक कार्यक्रम गर्न लागेको क्षेत्रीले बताए।
    ‘सुशासन समितिको बैठक बस्यो, छलफल गर्यो तर काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेपबाहेक लोकमान संलग्न अन्य प्रकरणमा विषय प्रवेश भएन,’ उनले भने, ‘त्यसका लागि दबाब आवश्यक देखिएकाले कार्यक्रम गर्न लागेका हौं।’
    सुशासन समितिले अख्तियारलाई डाकेर छलफल गरेको थियो। छानबिन उपसमिति गठन गरेको थियो। उपसमितिले पनि विश्वविद्यालयको परीक्षा हस्तक्षेपमात्र छानबिन गर्ने म्यान्डेट पाएको छ। ‘उपसमितिमा पनि अख्तियारको बचाउ गर्ने मान्छेलाई संयोजक बनाइएको छ,’ क्षेत्रीले भने।
    केसीको आन्दोलन अन्त्य गराउन विगतदेखि नै सम्झौता हुने तर कार्यान्वयनमा जानुको सट्टा सरकारले उल्लंघन गर्ने गरेका कारण पनि दबाब आवश्यक रहेको उनले बताए।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.