×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एयर होस्टेसले बिर्को खोलेको बियर ल्याउँदा……

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरज कुँवर

    श्रावण १३, २०७३- दिल्लीबाट काठमाडौंकालागि उडेको नेपाल वायु सेवा निगमको विमानमा एउटा बिर्को खोलिएको बियरको विषयमा भएको बादविवादले एक जना यात्रुलाई प्रहरी हिरासतमा पुर्‍याइदिएको छ ।

    उच्च स्रोतका अनुसार, जहाज नेपालको सिमानामा प्रवेश गरिसकेको थियो । भारतीय नागरिक बिनय मिश्रले तेस्रोपटक मदिरा मागे । परिचारिका निलिमा शाहीले बिर्को खुला गरिएको वियर बोकेर मिश्रको सिटमा पुगिन ।

    ढक्कन खुला भएको क्यान बियर देखेपछि लखनऊ निवासी मिश्रले ‘अर्कोको जुठो बियर दिने’ भन्दै आपत्ती जनाए । यो विषयमा उनीहरुबीच केहीबेर बादविवाद चल्यो । आवेशमा देखीएका मिश्रले ‘यस्तो बियर खान्न भन्दै हातले पन्छ्याउदा वियर परिचारिका शाहीको शरिरमा पोखियो । यही विषयलाई लिई शाहीले जहाज उडाइरहेका चालकदललाई ककपिटमा जानकारी गराइन ।

    ककपिटमा जहाज उडाउनेमा थिए वरिष्ठ क्याप्टेन वाईके भट्टराई र एनबी विश्वकर्मा । चालकदलले परिचारिकालाई र्दुव्यवहार र हातपात गरेको विषय एयर ट्राफिक मार्फत काठमाडौंस्थित त्रिभुवन नागरिक उडड्यन प्राधिकरणलाई गरायो । बुधबार बेलुकी साढे नौ बजे काठमाडौंमा अवतरण गरेको निगमको उक्त बोइङ्गबाट यात्रु मिश्रलाई प्रहरीले गिराफ्तार गर्‍यो ।

    लखनऊमा एक्सेल करियर एकेडेमी नामको शैशिक संस्था चलाइरहेका मिश्र हाल गौंशालास्थित प्रहरी वृत्तको हिरासतमा छन् । वृत्तको मुद्दा शाखाका अनुसार, उनलाई सार्वजनिक अपराधको अभियोगमा राखिएको छ । बिहीबार काठमाडौं प्रशासनले छानविनकालागि तीन दिनको म्याद पनि दिइसकेको प्रहरी निरीक्षक पृथ्वी ओलीले बताए ।

    प्रहरीले यो घटनाबारे लैनचोरस्थित भारतीय दुतावासलाई पनि लिखित जानकारी गराउने छ । हिरासतमा रहेका यात्रु मिश्रले आफुले परिचारिका शाहीलाई हातपात नगरेको खुल्ला वियर नपिउने भन्दै असहमति जनाउँदा हात लागेर वियर पोखिएको जिकिर गरेका छन् ।

    उता परिचारिका शाहीले आफूलाई सार्वजनिक स्थानमा दुव्र्यवहार गरी हातपात गरेको लिखित जाहेरी दिएकी छन् । प्रहरीका अनुसार, यो मुद्दाको छिनोफानो काठमाडौं प्रशासनले लगाउने छ ।

    परिचारिकाले जाहेरीमा लेखेको आरोप प्रमाणित भए मिश्रले केही दिन हिरासतमा बस्नुपर्छ भने परिचारिकाले दाबी गरेको क्षतीपूर्ती भर्नुपर्छ । अन्य मुलुकमा विमानमा उडान सुरक्षालाई असर पर्ने गतिविधि गरेमा कडा कानुनी प्रावधान छन् ।

    यस्तो कानुन हुनेमा हङकङ पनि एउटा मुलुक हो । यदी कुनै यात्रुले जहाजमा चुरोट सेवन गर्‍यो वा मदिरा खाई कसैलाई अपमान वा हातपात गरे त्यहाँ कडा सजाय छ । यदी यस्तो क्रियाकलाप गर्ने यात्रुबारे सम्वन्धित एयरलाइन्सले जानकारी लुकाए त्यस्तो विमानको चालकको उडान अनुमतिपत्र नै खारेज गरिदिन्छ । नेपाली आकासभित्र उडिरहेको विमानमा हुने अपराधिक गतिविधिबारे यहाँ कडा कानुन छैन । त्यसैले प्रहरीले मिश्रलाई सार्वजनिक अपराधको मुद्दामा हिरासतमा राखेको छ । निगमको विमानमा यस्तो गतिविधि भएपछि चालकहरुले निगम व्यवस्थापनलाई यस्ता अपराधबारे कानुन बनाउनकालागि पुनः विहीबार सचेत गराएको एक वरिष्ठ पाइलटले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.