×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जबरजस्ती तानेर बिहे !

  •  
  • सोमबार, चैत २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी, विहि (गोरखा)

    चैत्र २९, २०७२- सामान्यत: विवाह बन्धनमा बाँधिन परिवार र केटाकेटीको मन्जुरी चाहिन्छ । साइत हेरेर लगन गाँठो कसिन्छ । प्रेम सम्बन्धमा बाँधिएर प्रेमी–प्रेमिकाको सहमतिमा बिहे हुनु पनि सामान्य हो । तर, उत्तरी गोरखाको बिहीमा अझै पनि रातमा जबरजस्ती तानेर बिहे गर्ने प्रथा कायमै छ । केटी मन परे उमेर हेरिँदैन, अभिभावकलाई सगुन दिएर खुसी पारेपछि छोरी जबरजस्ती तानेर लाने गरिएको छ ।

    बिही ८ की १९ वर्षीया सोनाम छर्की लामालाई पनि त्यस्तै भयो । छिमेकी वडाका युवा राति आएर जबरजस्ती तानेर लगे । बिही–९ कै सोनाम छेदेन लामाले उनलाई तानेर लगेका थिए । ‘बिहे भएको एक वर्ष हुन लाग्यो,’ सोनामले भनिन्, ‘बुढासँग बोलचाल पनि छैन ।’

    पहिले पनि अर्कीे केटी तानेर ल्याएको र पहिलोसँग घरजम नभएपछि आफूलाई तान्न आएको उनले बताइन् । अहिले उनी सोनामकै घरमा बस्ने कि माइती फर्कने दोधारमा छिन् । ‘पहिले नै लभ गरेर बिहे गरे पो राम्रो हुन्छ,’ उनले भनिन्, ‘बिहे गर्ने मन नहुँदै तानेर ल्यायो, बस्ने मन छैन ।’

    गोरखाको उत्तरी क्षेत्रमा बहुपति प्रथा पनि कायमै रहेका कारण सोनाम छिर्कीले श्रीमान्को भाइलाई समेत आफ्नो लोग्ने स्वीकार गर्नुपर्ने बाध्यता छ । रातमा केटा पक्षले रक्सी ल्याएर केटीको परिवारलाई खुवाउने अनि केटीलाई बिहे गरेको भन्दै उठाएर लैजाने परम्परा कायमै रहेको बिही युवा क्लबका अध्यक्ष नवीन गुरुङले बताए । ‘दाजुभाइले एउटै युवतीलाई श्रीमती राख्ने चलन अझै हटिसकेको छैन,’ उनले भने ।

    बिही–९ कै सोनाम लामा वैदेशिक रोजगारीमा गएकी थिइन् । आमाको मृत्यु भएपछि भेटघाटका लागि घर फर्किन् । दाजुभाइलाई भेटघाट गर्न आउँदा उनलाई पनि ३ महिनाअघि तानेर लगे । ‘मभन्दा ५ वर्ष कान्छोले राति आएर तानेर लग्यो,’ उनले भनिन्, ‘केटा मन नै परेको छैन, भागेर जाउँ भने दाजुभाइलाई दु:ख दिन्छन् ।’

    बिहे भन्दै तानेर लगेकी युवतीले श्रीमान्लाई छाडे केटी पक्षले केटा पक्षलाई क्षतिपूर्ति दिनुपर्ने चलन रहेको उनले बताइन् । ‘तानेको दिन उनीहरूले गरगहनासहित गरेको खर्चको दोब्बर जरिवाना तिर्नुपर्ने नियम छ,’ उनले भनिन् । उक्त नियमले उनी इच्छा नभएको श्रीमान्सँग बस्न बाध्य छिन् ।

    रातको समयमा पानी घट्ट, बाटो र घरबाटै युवतीलाई तानेर लैजाने चलन कायमै रहेको शिक्षिका लुना गुरुङले बताइन् । ‘पढ्न र कामका लागि सदरमुकाम र राजधानी आएका केटी पनि जबरजस्ती तानेर बिहे गर्ने चलनका कारण गाउँ आउजाउ गर्न डराउँछन्,’ उनले भनिन् ।

    तान्ने प्रथाका कारण बालविवाहसमेत हुने गरेको छ । ‘बालिका १२ वर्ष पुग्न लागेपछि तान्न थाल्छन्,’ उनले भनिन् । बिही–२ की १४ वर्षीया दावा युटन लामालाई १४ वर्षकै उमेरमा स्थानीय युवाले पानी घट्टबाट तानेर लगेका थिए ।

    ‘मलाई त बिहे गर्ने मन नै थिएन, बाउआमाले रक्सी खाएर तान्न मन्जुरी दिए,’ उनले भनिन्, ‘श्रीमान्सँग मिलेर बसेको छु ।’ बाबुआमालाई रक्सी खुवाएर मन्जुरी लिएपछि सिन्दुर भन्दै टाउकामा चौंरीको घिउ लगाएर बोकेर लैजाने चलन छ । ‘जति रोइकराइ गरे पनि तान्न आएकाहरूबाट छुटाउन कोही आउँदैन । देखभेट नभएको मान्छेसँग बिहे गर्नुपर्छ,’ उनले भनिन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.