×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ मिनेट अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २२ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २२ घण्टा अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

२० वटा हिमताल फुट्न सक्ने चेतावनी, पहिरोको जोखिम उच्च

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गृहमन्त्रीलाई राज्य व्यवस्था समितिमा बोलाउने निर्णय

    १७ असार, काठमाडौ । देशभर झरी परेर विभिन्न ठाउँमा पहिरो र बाढीको प्रकोप देखिन थालेका बेला एउटा गैरसरकारी संस्थाले वर्षासँगै हिमताल बिस्फोटन एवं पहिरोले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।

    भूकम्पले चिराचिरा पारेका पाखापखेरामा पहिरोको जोखिम रहेको र हिमताल विस्फोटन हुन सक्ने खतरा रहेको प्रतिवेदन शुक्रबार इसिमोडले संसदको राज्य व्यवस्था समितिमा व्याख्या गरेको हो ।

    इसिमोडले नेपालमा कुल २ हजार ३ सय २३ हिमताल रहेकामा २० वटा त्यस्ता ताल बिस्फोट हुनसक्ने चेतावनी दिएको छ । हिमतालको अवस्था र पहाडी क्षेत्रमा पहिरोको जोखिमबारे कार्यपत्र प्रस्तुत गर्दै इसिमोडले यस्तो चेतावनी दिएको हो ।

    प्रतिवेदनको अध्ययनपछि समितिका सदस्यहरुले विपत व्यवस्थापनमा सरकार गम्भिर नभएको भन्दै आपत्ती जनाए । बषर्ा भइरहेको छ, पोहोर भूकम्पले कमजोर बनाएको जमीनमा पहिरो जान थालिसक्यो । तर, सरकार गम्भीर देखिएन, सांसद गंगालाल तुलाधरले भने, नागरिकलाई जानी जानी पहिरोमा पारेर मार्ने काम भयो । उनले नागरिकको जीवर रक्षा गर्ने सवालमा सरकार इमान्दार नदेखिएको आरोप लगाएका हुन् ।

    धादिङको री गाविसको चेपाङ गाउँ बिहीबारदेखि पहिरोको वीचमा परेको तर सरकारले अझै उद्धार गर्न नसकेको भन्दै सांसद तुलाधरले सरकारले इमान्दार भएर पूर्वतयारी गर्न जोड दिएका छन् ।

    अन्य सांसदहरुले पनि बषर्ा भइरहँदा मुलुक विपत्तिको नजिक पुगेको भन्दै सम्भावित ठूलो खतराबाट जोगिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

    सरकार गम्भीर भएन राउत

    सांसद लालबहादुर राउतले सरकार पुनर्निर्माणका बजेटलाई पीडितकहाँ पुर्‍याएर चाँडै आवास निर्माण गर्ने उदेश्यमा भन्दा उक्त बजेट देखाएर कसरी पार्टीको भोट बैंक बढाउन सकिन्छ भन्नेतिर ध्यान दिएको आरोप लगाए ।

    सरकारमा जनतालाई राहत दिएर उनीहरुलाई उद्धार गर्ने सोच नै छैन । उनले भने, थेग्नै नसक्ने गरी बाढी पहिरोको खतरा छ, प्रधानमन्त्री ध्वजाबाहक जहाज चलाउँछु भन्दै हिँड्छन्, यस्तो हावादारी कुरा गरेर देश चल्दैन ।

    उनले भूकम्प पीडितहरुले अझै छाना पाउन नसकेको र सरकारले पीडितको मर्का नबुझेको भन्दै समितिको ध्यानाकर्षण गराए । तराईमा बाढीको जोखिम बढ्दै छ । तर सरकार गम्भीर भएन ।

    गृह मन्त्रालयलाई सोध्ने निर्णय

    समितिले अर्को साता गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर विपत व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे जानकारी लिने निर्णय गरेको छ । सांसदहरुले सम्भावित जोखिम व्यवस्थापनमा सरकार इमान्दार नभएको आरोप लगाएपछि समितिले यस्तो निर्णय गरेको हो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.