×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाउँमा धामी झाँक्री नै डाक्टर

  •  
  • आइतबार, चैत २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :पाठेघरको रोगले थलिएकी उहिया ५ की सुनिता विक र उनको उपचार गर्दै धामीझाँक्री ।
    शिवप्रसाद उप्रेती
    उहिया (गोरखा): दुई साताअघि दुर्गम गाउँ उहिया ५ विकटोलकी सुनिता सुनारको महिनावारी हुँदा बेस्सरी रगत बग्यो । तल्लो पेट खपिनसक्नु गरेर दुखेको थियो । ढाडमा सहनै नसक्ने गरी झस्का लागिरहेको थियो । ज्यान उस्तै चिलाएर हैरान । यही बेथाले उनी १२ दिनदेखि घरभित्रै ओछ्यान परेकी छन् ।

    बेथा निको बनाउन गत मंगलबार साँझ उनका आफन्तजन, गाउँका जान्ने धामीझाँक्री घरमा आए । सुनिताका श्रीमान् जितरामले कान्छा झाँक्रीको हातमा कुखुराको सेतो पोथी थमाए । जान्ने धामी छबिलाल सुनारले सुनिताको नारी छामे । ‘नारी छाम्दा कुलदेवता बिग्रिएको, बोक्सी लागेको वा हेल्थपोस्ट लानु पर्छ भन्ने पत्ता लाग्छ’ केहीबेर नारी छामेर उनले भने, ‘हेल्थपोस्ट लानु पर्दैन । कुलदेवता रिसाएको पनि होइन । बोक्सी लागेको हो ।’

    सहयोगी चना विकले चामलको पीठोको, बेसारको र कालोमोसोको रेखी हाले । चामलको भात जुटाए । धूप हाले । केहीबेर फुकफाक गरेपछि कान्छा झाँक्रीले बिरामीको टाउकोमा कुखुराको पोथी घुमाए । आँगनमा लगेर पनि केहीबेर पूजा गरे । पोथी काटेर कलेजो निकाल्दै हेर्न थाले । कलेजोको कुन कुनामा दाग छ, कुन कुनामा खुम्चा परेको वा केही भाग उठेको छ । केहीबेरपछि कुखुराको मासु र भातको भोज चल्यो ।

    गाउँको हेल्थपोस्टका अहेब शुभनारायण दास यो दृश्यले छक्क परे । उहियाका बिरामी स्वास्थ्य चौकीभन्दा झारफुकमै बढी विश्वास गर्ने उनले बताए । ‘यी महिलालाई पाठेघरको गम्भीर समस्या छ । क्यान्सर पनि हुनसक्छ’, उनी भन्छन्, ‘तुरुन्त अस्पताल लैजाऊ भन्यो, मान्दैनन् । पाठेघरको शल्यक्रिया गरेर फाल्नु पर्ने पनि हुनसक्छ ।’ बेलामा सही उपचार नपाए बिरामीको ज्यान खतरामा रहेको उनको भनाइ छ ।

    सुनिताका श्रीमान् जितराम भने उपचार गराउन नलैजाने निचोडमा छन् । ‘पाँच, छ महिनाअघि राहत बाँड्ने हेलिकोप्टरमा राखेर गोरखा अस्पताल लगेको हो’, उनी भन्छन्, ‘त्यहाँ पनि सक्दिनँ, भरतपुर लैजाऊ भन्यो । भरतपुर लैजाने पैसा थिएन । बोकेर फर्काएँ ।’ साउदी, कतार जाने चक्करमा गाउँमा लाख, डेढ लाख रुपैयाँ ऋण लागेको र ऋण पनि तिर्न नसकेकाले उपचार खर्चका लागि कसैले ऋण नपत्याउने उनले गुनासो गरे ।

    ‘म त पागल हुन मात्र बाँकी छ । यही झारफुकले बाँचे बाँच्छ, बजार लैजान त सक्दिनँ’ उनी भन्छन्, ‘यता गर्दा नि हुन्न । उता गर्दा नि हुन्न । आफूसँग कति पनि पैसा छैन । कसैले ऋण पत्याउँदैन ।’ उनले फलाम कुटेर परिवार पाल्दै आएका छन् ।

    २८ वर्षकी सुनिता जितरामकी दोस्रो श्रीमती हुन् । उनले अहिलेसम्म सात सन्तान जन्माएकी छन् । ‘सातवटा पाएको थिएँ । पाँचवटा मरे । दुईजना मात्र बाँचेका छन्’, सुनिता भन्छिन्, ‘पाठेघरकै समस्या हो । ३०/४० हजार रुपैयाँ खर्च लाग्छ, भरतपुर जाऊ भनेका थिए गोरखाका डाक्टरले । तर कसले लैजाने । १२ दिन भयो, रगत बगेको बग्यै छ । अब त मर्छु झैं लागेको छ ।’

    पाठेघरको समस्याले थला परेकी सुनितालाई उपचार गराउने उनको परिवारको पनि कुनै तयारी नरहेको अहेब दास बताउँछन् । उनी भन्छन्, ‘३०/४० हजार रुपैयाँ खर्च गरे उपचार हुनसक्छ । उपचार गराउन लैजाऊ भनेर बारम्बार भनेका छौं । हामीले बाटो देखाइदिने हो । आफैंले हात समातेर लैजान सकिँदैन ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.