गोरखा, १ जेठ । भूकम्पले घर भत्केपछि नागरिकतालगायत महत्वपूर्ण कागजात हराएका भूकम्पपीडितलाई गाउँमै सेवा दिन जिल्लाको तीनै निर्वाचन क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।
प्रजिअ नारायणप्रसाद भट्टका अनुसार शिविरमा जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला मालपोत, जिल्ला नापीलगायत कार्यालयबाट सेवा प्रदान गरिनेछ ।
तीन निर्वाचन क्षेत्रको कुन कुन ठाउँमा शिविर सञ्चालन गर्ने भन्नेबारे टुङ्गो लागेको छैन । यद्यपि यही जेठ १५ अघि नै शिविर गरिसक्ने प्रजिअ भट्टको भनाइ छ ।
भूकम्पले घर भत्कँदा कतिपयको महत्वपूर्ण कागजात हराएका छन् । नागरिकतालगायत कागजात नहुँदा सरकारी तथा दातृ संस्थाले प्रदान गर्ने राहत पाउनबाट भूकम्पपीडित वञ्चित हुँदै आएका थिए ।
रासस
लेखकबाट थप:
शनिबार, जेठ ०१, २०७३
मा प्रकाशित



