×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५६ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सन्तानले लत्याएर सडकमा पुगेकी आमाको मनछुने पत्र, पढ्दा आँसु रोकिँदैन

  •  
  • शुक्रबार, बैशाख २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सरगम भट्टराई

    मेरो मुटुको टुक्रा, यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त थाहा छ/छैन, पोहोर सालको चैतमा तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ । यो तेह्र महिनामा म तेह्र हजार पटक मरेँ हुँला, तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि देख्न नपाएर । मेरो प्यारो छोरा, सिम्बोलिक तस्बिर सिम्बोलिक तस्बिर सन्तानको माया कस्तो हुन्छ भन्ने त यतिबेलासम्म तिमीले थाहा पाईसक्यौ होला नि है ! तिमीले मलाई वृद्धाश्रम लग्ने बेला बुहारी दुई जीउकी थिईन् । आफ्नो मुटुको टुक्रा आफूदेखि अलग हुँदा कति पीडा हुन्छ, त्यो कुरा तिमीले बुझिसक्यौ होला । म पनि तिम्रै यादले गर्दा आजसम्म बाँचेकी छु । एकमुठी स्वास फ़ेर्न सकेकी छु । मलाई आशा छ, म मर्ने बेलासम्म तिम्रो अनुहार हेर्न पाउनेछु । तिमीले मलाई छाडेको वृद्धाश्रममा म अटाइन छोरा । किनकी म भन्दा धेरै दु:खी आमाहरु थिए त्यहाँ । जसको यस संसारमा कोही थिएनन् । मेरो त तिमी छौ, बुहारी छिन् र नाती पनि छ रे भन्ने सुनेकी छु । त्यसैले म आफैँ त्यो तिमीले छाडेको बृद्धाश्रम छाडेर बाहिर सड़क पेटीमा आएँ छोरा । सड़कको जीवन त मलाई त्यति कठोर भएन, जति तिम्रो यादले पीडा भो । तिमी मेरो पेटमा हुँदादेखि मलाई यहाँ छोड्नेबेलासम्म मैले तिमीसँग बिताएका पलहरु ओढेरै बाँचे, तिम्रा मायाहरु खाएरै बाँचे । कहिलेकाहीँ कुनै पवित्र मनले केही खानेकुरा दिँदा पनि मलाई कतै तिमी भोकै पो छौ कि भन्ने पीडा हुन्छ छोरा । आमाको मन कस्तो हुन्छ, एकपटक बुहारीसंग सोध ल, ‘भर्खरै जन्मेको बाबुको तिमीलाई माया कति लाग्छ भनेर ?’ हो छोरा, तिमीले बुहारीको लहलहैमा लागेर मलाई त्याग्यौ, यसमा मलाई केहि दु:ख लागेको छैन । मेरोलागि त तिमीभन्दा अमूल्य सम्पत्ति अरु के नै थियो र ? एक वचन ‘जा’ भनेको भए मेरो जीवन नै तिम्रो नाममा त्यागिदिन्थेँ । किनकि तिम्रो बाबा स्वर्गे भएपछि यो संसारमा तिमीमात्र त छौ मेरो भन्ने । आफूले माया गर्ने मान्छेले दिएका पीडा पनि कति मिठो लाग्दो रहेछ । उपहास पनि सुमधुर हुँदो रहेछ । म सबै यातना चुपचाप सहन तयारै थिएँ । मैले राम्रो लुगा र मिठो खाना पनि त मागेकी थिईन । तर मलाई घरबाट निकाल्ने फ़ैसला गरेछौ । तिम्रो एउटा तस्बिरसम्म भएको भए त्यही हेरेर चित्त बुझाउँथे होला, त्यहि पनि बुहारीले निकालिदिईछिन् । अब त तिमीलाई थाहा भईसक्यो होला आफ्नो सन्तानले गरेको हरेक कुरा सह्य हुन्छ आमा-बाबुलाई होइन र ? मलाई माफ़ गर बाबु, मैले बुहारीलेजस्तै आधुनिक बोल्न जानिनँ । उनलेजस्तै मिठो पकाउन सकिनँ । म सफा सुघ्घर बस्न सकिनँ । मैले कुपोषित शरीरले पाएको सजाय दम र खोकी रोक्न सकिन, म बूढी भएँ । मत खोले खाएर, भुल्ला ओढेर हुर्केकी मान्छे, तिमी सानो छँदा तिमीलाई मागेरै भएपनि मिठो खुवाएर हुर्काएँ । तिम्रो बाबा तिमी पेटमा हुँदादेखि परदेशिएर पाँच वर्षसम्म बेखवर हुँदा पनि मैले तिमीलाई कहिल्यै भोकै राखिनँ । मेरो छाति सिस्नोको खोलेले पनि भरिएकै थियो । रसाएकै थियो । हो बाबु, म धेरैपल्ट मरेर पनि बाँचें । किनकि मलाई भोक लाग्दा तिमी भोकाएको देख्छु । प्यास लाग्दा तिमी तिर्खायौ कि भनेर झस्किन्छु । म पीडाले कराउन सक्दिन छोरा । किनकी म कराउँदा पनि तिमीलाई दुख्छजस्तो लाग्छ । हो छोरा, यो आमाको मन अचम्मको हुने रहेछ । सरगम भट्टराई सरगम भट्टराई पोहोरको वैशाखमा आमाको मुख हेर्ने दिन थियो, सबैका छोरा-छोरी आए, तर तिमी आएनौ । छोरा ठिक गर्यौ, जाबो एक दिन भेटेर अनि मिठो खुवाएर के हुन्थ्यो र ? जाबो एकसरो लुगा दिएर अनि एकपटक आमा भनेर के हुन्थ्यो र कमसेकम देखावटी स्वाङ त पारेनौ ! मलाई थाहा छ, तिमीले मनको एउटा कुनाले पक्कै सम्झ्यौ होला, तर मैले त हरेक स्वास र कसैले दिएको गाँसमा पनि यो शरीर लाश नहुन्जेल सम्झिरहनेछु छोरा । मैले भुलेकि छैन, तिमीले मलाई कति धेरै माया गर्थ्यौ सानोमा । बाटोमा भेटाएको काफलगेडी पनि मलाई दिएरै खान्थ्यौ । मेरो जूठो नखाएसम्म तिमी अघाउँदैनथ्यौ । अहिले सायद माया सकियो होला क्यारे, सकिएपछि यसमा तिम्रो के दोष होइन र ? बाँकी नै नभएपछि त के दिनु है ? हो छोरा, यो स्वार्थी संसारमा तिमीमात्र होइन, धेरै यस्ता छोराछोरी छन रे अचेल । त्यसैले सूर्ता नमान्नू है, बरु आफ्नो ख़्याल राख्नु । तिमीले कहिल्यै समयमा खाना खाँदैनथ्यौ । मैले हरेकचोटी मुटु धड्किदा तिमीलाईबाहेक अरुलाई सम्झिन्न । मेरो यो संसारमा अरु को नै छ र छोरा ? तिमीलाई पक्कै दिनभरि बाडुली लाग्दा कति गाह्रो हुँदो हो है, के गर्नु छोरा मेरो यति अधिकार त नखोस न है । म सायद धेरै बाँच्दिन होला छोरा, तिमीलाई थाहा छैन होला भोको पेटमा बोरा ओढेर सड़कसंग सुत्नुको पीडा कस्तो हुन्छ भनेर । हिजो हाम्रो फुसे घरको छानु पुसे झरीमा चुहिँदा मेरो छाती ओढाएरै तिमीलाई बचाएको कुरा तिमीलाई थाहा छैन छोरा । मेरो छोरा, अब त नाती पनि बाबा-मम्मी भन्ने भयो होला । तिमीहरुले ठिक गर्‍यौ मलाई घरबाट निकालेर । नत्र नातीले भोलि जान्ने भएपछि बुहारीले मलाई गरेको माया देखेर त्यहि सिको गर्ने थियो, अनि तिमीहरुलाई भोलि बुढेसकालमा मैलेजस्तै सडकको या वृद्धाश्रमको बास बस्नुपर्ने हुन के बेर ! आफ्नै सन्तान सडकमा भीख मागेको म हेर्न सक्दिन छोरा । म आफू जस्तोसुकै पीडा खप्न तयार छु, तर तिमीलाई सडकमा बोराभित्रको जिन्दगी बाँचेको हेर्न त के कल्पनासम्म गर्न सक्दिन । बुहारीको मन पनि नदुखाउनु है छोरा । उनी पनि कसैकी छोरी हुन्, मैले तिमीलाई जन्माउँदाजस्तै पीडा सहेर जन्माए-हुर्काएकी । हेरन, आफ्ना सबै आफन्त छाडेर सर्वस्व तिमीलाई नै सुम्पेकी छिन् । अन्तमा आज फेरि आमाको मुख हेर्ने दिन भन्ने सुनेकी छु, शरीरभरिका घाउहरु र अन्तर्मनका घाउहरु बेजोड़संग दुखिरहेका छन् । तिम्रो बाटो हेर्दा र्दै मेरा आँखा थाकिसकेका छन् । मैले कालसंग पनि दयाको भीख मागेकी छु, मर्नुभन्दा अघि केवल एकपल्ट तिमीलाई हेरेरै मर्ने रहर छ । मलाई दागबत्ती दिनुपर्दैन छोरा बरु भोकाएका गिद्ध र स्यालहरुलाई खान दिनु । किनकी भोकको पीडा कस्तो हुन्छ, तिमीलाई भन्दा मलाई थाहा छ । तिमी जहाँ भएपनि काँडाले नघोचोस् । कुनै रोगले नभेटोस् । अर्को जन्म हुनेरहेछ भने तिमीलाई मेरै कोखमा जन्माउन पाऊँ, किनकी तिमीलाई मैले गर्ने मायाको धीत मरेकै छैन । तर मलाई अर्को जन्ममा घरबाट ननिकाल्नु है । बाटो पारी तिमीजस्तै अनुहार देखिरहेकी छु, तिम्रो आगमन महशुस गरिरहेकी छु छोरा । आमा हुँ नि म । मलाई थाहा छ, तिमी दुनियाँको लाजले होइन, मेरै मायाले डोहोर्‍याएर आउँदैछौ । तर मेरो एक मुठी प्राण जानै लाग्यो छोरा । कहीँ कतै मलाई मरेकै देख्यौ भने पनि आँसु नझार्नु है, म मेरो आफ्नै मुटुको टुक्रा रोएको देख्न सक्दिन । बस् मलाई एकपटक आमा मात्र भन्नु, मेरो आत्मले शान्ति पाउनेछ । अर्को जुनीमा भेट्ने आशामा मृत्यु कुरिरहेकी छु ….।

    उही तिमीलाई माया गर्ने आमा !

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.