×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

ओलीलाई सात दिनभित्र बालुवाटार छाड्न सिस्नुपानीको चेतावनी !

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘राष्ट्रियता नबेच्ने, नझुकाउने टाउकोः धन्नै जन्मिएछौ छोरो बाउको’

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हास्य व्यंग्य कलाकारहरुको रोजिरोटी संकटमा पारेको गुनासो गर्दै आएका सिस्नोपानी नेपालको टोलीले ओलीलाई सात दिनभित्र बालुवाटार छाड्न व्यंग्यात्मक अल्टिमेटम दिएको छ ।

    ओलीलाई भेट्न बालुवाटार पुगेका सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, वरिष्ठ हास्य व्यंग्य अभियन्ता मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य सहितको टोलीसँग ओलीले आधा घण्टा केही हास्यरस र केही गाम्भीर्य खोले ।

    हास्य कलाकार त्यसमा पनि सिस्नोपानी नेपालको सधैं निशानामा पर्ने गरेका ओली हास्य कलाकारका प्रिय नेता हुन् । यसपटक प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वाभिमान उँचो राखेर सबै जनताको नेता बनेकाले उनलाई व्यंग्यात्मक बधाइदिन बालुवाटार गएको गजुरेलले बताए ।

    त्यो भेटमा सिस्नुपानीका ब्रिगेड कमाण्डर टंकराज आचार्यले ओलीलाई व्यंग्य कविताको झटारो हान्दै उचाले–

    ‘जाबो राष्ट्रियता नबेच्ने, बदनामी नकमाउने, नझुकाउने टाउकोः

    धन्नै जन्मिएको रहेछौं छोरो, केपी ओलीका बाउको ।’

    आचार्यको यो कवितामा जवाफ ओलीले फर्काइहाले-

    ‘देशले रगत मागे मलाई बलि चढाउनू, रुँदिनन् मेरी आमा हुन् कुमाइकी छोरी ।’

    प्रधानमन्त्रीलार्इ बुझाइएको सिस्नुपानीको व्यंग्यात्मक अल्टिमेटममा भनिएको छ-

    विदेशी प्रभुका अगाडि लम्पसार पनि नपर्ने,

    मित्रराष्ट्रको एउटा पनि माग पूरा नगर्ने,

    भित्रराष्ट्र बाहेक कुरै नगर्ने,

    ठाड्ठाडै बोल्ने,

    मनको कुरो सप्पै खोल्ने,

    कुर्सी जाँदा पनि मुसुक्क हाँस्ने,

    धम्की खाँदा पनि निर्धक्क बाँच्ने,

    बालुवाटारमा बसेर पनि पालुवा बहारको सपना बाँड्ने

    तपाई केपी शर्मा ओलीलाई प्रधानमन्त्री क्वाटर छाड्न सात दिनको अल्टिमेटम दिइन्छ ।

    प्रधानमन्त्री निवास छाड्ने बेला त्यहाँका सरकारी सामान र नगद तथा जिन्सी लिएर हिँड्ने गरेका समाचार पढिरहेकाहरुले यसपटक त्यस्तो सुन्न नपरोस् भनेर आफूहरु बालुवाटार गएको गजुरेलले बताए । प्रधानमन्त्रीसँग धेरैबेर कुरा गरेर आफ्ना  कुराहरू राख्न नपाइएको भन्दै ज्ञापनपत्रको पूर्ण पाठ उनले आफ्नो गजुरियल डटकममा राखेको बताएका छन् ।

    आफूहरु प्रधानमन्त्रीलार्इ धन्यवाद एवं बधाइ दिन र खबरदारी गर्न बालुवाटार गएको गजुरेलको भनाइ छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.