×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘बोक्सो’ आरोप लगाएर यसरी मारियो तुलु थिङलाई

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    समुन्द्र राज घिमिरे
    अन्धविश्वासको पराकाष्ठा

    तुलु थिङका छोरा नेमा थिङ। तस्विरः नारायण महर्जन/सेतोपाटी


    टेबल आकारको काठमाथि सानो भाँडोमा चामलजस्तो केही देखिन्छ। छेवैमा नांगो खुकुरी तेर्सिरहेको छ। वरिपरि मान्छेको गोलो घेराबीच खैरो मैलो कोट र पाइन्ट लगाएका एक वृद्ध टुक्रुक्क बसेका छन्। एक अधबैंसे युवक हातमा खुर्पा झुलाउँदै वृद्धनजिकै उभिएका छन्। मान्छेको भीडबाट अट्टहासको आवाज झन्झन् चर्को सुनिँदैछ। हेर्दाहेर्दै ती युवक खुर्पाको धारले वृद्धको शिरमा झुलिरहेको टुप्पी चटक्कै काटिदिन्छन्। छालासम्म काटिँदा निस्केको रगतले गर्धनदेखि सर्टसम्मै लुछुप्पै भिज्छ।

    टुप्पी काटेर मात्र भिडको उत्तेजना थामिन्न। काठको टिम्बामा निहुरिएर बसेका वृद्धको अनुहारभरि कालो मोसोको झोल दलिन्छ। जुत्ताको माला लगाइन्छ। केही महिला आफूले लगाइरहेको फरियाको फेरो ती वृद्धमाथि ओढाइदिन्छन्। चोसो परेको पातबाट मान्छेको दिसा वृद्धको मुखमा कोचिन्छ। वरिपरि झुम्मिएका मानिस पर्रर ताली बजाउँछन्।
    धेरैका हातमा ब्रान्डेड मोबाइल फोन छ, जसमा सबै दृश्य कैद हुँदैछन् ।
    यी दृश्य कुनै चलचित्र सुटिङको होइन। राजधानीसँगै जोडिएको रसुवा, यार्सा गाविसमा गत चैत ५ गते भएको यथार्थ घटना हो।
    नुवाकोट सदरमुकाम विदुरबाट करिब दस किलोमिटर उत्तर लहरेपौवाको कालिकास्थानबाट तीन घन्टा पैदल दुरीमा छ, यार्सा। तामाङ समुदायको बाहुल्य रहेको यार्सा सशस्त्र द्वन्द्व बेला माओवादी पकड क्षेत्र मानिन्थ्यो। विकासको नाममा सञ्चार सुविधासम्म छ। सडकको ट्र्याक खुलेको छ, तर गाडी पुग्दैन। युवाहरू कि विदेश छन् कि मजदुरी गर्छन्। टुरिस्ट गाइडमा सक्रिय युवा अलि धेरै छन्। बाँकी गाउँमै बेरोजगार छन्। जो छन्, शिक्षित कमै छन्।
    पहाडी भूभागमा अवस्थित यार्सा गाविसको नौ नम्बर वडामा पर्ने घुर्मुका ५५ वर्षीय तुलु सार्की थिङलाई ‘बोक्सो’ आरोपमा यसरी कालो मोसो मात्र दलिएन, त्यसको ठ्याक्कै एक महिनापछि ज्युँदै गाडियो पनि।
    एक महिनाकै बीचमा अन्धविश्वाससँग जोडिएका दुई ठूला घटना हुँदा प्रहरीलाई सुइँकोसम्म थिएन।
    ***

    अनुसन्धानमा खटिएका प्रहरी सइ चोपबहादुर केसी। तस्बिरः नारायण महर्जन/सेतोपाटी


    तुलु सार्की थिङ यार्साका नामी ‘गुरूबा’ थिए। तामाङ संस्कृतिमा गुरूबाको काम हुन्छ, घेवा (मृत्यु संस्कार) मा नाच्ने र नचाउने। आफ्नो रितिथिति जोगाउन समाजमा गुरूबाको भूमिका महत्वपूर्ण मानिन्छ।

    आफ्नै नजिकै घर भएका तुलुका भतिज पर्ने स्याङ्बो थिङ पोहोर वैशाखदेखि बिरामी पर्न थाले। स्याङ्बो पनि गाउँका गुरूबा नै थिए। स्याङ्बोका भाइ कान्छाले दाइलाई उपचार गराउन काठमाडौं ल्याए।
    खेती–किसानीले जीविका चलाउँदै आएका कान्छाले दाजुको रोग निको पार्न खोज्दा टन्नै पैसा सकियो। अनेक अस्पताल चहारे तर रोगले झन्झन् च्याप्दै गयो। स्याङ्बोलाई क्यान्सर भएको थियो। क्यान्सर रोगको कारण पत्ता नलागेको समयमा कान्छाले काका पर्ने तुलुले ‘भेदेर’ दाजु बिरामी परेको आरोप लगाए।
    तुलुका १७ वर्षीय छोरा नेमा थिङका अनुसार गत वर्ष साउनतिर कान्छाले यस्तो आरोप लगाएका थिए। त्यतिबेलासम्म काका–भतिजबीच कुनै दुश्मनी थिएन। सँगसँगै रहेको घर भुइँचालोले लगेपछि दुवैले टहरो पनि नजिकनजिकै बनाएका थिए। पछि, स्याङ्बोलाई रोगले जतिजति च्याप्थ्यो, कान्छा र उनको परिवार तुलुमाथि आरोप झन्झन् बढाउँदै जान्थे।
    चैत ४ गते स्याङ्बोलाई रोगले लगी छाड्यो।
    तुलु बस्दै आएको घरबाट एक घन्टा उकालो पैदल पुगिने ठाउँमा गाईगोरू र बाख्रा पालिएका थिए। गोठनजिकै बारीमा मकै, कोदो उब्जनी हुन्थ्यो। तुलुको परिवार कहिलेकाहीँ गोठनजिकै काठले बारेर बनाइएको कोठामा बस्थ्यो। स्याङ्बोको मृत्यु भएको दिन तुलु गोठमै गाईवस्तुको स्याहार गर्न व्यस्त थिए।
    स्याङ्बोका दाइ दावा लाक्पा तुलुलाई मृत्यु खबर सुनाउन र बोलाउन गोठ पुगे। जेजस्तै आरोप लगाए पनि तुलुले सोचे होलान्, ‘मर्दापर्दा चाहिने दाजुभाइ नै हुन्।’
    उनी मृत्यु भएको घर पुगे। तर, भतिजहरूले आफ्नो सम्झिएनन्।
    स्याङ्बोको मृत्यु भएको दिन तुलका छोराछोरी यार्साको छिमेकी गाविस भोर्ले, कोमोस्थित गोसाइँकुण्ड माविमा पढ्न गएका थिए। छोरा नेमा आठको अन्तिम परीक्षाको तयारीमा थिए। विद्यालयबाट आएर गोठमै बास बस्न गए। उनलाई स्याङ्बोको मृत्यु भएको रात के भयो थाहा छैन।
    भोलिपल्ट पनि उनी विद्यालय गए। फर्कंदा रोइरहेकी आफ्नी आमाबाट उनले सुने, ‘बालाई तेरा दाइ पर्नेहरूले कालो मोसो र जुत्ताको माला लगाए, गू कोच्याए।’
    तुलुकी श्रीमतीले त्यतिबेला गाउँका सबैसँग आफ्नोे लोग्ने भेदा होइन भन्दा कसैले सुनेनन्। तुलुको पक्षमा बोल्ने एक–दुई जनाको आवाज कसैको कानमै नपुगी भीडबाटै बिलायो। घेरा हालेर कालो मोसो दलेको हेरिरह्यो। रमिते बन्यो। ताली बजायो। रोक्नुको साटो भिडियो खिचेर बस्यो। अलि जान्नेसुन्ने मानिएका पनि हेरी मात्र रह्यो। तुलु ‘प्रतिक्रियाशून्य’ भावमा निहुरिई मात्र रहे।
    कालो मोसो लगाइएको भोलिपल्ट तुलु गाउँ छाडेर भागे र चीनको केरुङ पुगे। केरुङ, जहाँ मजदुरी गर्न जानु रसुवाका बासिन्दाको पुरानै चलन हो।
    तुलुले गाउँ छोडपछि भतिजहरूको टोकसो सहनुपरेन। तर, यता घरमै बसेका श्रीमती र छोराछोरीलाई कान्छाले बारम्बार धम्की दिन थाले। ‘हामीलाई भेदाको सन्तान’ भने। ‘तेरा बाउलाई तुरुन्त गाउँ झिका’ भन्दै कान्छा, बुटी भाउजू (क्यान्सरले मृत्यु भएका स्याङ्बोकी श्रीमती) घरमै आउँथे,’ तुलुका छोरा नेमाले सेतोपाटीसँग भने, ‘झिकाइनस् भने तिमेरुको परिवारलाई नै काटेर सिध्याउँछु भन्थे।’
    नेमाकी आमाले सोचिन्, गाउँकै अगाडी गू कोच्याउनेले मान्छे काट्न के डराउला र? उनले छोरालाई बाबु लिन केरुङ पठाइन्। वैशाख ३ गते केरुङ हिँडेका नेमा र घर फर्किंदै गरेका बाबु धुन्चेमा भेटिए। तुलु केरुङमा काम नभेटेका कारण र गाउँ साम्य भयो होला भन्ने सोचले घर फर्किएका थिए।
    साँझपख छोरासँगै गाउँ आइपुगेका तुलुले छोरालाई भने, ‘तँ गोठमा जा। म आज कटेरोमै बस्छु।’
    छोरा गोठतिर उक्लिए, तुलु कटेरोमै बसे।
    नेमाले आमाको मुखबाट सुनेअनुसार त्यस साँझ कान्छाले तुलुको कटेरोमै आएर भनेका थिए, ‘जे भयो भयो अब मिल्नुपर्छ।’ तुलुले पनि पाप चिताएनन्। भतिजको बोलीमा मिसिएको षडयन्त्र भने उनले बुझेनन्।
    भोलिपल्ट बिहानै अर्थात् चार गते। तुलुलाई कान्छाले पहिले कालो मोसो दलेको ठाउँमा ल्याए। तुलुका छोरा नेमा बिहान १० बजेतिर कटेरो पुगेका थिए। गाउँका थुप्रै मानिस झुम्मिएको देखे। त्यहाँ पुग्दा त कान्छा र छिमेकी गाविस भोर्लेका छेनुर्बु तामाङ मिलेर आफ्ना बाबुलाई लात्तैलात्ताले भकुरिरहेका थिए। नेमा बाबुनजिकै पुग्नेबित्तिकै कान्छाले खुकुरी ताक्दै भने, ‘कसैलाई बोलाइस् भने यहीँ छप्क्याइदिन्छु।’ बोल्न खोज्ने अरूलाई पनि खुकुरी देखाउँदै उनी यसरी नै धम्क्याउँथे।
    नेमा रुँदै चुपचाप हेरिरहे÷सुनिरहे। कान्छा भन्थे, ‘भेदेर मान्छे मार्नेलाई त ज्युँदै गाड्नुपर्छ।’
    त्यहाँ पुग्दा बाबुको हालत कस्तो थियो त?
    ‘आँखा, नाक र मुखबाट रगत आइरहेको थियो।’ नेमाले भने, ‘बुबा भुइँमा लडेर कुक्रुक्क परेर हातले लात्ता छेकिरहनुभएको थियो। लगातारको कुटाइले बुबा बेहोसै हुनुभयो।’
    बोल्न सक्ने एउटी आमा थिइन्। लोग्नेलाई बचाउन छेक्न जाँदा उनलाई पनि स्याङ्बोकी श्रीमतीले भुत्ल्याउन थालिन्। लगाइराखेको कपडा च्यातिदिइन्। स्याङ्बोकी श्रीमतीले तुलुलाई पनि चिर्पटले हानिन्। आमाछोराको रुवाबासी चली नै रह्यो। हारगुहार गरे पनि बचाउने कोही भए पो! कोही आइहाले पनि कान्छाको ‘राक्षसीपन’ को सिकार हुन सक्थ्यो।
    कुट्दाकुट्दा बेहोस भएका तुलु केही समयपछि होसमा आए। आमाछोरा भने सुरमा थिएनन्। त्यो बेला के–के भयो नेमा खुलस्त भन्न सक्दैनन्।
    बेहोसीबाट ब्युँतिएर तुलु लर्खराउँदै आफ्नो कटेरोसम्म आइपुगे। कान्छा तुरुन्तै छोप्न आए र भने, ‘यसलाई अब ज्युँदै गाड्नुपर्छ। आमाछोरामध्ये एक जना हिँड्। दागबत्ति दिनुपर्छ।’ त्यसपछि तुलुलाई दुई जनाले दुईपट्टि पाखुरामा समातेर घिच्याउँदै जंगलतिर लगे। ज्युँदै गाड्न लैजाने समूहमा ६-७ जना जति थिए। तुलुकी श्रीमती मुच्र्छा परिरहेकी थिइन्। छोरा अलि होसमा थिए। आफू पनि काटिने डरले नेमा अलि बेरपछि बुबालाई लगिएको ठाउँतिर गए।
    उनी पुग्दासल्लाको जंगलको बीचमा अलिकति ठाउँ सम्म पारेर उनको बुबालाई गाडिसकिएको रहेछ। लासमाथि दाउरा थुपारिएका थिए। उनले बाबुको लासको अनुहार पनि देख्न पाएनन्। ‘कान्छाले बाऊलाई दागबत्ति दे’ भन्दै कागज सल्काएर नेमाको हातमा थमाए। नेमाले लासतिर हेर्न पनि सकेनन्। आगो फुत्त फालेर उनी रुँदै घरतिर दौडिए।
    त्यसपछि नेमा आमा र बहिनीसँग गोठमा लुकेर बस्न थाले।
    ***
    टिचिङ अस्पताल, महाराजगन्जमा पोस्टमार्टम गरेपछि मंगलबार पशुपति आर्यघाटमा तुलुको अन्तिम संस्कार गरियो। तुलुका छोरा नेमा थिङको साथमा आएका तीन प्रहरीमध्ये नायब निरीक्षक चोपबहादुर केसीले पहिलोपटक यो घटना थाहा पाएका थिए। उनैले घटनाको बेलिबिस्तार लगाए।
    उनी भन्दै थिए, घटनाको मुचुल्का उठाएर चार जनाको टोलीसहित स्थानीय बजारमा चिया पिउँदै गर्दा पल्लो टेबलमा केही व्यक्ति ‘यार्सामा त एउटा लोग्ने मान्छेलाई बोक्सो भनेर कालोमोसो लगाए रे’ भनी चर्चा गर्दै थिए।
    ‘सिभिल ड्रेस’मा रहेका केसीको दिमागमा ‘बोक्सो लोग्ने मान्छे’ शब्दले ढ्याङ्ङ हान्यो। २६ वर्षे प्रहरी अनुभवमा उनले पहिलोपटक यस्तो घटना सुनेका थिए। चिया कुरुञ्जेल उनले पल्लो टेबलको कुरा सुनिरहे, केही प्रतिक्रिया जनाएनन्। टोली त्यसपछि खाइरहेको चिया आधा गिलासमै छाडेर हिँड्यो।
    तीन दिनसम्म त उनले यो घटना सीमित व्यक्तिलाई मात्र सुनाए। त्यसपछि मात्र आफ्ना सिनियरलाई भने। प्रहरी त्यसपछि अनुसन्धानमा खटियो। केसी पनि अनुसन्धान टोलीमा सहभागी भए। सुरुमा प्रहरीले छड्के अनुसन्धान सुरु गर्यो। अनुसन्धानकै क्रममा प्रहरीले थाहा पायो, ‘तुलुलाई त गायब पारिसकिएको रहेछ।’
    प्रहरीलाई बेपत्ता हो या मरेको थाहा पाउनै समय लाग्यो। तुलुका श्रीमती र छोराछोरीलाई सोध्दा पनि अन्तै गएको भनी टार्थे। किनकि, कान्छाले तुलुको परिवारलाई भनेको थियो, ‘कतै भनेको थाहा पाएँ भने तिमेरूलाई पनि काट्छु। नेमाले मारेको भनिदिन्छु।’
    अनुसन्धान टोली केही दिन सिभिल ड्रेसमै गाउँ डुल्यो, तैपनि कसैबाट ठोस तथ्य फेला पार्न सकेन। टोलीमा सहभागी केसी भन्छन्, ‘भुइँचालोले घरहरू तितरबितर भएका छन्।समयमा मान्छे भेट्नै मुस्किल। भेटेकासँग सुरुमा दुःखसुखको कुरा झिक्दा नेपाली भाषामै कुरा गर्थे। फलानोलाई चिनेको छ भन्दा तामाङ भाषामा कुरा गर्न थाल्थे। बच्चा पनि कुरा खोल्दैनथे।’
    अनुसन्धानको तेस्रो दिनमा कालो मोसो लगाउँदाको एउटा भिडियो फेला पा¥यो। भिडियो हेरेपछि प्रहरी नै चकित प¥यो। ‘२६ वर्षमा अनेक केसको अनुभव छ,’ केसी भन्छन्, ‘तर, यो भिडियो हेर्दा त मलाई नाटक खिचेको हो कि फिल्म सुटिङ हो जस्तो लाग्दै थियो। पत्यारै नलाग्ने खालको घटना मैले पहिलोपटक देखेको थिएँ। यस्तो पाशविक र क्रूर घटनामा पनि गाउँ कसरी चुप रहन सक्यो होला, अचम्म लाग्छ। सँगै हिँडिरहेको साथीलाई गोली लागेर आँखैअगाडि पुर्लुंग ढल्दा पनि साहस जुटाएर हिँडिएको थियो तर यो भिडियो देखेपछि निद्रा परेन। तीन दिनसम्म त राति सुत्दा पनि आँखामा भिडियो मात्र आउँथ्यो।’
    भिडियोकै सहाराले अनुसन्धान तीब्र भयो। हत्या भएको प्रमाणसहित घटनाबारे पचास प्रतिशतजति तथ्य हात परेपछि टोली ड्रेसमै गाउँ डुल्न थाल्यो। ‘ड्रेस लगाएर गाउँ डुल्दा त हामीलाई देख्यो कि भागिहाल्थे,’ केसीले अनुसन्धान अनुभव सुनाए।
    हत्या भएको १३ दिनपछि प्रहरीले कान्छालाई पक्राउ गर्यो। प्रहरीले एक साताजति अघि नै कान्छालाई शंकाको घेरामा राखिसके पनि पर्याप्त प्रमाणको अभावमा पक्राउ गर्न सकिरहेको थिएन। निगरानी भने राखिराखेको थियो।
    प्रहरीले ‘लास कि सास’ माग गर्यो‍। सुरुमा त कान्छाले आफू निर्दोष रहेको बताए। पछि तुलुका छोरा नेमासँग मिलेर मारेको बताए। पर्याप्त प्रमाण जुटाएर पक्राउ गरेर ढुक्क भएको प्रहरीले पत्याउने कुरै थिएन। कान्छालाई सत्य खोल्न करै लाग्यो। उनले लास गाडेको ठाउँ बताए। प्रहरी लास भए ठाउँ पुग्यो र खोतल्यो।
    ‘कसरी गाडिएको रहेछ भने, भात खान बस्दा टुक्रुक्क बसेजस्तो,’ केसीले सुनाए, ‘भीर, जंगलको बीचमा। टाउकोमाथि थोरै माटो। त्यसमाथि थुप्रै गह्रौं ढुंगा। हामीले लास उधिन्यौं। गन्हाइसकेको थियो। तान्दा शरीरका छाला उप्किन्थ्यो।’
    वैशाख १८ गते बिहान लासलाई प्रहरीले पोस्टमार्टमका लागि काठमाडौं पठायो र २९ गते पोस्टमार्टमको काम सकिएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरियो।
    तुलु हत्याकाण्डमा कान्छा, क्यान्सरले मृत्यु भएका स्याङ्बोकी श्रीमती र छेनुर्बु तामाङ पक्राउ परिसकेका छन्। छेनुर्बु पनि तुलुका आफन्त नै पर्छन्। उनी लामा विद्या सिक्दै थिए। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दाको अभियोग लगाइएको छ भने करिब २२ जनामाथि हत्या आशंकामा प्रहरीले निगरानी राखिरहेको केसीले बताए।
    उता, हत्या भएको सुरुका दिनमा लुकेर बसेका तुलुको परिवारलाई धुन्चेमा प्रहरीले संरक्षण दिइरहेको छ। उनीहरूलाई नियालिरहेका प्रहरीको भनाइमा छोरा नेमाको त बिस्तारै सुर फर्किंदै छ, आमा भने अझै बेहोसजस्तै छिन्।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.