×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विदेशी च्यानलले विज्ञापनरहित सामाग्री मात्र प्रसारण गर्न पाउने

  •  
  • शुक्रबार, साउन ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्लिन फिड नीति लागू गर्ने प्रस्तावसहितको आम सञ्चार नीति पारित

    ७ साउन, काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले अब विज्ञापनरहित सामाग्री मात्र प्रसारण गर्न पाउने भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले विदेशी टेलिभिजनमा क्लिन फिड नीति लागू गर्ने प्रस्तावसहितको आम सञ्चार नीति पारित गरेको हो ।

    सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री शेरधन राईले भने स्वदेशी टीभी र विज्ञापन एजेन्सीलाई प्रत्साहन गर्न, विदेशी भाषाबाट नेपाल भाषा, नेपालबाट विदेशीरहेको मुद्रा रोक्न र सँस्कृतिमा भएको नकारात्मक प्रभाव रोक्न र स्वदेशी विज्ञापन बजार बृद्धि गर्न यो निर्णय गरिएको बताए ।

    बैठकले आम सञ्चार नीति स्वीकृत गरेको छ । उच्चस्तरीय समितिले दुई दिन अघि मात्र प्रधनमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो ।

    आम सञ्चार नीतिमा नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लीन फिड) नीति उल्लेख छ । साथै प्रसारण अनुमति लिइसकेकाको हकमा अबधि तोकेर विज्ञापनरहित प्रसारण गर्न लगाउने उल्लेख छ ।

    नेपालमा प्रशारित विदेशी टेलीभिजन च्यानलहरुले विदेशमा उत्पादित वस्तु एवं मल्टिनेशन कम्पनीका विज्ञापनहरु निशुल्क र निर्वाधरुपमा प्रसारण गर्दै आएका छन् । त्यसरी नेपालमा गरिने मार्केटिङबाट उनीहरुले ठूलो आर्थिक लाभ लिने गरेको भए पनि नेपाललाई कुनै पनि राजस्व एवं कर तिर्नुपरेको थिएन ।

    नयाँ आम सञ्चार नीतिअनुसार सरकारले अब त्यस्ता विदेशी च्यानलबाट नेपालमा प्रसारण हुने विज्ञापनलाई अब नियमन गर्नेछ । अब त्यस्ता विज्ञापन सामाग्रीहरु नेपालमा कर तिरेर वा कानूनी प्रक्रिया पूरा गरेरमात्रै प्रसारण गर्न पाइनेछ । जसबाट नेपाल सरकार र नेपालका विज्ञापन एजेन्सीहरुलाई आर्थिक लाभ पुग्नेछ । यसका साथै नेपालको हित प्रतिकूल हुने सामाग्रीहरु पनि नियमनभित्र पर्नेछन् ।

    शुक्रबारकै मन्त्रिपरिषद बैठकले मुस्ताङमा भेटिएको युरेनियम सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र बीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.