×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

उपचारका नाममा तातो झिर

  •  
  • आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :गोरखा बिही गाउँका बासिन्दा । यो गाउँमा शरीरमा जुनसुकै रोग लागे पनि तातो झिरले पोलेर उपचार गर्ने अन्धविश्वास छ । तस्बिर: शिवप्रसाद उप्रेती
    बिही (गोरखा): राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरू खोल्ने प्रतिस्पर्धा नै छ तर यही देशको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिरले पोलेर उपचार गर्ने कहालीलाग्दो अन्धविश्वास छ ।
    स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही २ का टसी नुर्बु घरको तला उक्लिँदा भर्‌याङबाट लडे । उनको देब्रेपट्टिका एकजोर करङ भाँचिए । गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी थिएनन् । प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्मा गाउँका धामीले पाए ।
    धामीले फलामे झिर तताए । अनि दुखेको ठाउँ पत्ता लगाएर छेडे । दुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो । घाउ ठूलै भयो । पीडा कति भयो भने भाँचिएको ठाउँ दुखेको बिरामीले पत्तै पाएन, पोलेको ठाउँमात्र दुखेको महसुस भयो । करङ त जोडिने कुरै भएन । केही सातापछि पहिलेभन्दा दुख्नचाहिँ आफैं कम भयो । उनको पोलेको घाउ भने अझै निको भएको छैन ।
    बिही २ कै हुर्से डोल्मालाई जिउ दुख्ने रोग लाग्यो । ‘ढाड र कम्मर खुबै दुख्यो । काम गर्नै नसक्ने गरी ज्यान दुख्यो । अनि ढाडको ठाउँठाउँमा आगोले पोलें’, नेपाली भाषा बोल्न नजान्ने हुर्सेको भनाइ उद्धृत गर्दै स्थानीय तेन्जिन लामाले सुनाए, ‘तलजस्तो यहाँ डाक्टर छैनन् । जहाँ दुख्छ, त्यहाँ पोल्छौं । यसो नगरे के गर्ने ? ‘
    अर्की वृद्धा दोर्जे साङ्मोको पनि शरीरभरि पोलेको खत छ । टाउको दुख्ने, निद्रा नलाग्ने, आँखाबाट आँसु झरिरहने समस्या भयो । धामीले उपचार गराउन भन्दै उनको ज्यानभरि ठाउँठाउँमा पोले । अहिले ज्यानभरि पोलेको डाम बसेको उनी बताउँछिन् । ‘धामीले खास ठाम पत्ता लगाएर एकप्रकारको जडीबुटी राखेर आगो सल्काइदिने चलन छ । यसो गर्दा बेथा निको हुन्छ ।
    पोलेको घाउ निको हुनचाहिँ एकडेढ महिना लाग्छ’, नेपाली भाषा नजान्ने उनको भनाइ तेन्जिङले सुनाए, ‘पोल्दापोल्दै सहनै नसक्ने गरी दुख्छ । पोलेको दुखाइले रोगको दुखाइ कम गराइदिन्छ ।’ ज्यान पोल्ने आगो पनि फलाम र दर्सनढुंगा ठोकेर निकालिन्छ । ‘एकदम पोल्छ । बिरामी छट्पटिन्छ । अनि केही बेरपछि होस आएजस्तो हुन्छ । त्यतिबेला सबै रोग निस्केर गयो भन्ने विश्वास छ’, तेन्जिङले भने ।
    आफू सानो छँदा घाउ निको बनाउन भन्दै हातमा झिर गाडिदिँदा अहिलेसम्म हात बांगाको बांगै भएको बिही ९ का नवीन गुरुङ बताउँछन् । ‘सात महिनाको हुँदा हातमा पिलो आयो’, कुहिनाको खोपिल्टो देखाउँदै उनले भने, ‘पिलोको खिल निकाल्ने भनी जान्नेले फलामको सुइरो तताएर गाडेछन् ।
    यी हेर्नुस्, यताबाट गाडेर उता निकालेको प्वाल अहिलेसम्म पनि छ ।’ केही समयपछि पिलो निको भए पनि हात नसोझिएको उनले बताए । गाउँमा चेतना र आधुनिक स्वास्थ्यसेवाको पहुँच नहुँदा बिहीका मान्छे अहिलेसम्म पनि अन्धविश्वासको सिकार भइरहनुपरेको उनले बताए ।
    सदरमुकामबाट ४६ कोस टाढा हिमालपारि रहेको बिही गाविसमा मात्र नभै प्रोकमा पनि यो चलन रहेको त्यहाँका पेमाडुन्डुप लामा बताउँछन् । ‘मैले पनि दुईतीन फेर पोलेको छु’, उनी भन्छन्, ‘यता त यस्तोमा एकदम विश्वास गरिन्छ । के गर्ने त, तलजस्तो मलम, पट्टी र सुई लगाउने डाक्टर छैनन् ।’
    कसरी पोलिन्छ ?    
       
    जंगलमा एक प्रकारको जडीबुटी पाइन्छ । स्थानीय तिब्बती भाषामा त्यसलाई ‘प्र’ भनिन्छ । स्थानीय बासिन्दालाई टाउको दुख्ने, ज्यान दुख्ने, हातखुट्टा मर्किने, भाँच्चिने, निद्रा नलाग्ने, खान मन नलाग्नेजस्ता विभिन्न रोग लाग्यो भने धामीले पोलेर उपचार गर्छन् ।
    धामीले चकमकबाट आगो पार्छन् । त्यो आगोले प्र नामको बुटी जलाउँछन् । बुटी चुरोटको खिल्लीजत्तिको लामो हुन्छ । खास ठाउँ पत्ता लगाई धामीले जलिरहेको बुटी गाड्छन् । छाला जल्छ । कलिलो मासु पनि करिब डेढदुई इन्च गहिरोसम्म जल्छ ।
    रोग भएको ठाउँसम्म आगोको जलन पुगेपछि बुटीको फेद प्वाट्ट आवाज आउँछ र उफ्रिएर जान्छ । खास ठाउँ पत्ता लागेन भने फेरि दोहोर्‌याएर पोल्नुपर्छ । एकै दिनमा दुई ठाउँमा पोल्दा बिरामीले सहन सक्दैन । त्यसैले पर्खेर फेरि भोलिपल्ट पोल्नुपर्छ । यसरी पोल्दा नरम मासुमा चक्कु हानेजस्तो गरी दुख्ने गर्छ ।
    गाईबस्तुको हाड भाँचिएमा, भीरबाट ढुंगा खसेर घाइते भएमा भने हँसिया तताई रातो बनाएर गाड्ने चलन छ । यसो गर्दा मर्केको, भाँच्चिएको दुईतीन सातामा ठीक हुन्छ भन्ने अन्धविश्वास छ भने पोलेको घाउ ठीक हुन तीनचार महिनासम्म लाग्छ ।
    मान्छेलाई बुढेसकाल लागेर निद्रा नलाग्ने, खान मन नलाग्ने, आँखामा आँसु आउने समस्याले सतायो भने टुप्पीमा आगो लगाउने चलन छ । टाउकाको बीचमा हाड भेट्ने गरी पोलेपछि यस्तो समस्या समाधान हुने स्थानीयको विश्वास छ ।
    स्वास्थ्य सेवाको अभाव
    बिहीमा स्वास्थ्यचौकी छ तर स्वास्थ्यकर्मी छैनन् । गाउँमा कहिल्यै स्वास्थ्यकर्मी नबसेको स्थानीयको गुनासो छ । अहेव तहको स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचार सेवाबाट पनि गाउँले वञ्चित भएको स्थानीय नवीन गुरुङको भनाइ छ । ‘हाम्रो गाउँमा कहिल्यै स्वास्थ्यकर्मी बस्दैनन्’, गुरुङ भन्छन्, ‘डाक्टर पनि छैनन् । चेतना पनि छैन । गाउँलेहरू उहिल्यैदेखि ज्यानमा आगो लगाएर सबै बेथाको उपचार गरिरहेका छन् ।’ अन्धविश्वासले गर्दा गाउँलेको ज्यान खतरामा रहेको उनले गुनासो गरे ।
    भरोसा लाग्ने उपचार गर्ने मान्छे नभएपछि गाउँले परम्परागत उपचार प्रणालीकै पछि लागिरहेको बिही घर भई हाल प्रोक बस्ने पेमाडुण्डुप लामा बताउँछन् । सहरबजारको जस्तो स्वास्थ्य सेवा नपाउँदा तान्त्रिकहरूले तातो फलाम जिब्रोले चाटेर फुक्ने गरेको उनले बताए । ‘कहिले हाम्रो ज्यान पोलेर ओखती गर्छ । कहिले उसैको जिब्रो पोलेर गर्छ’, उनले भने ।
    विभिन्न गाउँमा विभिन्न परम्परागत उपचार पद्धति रहेको हुन्छ भन्दै जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारी जोखिमपूर्ण स्वास्थ्य सेवा रोक्नुपर्ने बताउँछन् ।
    बिहीका लागि दुईजना स्वास्थ्यकर्मी खटाएको भन्दै उनले उनीहरू गाउँमा गएनगएबारे बुझ्ने बताए । उनका अनुसार क्यान नामको गैरसरकारी संस्थाका कर्मचारी भने त्यहाँ बसिरहन्छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.