×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘यस्तो बनाउनेलाई कारबाही गर्नुपर्दैन ?’

  •  
  • सोमबार, बैशाख ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    द्वन्द्वकालमा माओवादी कार्यकर्ताद्वारा घाइते बनाइएका लमजुङ, सिम्पानी–६ पामचोकका मीनबहादुर भण्डारी आइतबार स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएपछि बैसाखी टेकेर घर फर्कँदै ।

    वैशाख ६, २०७३- स्थानीय शान्ति समितिमा आइतबार उजुरी दिएपछि सिम्पानी–६, पामचोकका मीनबहादुर भण्डारीले भने, ‘अब उनीहरूलाई कारबाही होला । राहत पनि पाउँछु होला नि !’

    पार्टीलाई नसघाएको आरोपमा ०५८ भदौ २५ गते काम सकेर घर फर्कँदै गर्दा माओवादी कार्यकर्ताले कुटपिट गरेर घाइते बनाएको उनले बताए । ‘घेरा हालेर कुटे । बायाँ खुट्टा खुकुरीले काटे । बायाँ हात भाँचियो । करङ र फोक्सोमा असर परेकाले स्टिलपाता राखिएको छ,’ ६० वर्षीय भण्डारीले भने, ‘यस्तो बनाउनेलाई कारबाही गर्नु पर्दैन ?’

    सत्र दिनपछि होसमा आएका उनी ९ महिना अस्पताल बसे । ‘उपचारमा ५ लाखभन्दा बढी खर्च भयो, अढाइ लाख जति खर्च सरकारले बेहोर्‍यो । बाँकी ऋण छ । सरकारले भरिदिनुपर्‍यो,’ उनले भने । घरजग्गा धितो राखेर ऋण तिर्न अचेल उनी बैसाखीको सहारामा मालपोत, नापी र सहकारी कार्यालय धाइरहेका भेटिन्छन् । पटक–पटक द्वन्द्वपीडित भनेर निवेदन दिए पनि सूचीमा नपरेको उनले बताए ।

    द्वन्द्वपीडितका नाउँमा ०६१ सालमा दुई किस्ता गरी ९ हजार र ०६२ मा एकमुष्ट ६ हजार रुपैयाँ पाएको उनले बताए । स्थानीय शान्ति समितिको कार्यालयले पछिल्लो समय उनको नाम केन्द्रीय कार्यदलमा सिफारिस गरेको कार्यालयका सचिव किरण लामिछानेले बताए ।

    त्यस्तै, बाँझखेत–७, डाँडागाउँका कुलबहादुर थापालाई ०६२ असोज १६ गते बेसीसहरबाट घर फर्कने क्रममा माओवादीले बेपत्ता बनाएको छोरी सुशीला थापाले बताइन् । उनले पनि आइतबारै उजुरी हालेकी छिन् ।

    कुलबहादुर बाँझखेत गाविसका पूर्वउपाध्यक्ष एवं एमाले कार्यकर्ता हुन् । शान्ति समिति कार्यदलले गरेको सिफारिसमा उनी द्वन्द्वमा बेपत्ताको सूचीमा छन् । सुशीलाले भनिन्, ‘अब त सास वा लास दिनुपर्छ, कति दिन कुर्ने ?’

    चन्द्रेश्वर–८, पिरिन्तेबेसीका कृष्णहरि नेउपानेलाई ०५६ कात्तिक १४ गते तनहुँ बाइसजाँगरबाट सुरक्षाकर्मीले माओवादीको शंकामा पक्राउ गर्‍यो । ‘घटनापछि आईसीआरसीमा उजुरी गरियो, अहिलेसम्म अत्तोपत्तो छैन,’ उजुरी हालेर फर्कँदै गरेका साढुभाइ कृष्णप्रसाद अधिकारीले भने, ‘राज्यले आफ्ना नागरिक कहाँ छन् भनेर जानकारी दिनुपर्छ ।’ उजुरी दिन लगाउने, परिवारलाई राहत पनि नदिने र पीडकलाई कारबाही पनि नहुने हो भने फेरि द्वन्द्व निम्तिन सक्ने उनको चिन्ता छ ।

    स्थानीय शान्ति समितिका सचिव किरण लामिछानेका अनुसार बिहान ७ देखि साँझ ६ बजेसम्म र बिदाको दिन पनि उजुरी लिने गरिएको छ ।

    उनका अनुसार जिल्लामा द्वन्द्वको समय १ सय ५१ जनाको ज्यान गएको छ । १६ बेपत्ता पारिएका छन् । यीमध्ये १४ राज्य र २ विद्रोही पक्षले बेपत्ता बनाइएका हुन् ।

    बेपत्ता भएका ९ जनामा ७ जनालाई कार्यदलले सूचीकृत गरेको छ भने २ जनाको बाँकी छ । केन्द्रीय कार्यदलले १ सय १० जना घाइते अपांगतालाई सूचीकृत गरे पनि ६४ जना बाँकी छन् ।

    ७७ को अपहरण भएको छ । बाँकी ९९ जना सूचीकृत भएका छैनन् । ९३ विस्थापित सूचीकृत छन्, ८८ जना थप हुन बाँकी छ । १ सय २३ जनाको सम्पत्ति लुटिएको कार्यदलको सूचीमा छ ।

    १ सय ५१ जना जेल/हिरासतमा परेका छन् । जनआन्दोलन ०६२/६३ मा घाइते ६ जना थप गर्नुपर्ने लामिछानेले बताए ।

    त्यतिबेला जिल्लाको ६१ गाविसमध्ये ५९ वटामा क्षति पुगेको थियो । चार प्रहरी चौकी र ८ सरकारी कार्यालयमा क्षति पुर्‍याएको उनले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.