×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भूकम्पले भत्काएकै घरमा सर्दै मान्द्रेबासी

  •  
  • आइतबार, बैशाख १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो : गोरखाको बारपाक २ स्थित मान्द्रे । भूकम्पले ज्यान गुमाएका आफन्तलाई घरमै गाडेर परिवारका अन्य सदस्य अन्यत्रै स्थानान्तरण भएका थिए। तस्बिर: शिवप्रसाद उप्रेती

    भूकम्पको एक वर्ष
    बारपाक (गोरखा): ‘पुरानै घडेरीमा सरौं भने मान्छे गाडेको छ। नसरौं भने महिनाको पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ’, भूकम्पमा परी मृत्यु हुने बारपाक २ मान्द्रेका दलबहादुर गुरुङकी छोरी लालमायाले आफ्नी आमा र भाइबहिनीको अप्ठेरो सुनाइन्।
    लालमायाको त बिहे भइसक्यो। उनकी आमा, १६ वर्षीया बहिनी र १४ वर्षीय भाइ छन्। एक वर्षसम्म अर्काको बारीमा पाल टाँगेर बसेका उनीहरू अहिले भाडा तिर्न नसकेर त्यही पुरानो आफ्नै घडेरीमा फर्केका छन्। उक्त भग्नावशेष घरको पिँढीमा दलबहादुरसहित आफन्त कलबहादुर, रस्मिता, कान्छी र काली गुरुङका शव गाडिएका छन्।
    दलबहादुरको गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएपछि परिवारका अरू सदस्य गाउँभन्दा तल बारीमा सरेर बसेका थिए। ‘पुरानो घरको काठपात पनि चोरिने डर भयो । यहाँ पालमुनि बस्दा साह्रै दुःख पनि भयो। त्यसैले आमा र भाइबहिनी बुबालाई गाडेकै घरमा सरेका छन्’, लालमायाले भनिन्, ‘तर त्यो ठाउँ चिरिएको छ।
    बर्खामा पानी पर्दा डाँडै दरौंदी नदीमा खस्लाजस्तो छ ।’ जोखिम मोलेर ६ सात घर पुरानै थलोमा सरेको उनले बताइन्। भूकम्पले भत्काएको घरले चेपेर दलबहादुरको मृत्यु भएको थियो। उनका परिवारका सदस्य बस्दै आएको बारीका साहूले टहराको मासिक भाडा उठाउन थालेका छन्।
    भूकम्पले चिल्लीबिल्ली पारेपछि एक वर्षदेखि मान्द्रेका ७८ घर विस्थापित छन् । उनीहरूमध्ये ३० घरपरिवार अर्काको मकैबारीमा भाडा तिरेर बसेका छन् । उनीहरूलाई अब कहाँ घर बनाउने भन्ने थाहा छैन।
    लालपुर्जा नभएकाले घर बनाउन सरकारले दिने खर्च पनि पाउने कि नपाउने भन्ने अन्योल छ । ‘पुरानो घर भएको ठाउँ चर्चरी चिरिएको छ । अलि ठूलो पानी पर्‍यो भने पहिरिन्छ । अघिल्लो बर्खामै जान्छ कि भनेको, धन्न टिकेछ’, स्थानीय शिक्षिकासमेत रहेकी लालमाया भन्छिन्, ‘अरू ठाउँमा लालपुर्जा छैन।
    लालपुर्जा नहुनेले पैसा पाउँछन् कि पाउँदैनन् ? पैसा लिए पनि घर कहाँ बनाउने हो भनेर छाप्रामा बस्नेहरू अन्योलमै छन्।’भूकम्पले लाप्राकका ६ सय १६ घरधुरीको उठीबास लगाएको एक वर्ष पूरा भएको छ।
    भत्केको घरले पुरेर बचेको झिटीगुन्टा बोकेर उनीहरू दुई घन्टामाथिको गुप्सीपाखामा पुगे। सरकार तथा गैरसरकारी संस्थाले दिएको त्रिपाल टाँगेर त्यहीं बसोबास गर्न थाले । उनीहरूले पहिरोको डरैडरमा बर्खा काटे। फेरि बर्खा लाग्दैछ। अझै घर कहाँ बनाउने र कहिले बनाउने भन्ने अन्योल भएपछि उनीहरू पुरानै भत्केको घर मर्मत गरेर बस्न जान थालेका छन्।
    ‘सरकारको मुख ताक्दाताक्दा एक वर्ष बित्यो। त्यही भएर गाउँलेहरू पुरानै घरको गारो उभ्याएर बस्न जान थालेका छन्’, स्थानीय राज गुरुङ भन्छन्, ‘एक वर्षअघि पाएको पाल च्यातिएर धुजाधुजा हुन थाल्यो। बरु भत्केको गारो उभ्याएर बस्नु राम्रो भनेर गाउँले पुरानै थलोमा जान थालेका हुन्।’ तीन भागमा दुई भाग पुरानै थलोमा फर्किएको र एक भागमात्र गुप्सीमा बसेको उनले बताए।
    सरकारले भने पुरानो थलोमा नफर्कन कडा निर्देशन दिएको छ । पहिरोको उच्च जोखिममा रहेकाले पुरानो थलोबाट २०५६ सालमा नै बासिन्दालाई स्थानान्तरण गर्न भूगर्भविद्ले सुझाव दिएका थिए । भूकम्पले सबै घर भत्काइदिएपछि गाउँले स्वतः स्थानान्तरण भएकाले सरकारलाई सजिलो भएको थियो।
    ‘तर त्रिपाल पनि च्यातियो । सरकारले पनि ढिलासुस्ती गर्‍यो । फेरि गाउँलेको खेतीपाती पनि तल्लै गाउँमा छ। त्यही भएर तल्लो गाउँमै फर्केका हुन्’, स्थानीय राजनीतिक परामर्श समितिका प्रतिनिधिसमेत रहेका राज भन्छन्, ‘तल्लो गाउँमा बिजुली छ, माथि छैन। तल्लो गाउँमा मोबाइल टावर टिप्छ, माथि टावर पनि टिप्दैन ।’
    युवाले गुप्सी मन पराए पनि बुढापाकाले पुरानो थलो छोड्नै नचाहेको उनले सुनाए।गैरआवासीय नेपाली संघले सबैका दुईकोठे घर बनाइदिने भने पनि सरकारले स्वीकृति नदिँदा अहिलेसम्म काम सुरु हुनसकेको छैन।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.