×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आयुक्तकै छोरी संलग्न प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप

  •  
  • बुधबार, साउन १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – कृष्ण ज्ञवाली, काठमाडौं

    श्रावण १२, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तकी छोरी परीक्षार्थी रहेको काठमाडौं विश्वविद्यालयको पोस्ट ग्राजुएसन ९पीजी० को प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको खुलेको छ । अख्तियारका सचिव शान्तराज सुवेदीले संसदको सुशासन समितिमा मंगलबार जवाफ दिने क्रममा उक्त खुलासा गरेका हुन् ।

    ‘(अख्तियारका) पदाधिकारीको छोराछोरी उत्तीर्ण भएको कुरा आयो,’ सचिव सुवेदीले भने, ‘मैले बुझेअनुसार एक जना आयुक्तकी छोरीले जाँच दिनुभएको हो, फेल हुनुभएछ ।’

    त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० र नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार अख्तियारका आयुक्त राजनारायण पाठकले आईओएमका प्राध्यापकहरू विमलकुमार सिन्हा र शरद वन्तलाई घरमा बोलाएर छोरी प्रिया पाठकलाई पोस्ट ग्राजुएसन ९पीजी० मा जसरी पनि भर्ना गर्नु भनी दबाब दिएका थिए ।

    आयुक्त पाठकको दबाब अस्वीकार गरेपछि आईओएमका ७ प्राध्यापकमाथि कारबाहीको पत्र काटिएको थियो । ५२ प्रतिशत मात्रै अंक ल्याएका कारण भर्ना नपाएकी आयुक्तकी छोरी संलग्न प्रवेश परीक्षामै अख्तियारले हस्तक्षेप गरेको खुलासा भएको हो । आफ्नै परिवारका सदस्य र नातेदारको स्वार्थ जोडिएको विषयमा अनुसन्धान गर्नु नैतिकताको प्रश्न उठ्ने कामसमेत हो । तर अख्तियारले भने आयुक्तकै छोरी संलग्न परीक्षामा अनधिकृत हस्तक्षेप गरेको देखिन्छ । प्रश्नपत्र निर्माणमा समेत अख्तियारले नै पठाएका विज्ञ सहभागी छन् ।

    तर अख्तियारले भने सुशासन समितिमा पठाएको पत्रमा प्रवेश परीक्षामा हस्तक्षेप नगरिएको दाबी गरेको छ । सचिव शान्तराज सुवेदीले एक वर्षअघिदेखिकै उजुरी र नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनका कारण काठमाडौं विश्वविद्यालयमा ‘अनुगमन गर्न’ बाध्य भएको बताए । ‘विश्वविद्यालयले आफ्नै पहलमा विशेषज्ञ टोली गठन गरी परीक्षा लिएको देखिन्छ,’ सुवेदीले भने, ‘काठमाडौं विश्वविद्यालयको माइन्युटको बेहोरा र सूचनाले नै यो प्रस्ट हुन्छ ।’

    सुवेदीले सुशासन समितिमा पेस गरेको पत्रमा लेखिएको बेहोरा भने गत साता काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार भोला थापाले समितिमा दिएको अभिव्यक्तिको ठीक विपरीत छ । परीक्षामा अख्तियारले हस्तक्षेप गरेपछि बाध्य भएर आफूहरूले अख्तियारको विशेषज्ञ टोली प्रयोग गर्नुपरेको रजिस्ट्रार थापाले बताएका थिए ।

    प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायतमा अख्तियारको विज्ञता र संयन्त्र नभएको भन्दै सुवेदीले संलग्नता पनि नरहेको दाबी गरे । तर विशेषज्ञको टोली लिएर जाने नीलमणि उपाध्याय स्वयं अख्तियारका स्वास्थ्य विज्ञ हुन् । ‘प्रवेश परीक्षामा अनियमितता घटनाको छानबिनकै क्रममा फाइल विस्तृत अनुसन्धानमा छ,’ सुवेदीले भने, ‘वास्तविकता आउँछ र त्यसका लागि केही समय लाग्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.