×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

बच्चालाई जोखिम लिन र रमाउन दिनुहोस्

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केटाकेटीहरू लड्छन्, कुस्ती खेल्छन्, चोटपटक लाग्छ, पोखरी वा आगोको नजिक पुग्छन्। एकछिन नदेख्दा कुनै दुर्घटना नै पो भइहाल्यो कि भनेर हामी अत्तालिन्छौँ।

    बच्चाको सुरक्षा बाबु-आमाका निम्ति चिन्ताको विषय हो र यस्तो चिन्ता स्वभाविक पनि छ। अझ हाम्रो चाहना भनेको त आफ्ना नानीले जोखिमयुक्त कुनै गतिविधि नै नगरून् भन्ने हुन्छ। तर, यस्तो धारणा के सही हो त?

    केही समयअघि बेलायती संसदको सर्वदलीय समितिले ‘स्वस्थ्य र तन्दुरुस्त वाल्यकाल’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्‍यो।

    प्रतिवेदनमा भनिएको छ-जोखिमयुक्त कुस्ती खेल्ने, उचाई चढ्ने, तीब्र गतिमा दौडने वा त्यस्ता सवारी चढ्ने, डुब्न सक्ने स्थानमा जाने, लड्न सक्ने ठूला पत्थर चढ्ने, हराउन सक्ने स्थानमा घुम्न जाने जस्ता कुराबाट बच्चाहरू उत्साहित हुने र आनन्दित महशुस गर्छन्।

    उक्त प्रतिवेदन सार्वजनिक भएपछि आफ्ना नानीलाई कतिसम्म जोखिम मोल्न दिने भन्नेबारे बेलायतमा बहस सुरू भएको छ।

    वास्तवमा, जोखिमपूर्ण कार्यमा सहभागी हुनु सन्तुलित बचपनको अनिवार्य सर्त हो। स्वास्थ्य ढंगले बच्चाहरुलाई शारीरिक जोखिम मोल्न दिँदा उनीहरूले डर कस्तो हुन्छ भन्ने अनुभव गर्छन्। यसबाट उनीहरूले आफ्ना शरीरका सबलता र सीमितता पनि जान्ने मौका पाउँछन्।

    यसको अर्थ आफ्ना नानीलाई अग्लो स्थानबाट लडेर समुद्रमा खस्न सक्ने ठाउँ पठाउने वा आइप्याडसँग रमाउने ६ वर्षे बालकलाई कम्पास दिएर जंगलमा छाडिदिने भन्न खोजेको होइन। जोखिम भनेको के हो त्यसलाई सावधानीपूर्वक हेरौं।

    विद्यालय/क्लब जाने वा सोफामा मात्र उफ्रिएर हुर्कने अहिलेका पुस्ताका नानीहरूलाई साँच्चै नै निडर बनाउने हो भने यसअघि हामीले धेरै नै गृहकार्य गर्नुपर्ने हुन्छ। तर, हिजोआज हामी अभिभावकहरू आफ्ना नानीलाई सानोभन्दा पनि सानो जोखिम पनि उठाउन दिंदैनौं।

    उसो त आफ्ना बच्चालाई सुरक्षित राख्नु अभिभावकको कर्तव्य हैन र? सुरक्षित राख्न कै लागि हो बेलायतमा बच्चाको आफ्नो घर र उसले खेल्ने मैदानको दुरी ३० वर्षअघिको तुलनामा ९० प्रतिशतले खुम्चिएको छ।

    अभिभावकले आफ्ना बच्चाका सबै गतिविधि नियन्त्रण गर्ने अवस्था पैदा भएको छ। त्यसैकारण बच्चाले वास्तविक जीवनमा होइन, कम्प्युटरमा नक्कल गरिएका जोखिमयुक्त खेलमा रमाउने गर्छन् र त्यसैमा बानी पर्छन्।

    हामी आफ्नो स्वभावबाट भाग्दैछौँ। वास्तवमा, मानिसले निश्चित सीमासम्मको डर महसुस गरून् भन्ने ढंगले उनीहरूको शारीरिक र मानिसक बनावट भएको हुन्छ। वास्तविक जीवनबाट उनीहरूलाई डर/त्रास हटाइदिनुहोस्, उनीहरूले यस्तो डर/त्रासको खोजि गर्नेछन्। यस्तो कुरा उनीहरूले कम्प्युटर र इन्टरनेटमा हुने खेल र गतिविधिमा पाउँछन र त्यति रमाउँछन्। तर ख्याल गर्नुहोस्, यस्ता गतिविधिले बच्चाहरुलाई हानिकारक व्यवहारहरू सिक्न मद्दत पुर्‍याउँछ।

    त्यसैकारण यस्ता जोखिम र त्यसबाट प्राप्त हुने मजा बच्चाहरूले वास्तविक जीवनबाट प्राप्त गरून् भन्ने अभिभावकले प्रयास गर्नुपर्छ। वास्तविक जीवनमा भोगिने जोखिमले बच्चालाई सन्तुलित जीवन कसरी जिउने भन्ने सिक्न आवश्यक शिक्षा दिन्छ।

    तर प्रश्न हो – कसरी हामीले बच्चाको वास्तविक जीवनमा जोखिम र उत्साह भर्ने? त्यसका लागि उपयुक्त बाटो भनेको एक-एक गरेर विस्तारै र उमेर अनुसार जोखिमयुक्त काम वा खेलमा सहभागी गराउनु हो।

    पहिलो, घर बाहिरको वातावरण सबैभन्दा महत्वपूर्ण हुन्छ। बच्चालाई प्रत्येक दिन घर बाहिर जान दिनुपर्छ। र, घर बाहिर पनि नियन्त्रित र जोखिममुक्त स्थानमा मात्र उनीहरुलाई लैजाने वा आकर्षित गर्नुगर्नु हुँदैन।

    हिँडडुल गर्न सक्ने साना बच्चालाई झाडीमा चलमल गर्न दिनुहोस र पार्कमा लैजाँदा अलि ठूला बच्चालाई तपाईंले प्रत्यक्ष रेखदेख गर्नसक्ने स्थान छाडेर अन्तै जान पनि छुट दिनुहोस्। उनीहरुले अन्य बालक वा दिदीभाइसँग झगडा गर्लान् वा शरीरमा केही चोट पनि लगाउलान्। तर सम्झनुस् त,  तपाईँ-हामी पनि त्यसरी नै हुर्केका हैनौं र? यस्ता कुराले बच्चालाई जोखिम सम्बन्धि कस्ता निर्णय लिने वा कस्तो समयमा कस्तो कार्य गर्ने भन्ने बारे सिक्न मद्दत पुग्छ।

    आगो बाल्न सिक्नु धेरै बच्चाहरुका लागि एक चरणबाट अर्को चरणमा पुगेको संकेत हो। तीन वर्षको उमेरदेखि बच्चाहरू सानोतिनो आगो बाल्ने नै क्षमता राख्छन्। अवस्य पनि त्यस्तो अवस्थमा बच्चाले प्रज्वलशील कपडा नलगाउन र सुरक्षित रहुन भन्नका लागि तपाईंले सिकाउने र निरीक्षण गर्ने कार्य गर्न सक्नुहुन्छ। बच्चाले आगोबाट आफूलाई सुरक्षित राखेको देखेर तपाईं चकित हुनुहुनेछ।

    यसैगरी पानी सम्बन्धी जोखिम स्वास्थ्य बचपनको लागि महत्वपूर्ण हुनसक्छ। सतही नदी वा समुद्रमा उनीहरूलाई केही अग्लो स्थान उक्लन दिने र पानीमा कपडासहित नै खस्न दिनुहोस्। हिलोमा चिप्लन वा नदीमा पौडन छाडिदिनुहोस्। अभिभावकका रूपमा तपाईंको काम भनेको जोखिम व्यवस्थापन गर्ने हो। नदि वा समुद्र कति जोखिमयुक्त छ त्यसको हेक्का तपाईंलाइ हुनुपर्छ। बाँकी काम उनीहरुलाई स्वतन्त्रपूर्वक निर्णय लिन छाडीदिनुस्।

    हिजो आज जोखिमयुक्त खेलहरु पनि खेल्न पाइन्छ। यस्ता खेलमा ठूलो चोटपटक लाग्ने सम्भावना हुँदैन। यस्ता खेलले बच्चालाई डर महसुस गर्ने उपयुक्त मौका प्रदान गर्छ। स्की वा घोडा चढ्ने खेल महँगो होला। तर स्केटबोर्डिङ, रूख चढ्ने वा चट्टान चढ्ने कुरा त्यति महँगो हुँदैन। खेल्दा बच्चाहरू लड्न पनि सक्छन् र डराउँछन् पनि। तर यस्ता अनुभवले बच्चाहरुमा ‘म जीवित छु’ भन्ने महसुस गराउँछ, जुन स्वास्थ्य जीवनको लागि अत्यन्तै महत्वपूर्ण कुरा हो।

    बच्चालाई जोखिम मोल्न दिनु अभिभावकको मात्र उत्तरदायित्व होइन। बेलायतको संसदीय समितिको प्रतिवेदनले भनेको छ- बच्चाले जोखिम लिनुहुँदैन भन्ने सामाजिक धारणाका कारण उनीहरूका स्कुले जीवनदेखि खेल मैदानसम्म प्रभावित भएका छन्। बच्चाहरुका निम्ति सबै कुरालाई खतरा-मुक्त बनाउनु समाजको नै लक्ष्य बनेको छ।

    तर बच्चाले जोखिम उठाउन दिनु स्वास्थ्य बचपनको लागि आवश्यक हुन्छ। यस्तो कलाको विकास भनेको स्वास्थ्य मांशपेशीको लागि हामीले गर्ने कसरत जस्तै हो। अभिभावक र समाजले बच्चालाई वास्तविक बचपन जिउने अवसर दिनुपर्छ।

    हामीले बुझ्नुपर्ने कुरा हो- लड्नु, चोटपटक लाग्नु वा डराउनु स्वास्थ्य बचपनका सामान्य कुरा हुन्। विस्तारै जब बच्चाले जोखिमसँग जुध्ने कला सिक्छन् त्यसपछि तपाईं उनीहरूसँग भीरमा पनि खेल्न सक्नुहुन्छ।

     (गार्डीयनमा छापिएको केट ब्लिनकोको लेखबाट)

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.