×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

वैशाख १२ को भूकम्पले धेरै सिकायो बारपाकीलाई

  •  
  • शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती
    बारपाक (गोरखा): गत वर्ष वैशाख १२ को भूकम्पको इपिसेन्टरका बासिन्दा बारपाकी धेरै कुराको चेत खुलेको त्यसको वर्ष दिनपछि सम्झन्छन्। एक वर्षमा बारपाकीले धेरै देशका धेरैथरी मान्छे देखे। सरकारी मान्छे, एनजीओ, आईएनजीओका मान्छे देखे। धेरै देशका पत्रकार र विज्ञको संगत गरे।
    अहिलेसम्म नखाएको खाए, अहिलेसम्म नचिनेको मान्छे चिने। अहिलेसम्म नलगाएको लगाए, नओढेको ओढे, नओछ्याएको ओछ्याए । धेरै अनुभवबाट धेरै कुरा सिकेको स्थानीय सन्तबहादुर गुरुङको भनाइ छ।
    ‘भूकम्पले धेरै नराम्रो गर्‍यो तर नराम्रोसँगै धेरै सुरुआत भएको छ’, स्थानीय धर्तीमान घले भन्छन्, ‘अब बारपाकमा सानोतिनो भुइँचालोले भत्किने कच्ची घर बन्नेछैनन्। आफ्नो गाउँ आफैं बनाऊँ भन्ने धेरै युवाको मनमा छ । गाउँमा आए भने सबैले देख्न सक्छन् । कति नयाँ कामको सुरुआत भएको छ।’ धेरैले ढलान गरेर पक्की घर बनाइसकेको उनले बताए।
    भूकम्पले बारपाकमा मात्र ७२ जनाको घरगोठमै चेपिएर मृत्यु भएको थियो । १४ सय ७० घरधुरी तहसनहस भए । ठूलो दुःखको कुरा हो तर जति बाँचेका छन् उनीहरूले भुइँचालोपछि धेरै कुरामा पाठ सिकेको बताउँछन्।
    धर्तीमानका अनुसार अहिले बारपाकमा एक तिहाइ घर बनिसकेका छन् । अब बनाउनेले पनि पक्की बनाउने तयारी गरिरहेका छन् । ‘पिलर राखेर बनाइएका घरहरू भुइँचालोमा पनि जस्ताको तस्तै छन्। त्यो देखेर गाउँलेले पक्की घर बनायो भने नभत्कने रहेछ भनेर सिकेका छन्’, उनले भने, ‘अहिले जति पनि घर बनेका छन्, पिलर राखेर र ढलान गरेर बनिरहेका छन्।’
    एक वर्षयता बारपाकीमा आनीबानी र व्यवहार पनि परिवर्तन भएको उनले बताए । ‘कुन मान्छे कति बेला मर्छ, थाहा छैन । किन नराम्रो बोल्ने, नराम्रो गर्ने? किन झैझगडा गर्ने भन्ने सबैले भन्न थालेका छन्’, उनले भने, ‘त्यसैले हातेमालो गरेर हाँसीबोली गर्नुपर्छ भन्ने सबैबाट सुन्न पाइन्छ।’
    गाउँलेहरू महिनामा दुईपटक गाउँ सरसफाइमा जुट्ने गरेको पनि उनले बताए । आफ्नो गाउँ आफैं बनाऊँ भन्ने उद्देश्यले बिहीबार शुभकामना केन्द्र, सफलता केन्द्र र जागृति महिला समूहले टोलको सरसफाइ गरेका छन्।
    अरूको मुख ताकेर हुँदैन, आफ्ना लागि आफैं नजुटी हुँदैन भन्ने पाठ एक वर्षयता सिकेको स्थानीय शेरबहादुर घले बताउँछन् । उनी भन्छन्, ‘हेर्नुस्, गाउँलेले सरकारको मुख ताकेर पालभित्रै बर्खा काटे। पालभित्रै हिउँदको हिउँ खाए । तर अहिले अब अर्काको मुख ताकेर हुँदैन।
    आफ्नो काम आफैंले गर्नुपर्दो रहेछ भनेर धमाधम घर बनाइरहेका छन्’, भूपू भारतीय सैनिक रहेका उनले भने, ‘अहिले बनाएका घर धेरैजसो पक्की छन् । कोही कच्ची छन् तर भत्केर मान्छे मार्ने खालका छैनन्।
    तिनीहरूले पनि सकेको बेला पक्की नै बनाउँछन्। तर सरकारको र विदेशीको मुख ताकेर कोही बसेको गाउँमा पाउनुहुन्न । यसमा हामी गर्व गर्छौं ।’ दिन्छुदिन्छु भनेर नदिने सरकारलाई गाउँलेले पुरुषार्थ देखाइदिएको उनको भनाइ छ।
    अरूको मुख ताकेर हुँदैन, आफ्ना लागि आफैं नजुटी हुँदैन भन्ने पाठ एक वर्षयता सिकेको स्थानीय शेरबहादुर घले बताउँछन्।
    अहिले कसैले पनि पहिलेझैं भीरको मुखमा घर नबनाएको उनले बताए।सरकारी तथा गैरसकारी संस्थाहरूले घर बनाउने तरिका सिकाइदिए । महिलाले पनि काम गर्न सक्छन् भनेर महिलालाई समेत निर्माण मजुदर बनाइदियो। ‘धेरै नयाँ कुरा भएको छ यहाँ’, सन्तबहादुर गुरुङ भन्छन्, ‘घर बनाउने काममा महिला कति धेरै खटिएका छन् हेर्नुस् त? ‘
    उनले भने, ‘घरमात्र होइन, यसअघि गाउँभित्रको बाटो मान्छे हिँड्नमात्र मिल्ने साँगुरो थियो। डब्लूएफपीले काम गरेर चामल पाउने भनी काम लगायो । अहिले हाम्रो गाउँ भित्रभित्र मोटर जान्छ।
    बिरामी लिन एम्बुलेन्स जाने भएको छ। ढुंगा, गिटी, बालुवा, रड, इँटा बोकेर ट्रक र ट्याक्टर जान्छन् । नल, पराल, मल, घाँस, दाउरा बोकेर पनि घरघरमा लान पाइएको छ । कति सुविधा भएको छ।’
    भूकम्पले घर नभत्काइदिएको भए गाउँभित्र बाटो लान कसैले जग्गा नदिएको भन्दै उनले भूकम्पले धेरै कुरा नराम्रो गरे पनि राम्रो सुरुआत पनि भएको बताए।
    अहिले गाउँलेहरू आयआर्जनमा पनि धेरै लागेका छन्।
    बाख्रापालन, भेडापालनमात्र गर्ने गाउँलेले भूकम्पपछि बंगुरपालन गर्न थालेको सन्तबहादुर बताउँछन्। ‘पहिले गुरुङ, घलेले सुँगुर पाल्न पनि हुन्न, खान पनि हुन्न भन्ने गरिन्थ्यो’, उनले भने, ‘अहिले धमाधम व्यावसायिक रूपमा बंगुरपालनमा मान्छेहरू लागेका छन्। एकैजनाले दुई सय, तीन सयवटा बंगुर पाल्ने भनेर खोर बनाइरहेका छन्। २०-२५ वटा पाल्ने त धेरैजना भइसके। मेरो पनि छ।’
    गाउँमा निर्माणको काम धेरै भएपछि वैदेशिक रोजगारीमा गएकाहरू पनि फर्कन थालेको उनले बताए। ‘यति धेरै घर बनाउनुछ। दिनको ज्याला एक हजार ५० रुपैयाँ पाउँछन्।
    आफ्नै गाउँमा काम पाइने, राम्रै कमाइ हुने भएपछि अहिले त विदेशमा गएकाहरू पनि धमाधम फर्केका छन्’, गाविसका कर्मचारीसमेत रहेका उनले भने, ‘बारपाकी पहिले पनि राहत पर्खेर बसेनन्। अहिले पनि कोही राहत पर्खंदैनन् । बारपाकी त धेरै स्ट्यान्डर्ड छन् । हेर्नुस्, गोरखा बजारको भान्सामा पाकेको खानेकुरा यहाँको भान्सामा पाक्छ।’
    एक वर्षयता जति ठूला मान्छे आए पनि वास्ता नगरी आफ्नो काम गरिरहने बानी परेको अर्का स्थानीय आसबहादुर घले बताउँछन् । ‘राष्ट्रपति आए, प्रधानमन्त्री आए । मन्त्री त कति आए कति। उनीहरू आउनेजाने गरिरहन्छन्। तर हाम्रो काम छाड्नु हुन्न भनेर आजभोलि त सबै आफ्नै काम गरिरहन्छन्।
    पछि लागेर हिँड्दैनन्’, उनले भने, ‘राजनीति गर्ने मान्छे मात्रै त्यस्ताको पछि लाग्छन् ।’ त्यसरी आउनेबाट विकृति पनि आउँछ कि भनेर बारपाकी धेरै सचेत रहेको उनले बताए।
    महिलाहरूले पनि सहयोगी संस्थाको सहयोगबाट विभिन्न खालका तालिम सिकिरहेको अर्की स्थानीय रोशनी घले बताउँछिन् । पहिले बख्खु, झोलालगायत ऊनका सामग्री बनाउन जान्ने महिलालाई सरकारी र विभिन्न गैरसरकारी संस्थाले स्विटर, टोपी, चप्पलजस्ता विभिन्न सामग्री बनाउन सिकाएको उनको भनाइ छ।
    ‘बारपाक जाग्दैछ। महिलापुरुष सबै जाग्दैछन्’, रोशनीले भनिन्, ‘एक वर्षयता धेरै दुःख पनि पाइयो। यहाँको धेरै प्रचारप्रसार भयो । त्यही दुःखबाट अहिले धेरै नयाँ कुरा सिक्दैछौं।’ बिस्तारै बारपाक उठिरहेको उनको भनाइ छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.