×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २४ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बिधेयक पारित नभए पनि सरकारी कामकाज नरोकिने

  •  
  • शुक्रबार, असार ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्ण आचार्य, काठमाडौं
    सत्ताको खेलमा लागेका दलहरू आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुन नदिने कसरतमा६१ वर्ष पुरानो कानुनले कर उठाउन सरकारलाई छुट

    असार ३१, २०७३- सरकार फेरबदलको विषयमा व्यवस्थापिका संसदमा देखिएको गतिरोधले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित नभए पनि आगामी वर्षमा कर उठाउनेलगायत बजेट कार्यान्वयनमा समस्या नहुने भएको छ । खर्च गर्नका लागि विनियोजन विधेयक संसदले पारित गरी बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रमाणीकरण भइसकेको छ ।

    कर उठाउनका लागि अर्थ विधेयक पास नभए पनि सामयिक कर असुली ऐन २०१२ अनुसार काम भइरहेकाले राजस्व उठाउन समस्या हुने छैन । सँगै पास हुन बाँकी राष्ट ऋण उठाउने विधेयकअनुसार तत्काल ऋण उठाउन सरकारलाई आवश्यक नरहेकाले बजेटलाई कुनै असर नपर्ने भएको हो । सरकार फेरबदलको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारको समर्थन फिर्ता लिएको दल माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरी बजेट अवरोध गरेका हुन् ।

    बुधबार संसद् बैठक सुरु हुनुपूर्वको कार्य व्यवस्था समितिको बैठकमा दुई दलले प्रधानमन्त्रीको राजीनामा नआए बैठक अवरोध गरी बजेटसँग सम्बन्धित विधयेक पास गर्न नदिने चेतावनी दिएका थिए । उनीहरूको चेतावनीका कारण संसदको बैठक नै बस्न सकेन । दलहरूबीच लामो छलफल भए पनि बुधबार सहमति जुट्न नसकेपछि अर्को बैठक शुक्रबार -आज) बोलाइएको छ । सत्ताको विषयमा दलहरूबीच विवाद कायमै रहेकाले दुई विधेयक पास नहुने सम्भावना देखाउँदै सरकारी खर्च र कर उठाउन समस्या पर्ने आकलन गरिए पनि सरकारी अधिकारीहरूले संकटको अवस्था नरहेको जनाएका छन् । ‘आजैको दिनमा पनि सामयिक कर असुली ऐन २०१२ अनुसार उठाइरहेका छौं,’ राजस्व सचिव राजन खनालले भने, ‘खर्च गर्नका लागि विनियोजन विधेयक पास भइसकेकाले कुनै समस्या छैन ।’

    यो व्यवस्थासँगै आगामी वर्षको लागि बजेट राजनीतिक सिकार हुनबाट जोगिएको छ । १५ वर्षपछि नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै पहिलो पटक संसदले विनियोजन विधेयक पारित गरेको छ । अन्य वर्ष भने दलहरूबीच हुने सरकार फेरबदल, सत्ता समीकरणको विषयले बजेट प्रभावित हुने गरेको थियो । असार अगावै विनियोजन विधेयक पास नभएकाले सरकारले पेस्की विधेयकमार्फत खर्च गर्ने गरेको थियो । यसै साता विनियोजन विधेयकसमेत पारित भइसकेकाले आगामी वर्षको खर्चका लागि पेस्की विधेयकसमेत ल्याउनु परेन । खर्चको स्रोत संकलनका लागि आवश्यक पर्ने राजस्व संकलनका लागि ६१ वर्ष पुरानो ३ पेजको ऐनले सजिलो बनाइदिएको छ ।

    ‘अर्थ विधेकमा प्रस्ताव गरे बमोजिमको कर उठाउन बजेट पेस भएकै दिन राजपत्रमा सूचना प्रकाशित गरी राजस्व उठाउने काम गरिन्छ,’ अर्थ मन्त्रालय राजस्व महाशाखाका प्रमुख लक्ष्मण अर्यालले भने, ‘यो व्यवस्था तीन अवस्थामा मात्रै खारेज हुन्छ ।’ अर्यालका अनुसार संसदले आर्थिक विधेयक पास गरेपछि स्वतः खारेज हुन्छ । ‘नेपाल सरकारले यो कर लागू हुँदैन भनी राजपत्रमा अर्को सूचना प्रकाशित गर्‍यो भने खारेज हुन्छ,’ उनले भने, ‘सुरुमा राजपत्रमा सूचना निकालेको ६ महिना पछि स्वतः खारेज हुन्छ ।’ तत्कालका लागि यी तीनवटै अवस्था नभएकाले सरकारलाई खर्च गर्ने स्रोत राजस्व उठाउन समस्या नपर्ने भएको हो ।

    तत्काल दलहरूबीच गतिरोध भए पनि केही समयपछि सहमति जुटी राष्ट्र ऋण उठाउने विधेयक पनि पास हुने अनुमानसहित बजेट प्रभावित नहुने भएको हो । तर, आर्थिक वर्षको अन्त्यमा बजेटलाई बन्धक बनाउने दलहरूको प्रयासलाई पूर्व सरकारी अधिकारीहरूले ‘घिनलाग्दो खेल’ को रूपमा टिप्पणी गरेका छन् । ओली नेतृत्वको सरकारमा सहभागी भई बजेटमा सहभागिता जनाएको माओवादी केन्द्रको बजेट अवरोधलाई सत्ताको लागि घिन लाग्दो खेल गरेको पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले बताए । ‘आफैंले पेस गरेको बजेटलाई आफैंले विरोध गर्न कुनै पनि राजनीतिक सिद्धान्त र मान्यताले दिँदैन,’ उनले भने, ‘सत्ताका लागि जे पनि गर्ने यस्तो प्रवृत्ति मुलुकका लागि धेरै दुःखदायी हो ।’

    कानुन मन्त्रालयका सहसचिव डिल्लिराज घिमिरले आर्थिक वर्षको अन्तिम दिन (आज) दुई विधेक पारित नभए पनि साउन १ गतेबाट खर्च गर्न सरकारलाई संकट नभएको बताए । ‘विनियोजन विधेयक प्रमाणीकरण भइसक्यो । कर उठी नै रहेको छ,’ उनले भने, ‘तत्काल कुनै समस्या हुने छैन ।’

    यसअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यको पालामा २०५७/५८ मा असार मसान्तमै बजेट पास भई खर्च गरिएको थियो । नयाँ संविधानमै असार १५ गते बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण यो वर्ष असार नसकिँदै संसद्ले विनियोजन विधेयक पारित गरेको हो । यस अघिका वर्षहरूमा असार अन्तिममा बजेट पेस गर्ने र नयाँ आर्थिक वर्षका लागि पेस्की विधेयकबाट खर्च गर्ने परम्परा थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.