×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गीत–संगीत रोयल्टी: कानूनी लडाइँको तयारी

  •  
  • बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन्त गाहा मगर  

     

    १६ फागुन २०७२ मा संगीतकार संघ नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, गीतकार संघ नेपाल, प्रस्तोता समाज नेपाल र सांगीतिक संघ नेपालले नेपाली यूट्यूब च्यानल सञ्चालकहरूलाई चेतावनीयुक्त पत्र पठाए।

    पत्रमा ‘सर्जक र निर्माताको अनुमति विना यूट्यूबमा कुनै पनि रचना अपलोड नगर्न, गरिसकेको भए १५ दिन भित्र सच्याउन, नत्र कानूनी कारबाहीको भागीदार हुन” भनिएको थियो। म्यूजिक नेपाल, हाइलाइट्स नेपाल, बूढा सुब्बा म्यूजिक सेन्टर, संग्स नेपाल, हनी इन्टरटेनमेन्ट, पीएनपी मिडिया हाउस लगायत च्यानलहरूलाई पठाइएको पत्रको बोधार्थ व्यवस्थापिका संसद् अन्तर्गतको विकास समिति, विभिन्न मन्त्रालय, प्रशासन, प्रहरी र प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयलाई बुझाइएको थियो। च्यानल सञ्चालकहरूले पटकपटकको आग्रह अवज्ञा गरेपछि स्रष्टाहरू यस्तो पत्र लेख्न बाध्य भएका हुन्।

    letter

    स्रष्टाको पत्रकै आधारमा २ चैतमा बसेको संसद्को विकास समिति बैठकले प्रतिलिपि अधिकार हनन् गरेका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको थियो। ‘प्रतिलिपि अधिकार ऐन, २०५९ को प्रावधान कार्यान्वयन तथा प्रभावकारी समन्वय गर्न र ऐन पालन नगर्ने व्यक्ति, संघ, संस्थाउपर कडाइका साथ दण्ड जरिवाना वा अन्य कारबाही प्रक्रियाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समिति विशेष निर्देशन गर्दछ’, समितिको निर्देशन थियो।

    तर, यी च्यानलहरूले स्रष्टासम्बद्ध संस्थाहरूको १५ दिने समयावधिलाई त टेरेनन् नै, विकास समितिको निर्देशनसमेत नसुने झैं गरिरहेका छन्।

    त्यति मात्र होइन, विकास समितिले ‘रचनाकार, संगीतकार, गायक र लेखकहरूले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार आफ्ना सृजना प्रयोग भएबापत पाउनुपर्ने रोयल्टी, पारिश्रमिक प्रयोगकर्ताबाट उठाई सम्बन्धित स्रष्टाले पाउने व्यवस्था मिलाएर त्यससम्बन्धी प्रगति विवरण सम्बन्धित निकायमार्फत प्रत्येक तीन/तीन महीनामा आफूकहाँ पठाउन’ समेत निर्देशन दिएको छ। समितिको निर्णयमा भनिएको छ, ‘…नवीन प्रविधिको प्रयोग समेत गर्दै समयानुकूल यथोचित व्यवस्था गर्न एवं रोयल्टीको प्रक्रियामा संलग्न नरहेका/नआएका प्रयोगकर्ताहरूलाई समेत प्रक्रियामा ल्याउन समिति सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका निकायहरूलाई निर्देश गर्दछ। ऐनको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी संगठन भित्र एउटा प्रतिलिपि अधिकार प्रहरी इकाई गठन गरी कार्यान्वयनमा ल्याउनका लागि समिति गृह मन्त्रालयलाई निर्देश गर्दछ।’

    प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्वयन गर्ने निकाय नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय हो। तर, कलाकारको रोयल्टीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत गम्भीर हुनुपर्ने देखिन्छ।

    “रोयल्टीसँगै एक महीनाभित्र स्रष्टासँग सम्बद्ध नीतिगत समस्या र योजना प्रस्तुत गर्न मन्त्रालयलाई समेत भनेका छौं”, समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, “सम्बन्धित मन्त्रालयहरूले पनि यसबारे दायित्वबोध गर्नुपर्छ भन्ने समितिको भनाइ हो।”

    कमजोर कानून

    नयाँ नयाँ प्रविधिसँग अभ्यस्त हुन नसकेकै कारण आफ्नो सिर्जनाको फल अरूले खाइरहँदा पनि मौन बस्न बाध्य स्रष्टाहरू पछिल्लो समय भने आवाज उठाउन थालेका छन। केही कलाकारले त यस्ता संस्था विरुद्ध उजुरी नै दिएका छन्। अधिकांश उजुरी विना अनुमति आफ्ना गीत यूट्यूबमा अपलोड गरिएको भन्ने छ।

    नेपालमा सबैभन्दा बढी ‘भिजिटर’ भएको यूट्यूब च्यानल म्यूजिक नेपाल हो। ६ सेप्टेम्बर २०११ देखि यूट्यूब अकाउण्ट खोलेको म्यूजिक नेपाल ४६ करोड ९० लाख पटक हेरिसकिएको छ। चार वटा च्यानल चलाइरहेको उसको तीन लाख ९४ हजार जना त सब्स्क्राइबर नै छन्। म्यूजिक नेपाल च्यानलमा ९ हजार ५२५ गीतको भिडियो ‘अपलोड’ भइसकेका छन्, जसमा नारायणगोपाल, नातिकाजीदेखि पछिल्लो पुस्ताका सिर्जना छन्। आफ्नै पूर्ण र आंशिक लगानीमा निर्मित भिडियो त भई नै हाले, अरूकै लगानीका भिडियो पनि विना संकोच म्यूजिक नेपालले आफ्नो च्यानलमा राखेको छ।

    प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्मा पुरानो सम्झौताले अहिलेको प्रविधिको भाषा नबोल्ने बताउँदै समय सुहाउँदो सम्झौताको विकल्प नभएको तर्क गर्छन्। “२५ मिनेट लगाएर भिडियो अपलोड गरेकै भरमा केही कम्पनीले वर्षौंदेखि अर्काको सिर्जनामा रजाइँ गरिरहेका छन्”, शर्मा भन्छन्। उनको भनाइमा, यस्ता च्यानलले कमाइको ८० प्रतिशत स्रष्टालाई दिनुपर्छ।

    आधुनिक प्रविधि आउनुअघि म्यूजिक कम्पनीहरूसँग भएका सम्झौता नवीकरण गरिनुपर्छ। -हेमन्त शर्मा अध्यक्ष, प्रस्तोता समाज नेपाल

     

    रोयल्टीको हिसाबले गीत, संगीत दुरुपयोग भइरहेका छन्। -सुरेश अधिकारी अध्यक्ष, संगीत रोयल्टी संकलन समाज नेपाल

     संगीतकार सुरेश अधिकारी गितार र हार्मोनियम छाडेर मन्त्रालय धाउनु परेको बताउँछन्। “स्रष्टाका सिर्जना खोलाको पानी जसरी दुरुपयोग भइरहेको रहेछ”, रोयल्टी संकलन समाज नेपालका अध्यक्ष अधिकारी भन्छन्। उनी पाइरेसीलाई फौजदारी अपराध अन्तर्गत कारबाही गरिनुपर्ने, सजायको मात्रा बढाउनुपर्ने, अनुगमन र कार्यान्वयन गर्न अर्धन्यायिक निकाय स्थापना हुनुपर्ने र प्रधानमन्त्री कार्यालयमा पनि छुट्टै संयन्त्र बनाउनुपर्ने बताउँछन्। “तर सबैभन्दा पहिले सर्जक आफैं सचेत हुनुपर्छ”, उनी भन्छन्।

    कति कमाइ?

    यूट्यूब च्यानलको मुख्य आयस्रोतको माध्यम गुगल एडसेन्स् हो। च्यानलका दर्शक/श्रोताका आधारमा एडसेन्स्बाट कमाइ हुन्छ। एडसेन्स्बाट नेपाली यूट्यूब च्यानलहरूले पनि प्रशस्त आम्दानी गरिरहेका छन्। यूट्यूब मनी क्याल्कुलेटर (यूट्यूबमनी डटकम) का अनुसार प्रति एक लाख ‘भिजिटर’ बराबर च्यानल सञ्चालकको १३६ देखि ३४० डलरसम्म कमाइ हुन्छ। अर्को एक अध्ययनका अनुसार, यूट्यूब च्यानलबाट अहिलेसम्म म्यूजिक नेपालले ९ लाख ३९ हजार १०० डलर, बूढासुब्बा म्यूजिकले पाँच लाख डलर, पीएनपी मिडियाले २ लाख ८६ हजार ७०० डलर, मिडिया हवले २ लाख ८४ हजार २०० डलर र संग्स नेपालले २ लाख ४३ हजार ८०० डलर अनुमानित वार्षिक आम्दानी गरिरहेका छन् ।

    साप्ताहिक खबरपत्रिका हिमालबाट

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.