×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

३५ वर्ष पुरानो ‘पुनर्जागरण’ साप्ताहिक सधैंका लागि बन्द, प्रधानसम्पादक भन्छन्ः मिसन पूरा भयो, वंशवादलाई जितियो

  •  
  • सोमबार, चैत २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चिरञ्जीवी पौडेल

    २९ चैत, काठमाडौं । श्याम-श्वेत रंगमा प्रकाशित हुँदै आएका साप्ताहिक पत्रिकाको भविश्य पछिल्लो दशकमा संकटमा पर्न थालेको छ । यसै क्रममा ०३८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको ‘पुनर्जागरण’ साप्ताहिक सधैंका लागि बन्द भएको छ । उक्त पत्रिका एक महिनादेखि प्रकाशित भएको छैन ।

    पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक माथवरसिंह बस्नेत आफ्नो पत्रिका सधैंका लागि बन्द हुनुको मुख्य कारण व्यवस्थापकीय पक्षलाई मान्न तयार छैनन् ।

    नेपाली कांग्रेसलाई कोइरालाको वंशवादबाट मुक्त गराई शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि ‘मिसन’ पूरा भएको र पत्रिका सधैंका लागि बन्द गरिएको बस्नेतको तर्क छ । पुनर्जागरण साप्ताहिक कांग्रेस निकट तर कोइरालाविरोधी पत्रिकाका रुपमा चिनिएको थियो ।

    बस्नेतले राजनीतिक मिसन पूरा भएकाले पुनर्जागरणलाई निरन्तरता नदिने निर्णय लिएको बताए । आर्थिक एवं व्यवस्थापकीय समस्या चाँहि पत्रिका बन्द हुनुको दोस्रो कारण रहेको बस्नेतले बताए । ‘पत्रिका बन्द भएको छ, अब फेरि प्रकाशन गर्ने कुनै योजना छैन,’ बस्नेतले अनलाइनखबरसँग भने ।

    ‘हामी लामो समयदेखि कांग्रेस पार्टीलाई कोइराला वंशको कैदबाट मुक्त गर्ने अभियानमा थियौं,’ प्रेस काउन्सिलका पूर्वअध्यक्षसमेत रहेका बस्नेत भन्छन्, ‘हाम्रो अभियानले अहिले मूर्तरुप लिएको छ, अब पत्रिकालाई निरन्तरता दिइरहन आवश्यक भएन ।’

    त्यसो त पत्रिका बन्द हुनुमा आर्थिक पाटो पनि सहायक कारण हो । बस्नेत भन्छन्, ‘आर्थिकरुपमा साप्ताहिक पत्रिका आफ्नो खुट्टामा उभिन सक्ने अवस्था रहेन । हामीले हाम्रो राजनीतिक मिसन बाहेक कुनै पनि अनुचित लाभ कतैबाट लिने प्रयास गरेनौं । कसैसित ब्ल्याकमेलिङ गरेर पैसा उठाउने धन्दा चलाएनौं, त्यसैले आर्थिक अवस्था राम्रो भएन । पुनर्जागरण बन्द यसकारणले् भयो कि अब कांग्रेस कोइरालाको कोटरीबाट निस्केर सबैको भइसक्यो । अब त्यो अभियानलाई पनि विश्राम दिनुपर्‍यो नि ।’

    भट्टराईबाट नामाकरण, वीपीबाट विमोचन

    पुनर्जागरणको स्थापना हुँदा यो पत्रिका ‘कोइराला विरोधी’ थिएन । ०३८ सालमा कृष्णप्रसाद भट्टराईले जेलबाटै पत्रिकाको नामाकरण गरेको बताउँछन् बस्नेत । पत्रिकाको स्थापनाकाललाई उनले यसरी सम्झे:

    Mathabarsing Basnet (1)

    ‘त्यसबेला नेपाली कांग्रेसको नारा थियो, राष्ट्रियता प्रजातन्त्र र समाजवाद । ०३६ सालको जनमतसंग्रह अगाडि म जेलमा थिएँ । मलाई राजकाज मुद्दामा आजीवन कारावास अर्थात २० वर्षको जेलसजायँ सुनाइएको थियो । जनमत संग्रहभन्दा २० दिनअघि आममाफी पाएर म जेलबाट छुटेँ ।

    जेलबाट छुटेपछि मैले वीपीसँग भेट गरेँ । उहाँले मलाई लामो समय जेल बसेर आएको हुनाले एकपटक देश दौडाहामा जान निर्देशन दिनुभयो । ‘सबै ठाउँमा गएर हामीले चुनाव किन हार्‍यौं भन्ने विषयमा सर्भेक्षण गर्नु’ भनेर वीपीले अह्राए । आज्ञापालन गर्दै म दौडाहामा निस्केँ ।’

    मैले देशका विभिन्न स्थानमा पुगेर फरक-फरक पेशा र व्यवसायका व्यक्तिहरुसँग भेट तथा अन्तरक्रिया गरेँ । धेरैको धारणा के रह्यो भने, कम्युनिस्टको जस्तो कांग्रेसको प्रचार संयन्त्र राम्रो भएन, आफैंले एउटा पत्रिका चलाउनुपर्‍यो । कांग्रेसले आफ्नो मुखपत्रका रुपमा पत्रिका निकालेर प्रजातान्त्रिक समाजवादको विषयमा बहस गर्ने प्लेटर्फम बनाउन सुझाव लिएर म फर्कें ।

    फर्केर आएपछि त्यही भावनाको प्रतिवेदन बनाएँ र वीपीलाई बुझाएँ । उहाँले निस्कर्ष पढेर भन्नुभो, ‘पत्रिका निकाल्न गाह्रो छ, टिकाउन झन् गाह्रो छ ।’ त्यसपछि हामीले किशुनजीसँग कुरा गर्‍यौं । उहाँले वीपीलाई कन्भिन्स गर्नुभयो । पुनर्जागरण नाम पनि किशुनजीले नै जुराउनुभएको हो ।

    वीपीले भक्तपुरमा आयोजित एक कार्यक्रममा पत्रिका विमोचन गर्नुभयो । हत्पत्ति आफ्ना कार्यकर्ताका प्रसंसा नगर्ने वीपीले त्यस दिन मेरो खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभएको मलाई याद छ, ‘यो पत्रिका अल्पजीवी हुँदैन । किनभने यसका सम्पादक बौद्धिक रुपमा पनि तिक्ष्ण र सुयोग्य छन् । उनले यसलाई दीर्घजीवी बनाउँछन् भन्ने मलाई विश्वास छ ।’

    त्यही कार्यक्रममा वीपीले पुनर्जागरणलाई सकेको सहयोग गर्न सबैसँग अपील गर्नुभयो । वीपीको अपील गर्दा आर्थिक सहयोग गर्न धेरै जना तयार भए ।

    प्रजातन्त्रपछि कोइरालाविरोधी

    Mathabarsing Basnet (4)

    शुरुमा कांग्रेसको आन्दोलनलाई सघाउनका लागि निस्केको पुनर्जागरणले ४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि आफ्नो धार अलिकति बदलेको थियो । कांग्रेटनिकटबाट कोइरालाविरोधी पत्रिकाका रुपमा यसको छवि फेरियो ।

    कांग्रेसको समर्थन गर्दागर्दै कोइरालाको विरोधमा किन लाग्नुभयो भन्ने प्रश्नमा बस्नेत भन्छन्, ‘प्रजातन्त्र पुनस्र्थापनापछि हाम्रो राजनीतिक मिसन पूरा भयो । त्यो माहोलमा एउटा सिंगो पार्टीलाई बोकिरहन आवश्यक थिएन । यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन पार्टीभित्रको राजनीतिमा छिर्नुपर्ने भयो ।’

    ‘४६ सालपछि कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको दबदबा असैह्य रुपमा बढ्दो थियो । उनले प्रजातन्त्रलाई बलियो बनाउनेभन्दा आफूलाई बलियो बनाउन सारा ध्यान केन्द्रित गरे । इन्डियामा इन्दिरा गान्धीले जसरी प्रधानमन्त्री भएपछि पार्टी कब्जा गरिन्, त्यसैलाई पछ्याएर गिरिजाले गणेशमान र किसुनजीलाई पन्छाएर पार्टीमा एकछत्र बनाए । त्यसैबेलादेखि पुनर्जागरणले कोइरालाविरोधी रुप धारण गर्‍यो ।’

    ‘गिरिजाप्रसादले सरकारको नेतृत्व गर्दा सबैभन्दा आलोचनात्मक दृष्टिकोण राख्नेमा पुनर्जागरण अगाडि थियो । कतिपय सन्दर्भमा एमालेनिकट पत्रिकाहरु भन्दा पनि अगाडि बढेर हामी सरकारको विरोधमा लेख्थ्यौं । ०५७ सालको चुनावमा एमालेको नारा थियो- आगामी सरकार एमालेको अल्पमतको होइन बहुमतको ।

    केपी ओलीले उक्त नारालाई मोडीफाई गरेर भन्ने गर्थे- आगामी सरकार एमालेको, दृष्टि र पुनर्जागरणको । दृष्टि एमालेको मुखपत्र थियो ।’

    ‘म १२ औं खेलाडी’

    प्रजातन्त्र पुनर्स्थापनापछि गिरिजाप्रसादले पेल्दै लगेपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई एकै ठाउँमा आइपुगेका थिए । गणेशमान निकट भनेर चिनिने बस्नेतको निकटता कृष्णप्रसादसँग पनि उत्तिकै थियो । कृष्णप्रसाद पहिलोपटक प्रधानमन्त्री हुँदा बस्नेत प्रेस सल्लाहकार बनेका थिए ।

    Mathabarsing Basnet (2)बस्नेत सम्झिन्छन्, ‘४७ सालसम्म आइपुग्दा नेपालमा गणेशमान सिंह र गिरिजाप्रसादसँग बाहेक अरुसँग गाडी थिएन । भट्टराई सरकार गठन भएपछि १० जना मन्त्री र प्रधानमन्त्रीेले गाडी चढ्न थाल्नुभयो । मैले पनि प्रधानमन्त्रीको सल्लाहकारको हैसियतले गाडी सुविधा पाएँ । त्यतिबेला मलाई १० मन्त्री र प्रधानमन्त्रीपछिका १२ औं खेलाडी भन्थेँ ।’

    साढे तीन दशकदेखि संलग्न रहेको साप्ताहिक पत्रिका बन्द हुँदा कस्तो महसुस भएको छ भन्ने प्रश्नमा उनले भने, ‘एकातिर टाउकोबाट ठूलो बोझ हटेको छ, अर्कोतिर आफैंमा ठूलो रिक्तता पनि महसुस भएको छ ।’

    एक से एक सक्षम मिडिया देशमा आइसकेकाले पुनर्जागरणको अभाव महसुस नहुने उनी बताउँछन् ।

    – See more at: http://www.onlinekhabar.com/2016/04/413140/#sthash.1mPRFRKQ.dpuf

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.