×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अख्तियार प्रमुख संविधानभन्दा माथि बसेर काम गरिरहेका छन् : डा. केसी

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण ११, २०७३- १६ दिन लामो आठौं आमरण अनशनलाई सोमबार दिउँसो तोडेपछि डा.गोविन्द केसी हाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनी अझै एक साताभन्दा बढी समयसम्म अस्पतालमै चिकित्सकीय निगरानीमा बस्नुपर्छ । डा. केसीसँग सोमबार साँझ कान्तिपुरका अतुल मिश्रले गरेको संक्षिप्त कुराकानी :

    यस पटकको अनशनको उपलब्धि के भयो ?
    यो अनशनमा राजनीतिक नेतृत्व पक्षको निरीहता, निकम्मापन र गैरजिम्मेवारिता टड्कारो रूपमा देखियो र पहिचान भयो । अर्को कुरा के देखियो भने अख्तियार प्रमुख लोकमानसिंह कार्की संविधानभन्दा माथि बसेर काम गरिरहेका छन् । आतंक पनि फैलाइरहेका छन् । राजनीतिक नेतृत्व पनि उनी अगाडि निरीह छ । उनीहरूको अगाडि पनि आतंक फैलाइएको छ । लोकतन्त्रको रक्षाका लागि लड्नुपर्ने नेताहरू अख्तियारबाट डराएर उनीहरूको चाकडीतिर लागेका छन् । आफूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्न सकिरहेका छैनन् । दोस्रो कुरा यो अनशनमा जनताको ‘रिस्पोन्स’ एकदमै ‘म्यासिभ’ थियो ।

    यसले के बुझाउँछ भने आम नेपाली संवेदनशील र जिम्मेवार छन् । उनीहरू नेपालको राजनीतिक प्रक्रिया हेरेर सचेतसमेत छन् । के भइरहेको छ, कसो भइरहेको छ आदि बारे उनीहरू जानकार छन् । सँगसँगै बेथिति, विकृति र विसंगति कहाँबाट भइरहेको छ, के भइरहेको छ भन्ने आम नेपालीलाई थाहा छ । युवापुस्ता, वयस्क, बूढापाका, कर्मचारीलगायत सबै क्षेत्रबाट काठमाडौंमा मात्र नभएर देशभर सत्याग्रहमा जुन सहभागिता देखियो, यसले मुलुकमा भएको अराजकता, गैरजिम्मेवारपन र बेथितिको आयु लामो नरहेको देखाउँछ । युवापुस्ता जिम्मेवार नागरिकका रूपमा कार्यरत छन् । बेथिति, विसंगति र विकृतिहरू भए पनि सचेत युवापुस्ताका कारण समृद्घ नेपालको सपना देख्न सकिन्छ ।

    प्रस्तावित मनमोहन कलेज किन्ने निर्णय सही हो ?
    हामी कुनै संस्था, व्यक्ति, दल, नेताविरुद्ध लडेको होइन । मुलुकमा थिति बसाल्नलाई कसैलाई काखा, कसैलाई पाखा नबसाल्ने नीति बनोस् भनेर लडेको हो । गुणस्तरीय चिकित्सा शिक्षाका लागि लडेको हो । यो शिक्षा दिने संस्थाको देशभरि न्यायोचित, सन्तुलित वितरण होस् । सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा पाउन सकुन् भनेर लडेको हो । त्यस कारणले मनमोहनमात्र हैन यहाँ काठमाडौंमा मेडिकल कलेज खोल्न १२/१३ संस्था लाइनमा छन् । अब काठमाडौंमा हैन बाहिर मेडिकल कलेज खोल्नुपर्छ । मेडिकल कलेज नभएको ठाउँमा अब नयाँ कलेज हुनुपर्‍यो । हामी सम्झौता कार्यान्वयन गर्न कुनै पनि हदसम्म जान सक्छौं । तीन करोड नेपालीको हित यसैमा छ ।

    कलेज किन्ने निर्णयले सरकारलाई अप्ठ्यारो हुन्न ?
    सरकारले किने के अप्ठ्यारो होला र ? न्याम्स ठाउँ नपाएर बसेको छ । स्व. नेता मनमोहन अधिकारीको नाउँ यदि सार्थक बनाउने हो भने उनको नाम बिक्री गरेर मुनाफा कमाउने होइन । किनिसकेपछि उहाँहरूले जहाँ आवश्यकता छ, त्यहाँ जान सक्नु हुन्छ नि । त्यहाँ खोल्नुभयो भने त्यहाँको मान्छे गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी पाउँछन् । त्यो ठाउँको समग्र विकास हुन्छ, मनमोहनजीको नाउँ सार्थक हुन्छ । उहाँ जीवनभर आम नेपालीका लागि लड्नुभयो । दुर्गममा खोले जनताले सेवा पाउँथे । मनमोहनजी कुनै व्यक्ति, गुट पार्टीको नभएर उहाँ राजनेता हो । हामी सबैको आदर्श पुरुष हो । उहाँको नाममा मुनाफा कमाउन खोज्नु उहाँको अपमान हो । हामीले पनि यो हुन दिनु हँुदैन, कसैले पनि यस्तो गर्न दिनु हुँदैन ।

    तपाईंको एउटा मुख्य माग अख्तियार प्रमुखलाई महाअभियोग लगाउने भन्ने त सम्बोधन भएन नि ?
    हामीले भनेका थियौं, महाअभियोगको प्रक्रिया अघि बढाइयोस् । हामीले हाम्रोतर्फबाट नागरिकको दायित्व निभायौं । जनताले दायित्व निभाए । अख्तियार दुरुपयोगमा महालिप्त लोकमानसिंह कार्कीलाई कारबाही गर्नुपर्छ, महाअभियोग लगाउनुपर्छ भनेर हामीले भन्यौं । तर त्योचाहिँ मुख्य रूपमा अन्तत: संसद्ले गर्ने हो । संसद्मा गगन थापाजी, धनराज गुरुङ र श्याम श्रेष्ठजीले जुन साहस देखाउनुभयो, नेतृत्व क्षमताको प्रदर्शन गर्नुभयो, त्यही तरिकाले अरू सांसदहरू आउनुपर्छ । छलफलमा केही सांसद आउनुभयो । उहाँहरू डराएर बस्नुभएको छ ।

    उहाँहरू आफैं पनि, भ्रष्टाचार, कानुन मिचेका आदिमा मुछिनु भएको होला । यसैले लोकमानको विरुद्धमा अगाडि आउन सक्नुभएन । त्यसमा नमुछिएकाहरूले पनि साहस गर्नु भएन । महाअभियोगको प्रक्रिया अघि बढाउन त २५ प्रतिशत सांसदमात्र भए पुग्छ । महआभियोगको प्रक्रिया अघि बढाउन भनेको हो । सासंदहरूलाई म के भन्छु भने उहाँहरू लोकतन्त्रको रक्षक हो । लोकतन्त्र खतरामा पर्‍यो भने यसको रक्षा त गर्नुपर्‍यो नि । लुटतन्त्रको विरुद्घ लड्न महाअभियोगको प्रक्रिया अघि बढाउनु अपरिहार्य भइसकेको छ । यदि उहाँहरूमा अलिकति पनि जनताप्रति इमानदारिता छ र दायित्वबोध गर्नु हुन्छ भने महाअभियोगको प्रक्रिया अगाडि बढाउनु हुन्छ ।

    तपाईंको संघर्ष जारी रहन्छ ?
    हाम्रो आन्दोलन जारी रहन्छ । आन्दोलनको स्वरूप मात्र परिवर्तन भयो । फेरि पनि सत्याग्रह गर्नुपर्ने हुनसक्छ । चुनौती छ । यहाँ दलका नेताहरू माफिया र काला व्यापारीका कुरा सुन्छन् । उनीहरू जनताको हकहितको विरुद्घ आफ्नो दुनो सोझ्याउन माफियाको हितमा काम गर्छन् । चुनौती ठूलो भए पनि हामी लड्छौं र भएको सहमति कार्यान्वयन गराउँछौं ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.