×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काठ नहुँदा मनकामना मन्दिर जीर्णोद्धारमा ढिलाइ

  •  
  • शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनकामना (गोरखा),  चैत २६ गते । टिम्बर कर्पोरेसन नेपालले चाहिएजति काठ उपलब्ध गराउन नसक्दा प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर जीर्णोद्धारमा ढिलाइ भएको छ ।

    मन्दिरको जीर्णोद्धार (पुनःनिर्माण) गत साउन महिनादेखि सुरु भएपनि अहिलेसम्म एकतला पनि निर्माण गर्न सकिएको छैन । दुई वर्षभित्र मन्दिर निर्माण गरिसक्ने पूर्व योजना भएपनि काठको अभाव भएपछि जीर्णोद्धारमा ढिलाइ भएको हो ।

    “मन्दिर जीर्णोद्धार गर्न एकहजार एकसय क्युफिट काठ चाहिन्छ,” मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भन्नुभयो – “टिम्बर कर्पोरेसनले सग्ला काठ दिन सकेन ।” काठ माग्न धेरैपटक कर्पोरेसन गए पनि मागअनुसार काठ नपाएको श्रेष्ठले गुनासो गर्नुभयो । मन्दिरको जीर्णोद्धार गर्न रु ४३ लाख मूल्य बराबरको काठ आवश्यक पर्छ ।

    मन्दिरका पुराना काठ काम नलाग्ने भएपछि धेरै काठ आवश्यक परेको हो । अध्यक्ष श्रेष्ठले भन्नुभयो – “पुरातत्व विभागले ३० प्रतिशत काठ पुरानै प्रयोग गर्न मिल्छ भनेको थियो । मक्किएको काठ हामीले पुनः प्रयोग गरेनौँ, त्यसैले धेरै काठ चाहिएको हो ।” काठको अभावले गर्दा पुनःनिर्माणमा केही ढिलाइ भएको श्रेष्ठ बताउनुहुन्छ ।

    मन्दिर पुनःनिर्माणको काम भक्तपुरका कालिगढले गरिरहेका छन् । झ्याल, ढोका, थाम, दलिन, टुँडाललगायत सामग्रीमा बुट्टा भर्न समय लाग्ने भएकाले पनि पुनःनिर्माणमा ढिलाइ भएको हो । “जगैदेखि भत्काएर बनाए पनि मन्दिर दुरुस्तै पुरानो शैलीको हुन्छ । पुरातत्वको मापदण्डअनुसार बनाएका छौँ,” श्रेष्ठले भन्नुभयो – “मन्दिर निर्माण नहुँदासम्म बाहिरै पूजा गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।”

    मन्दिरको पुनःनिर्माण चलिरहे पनि भक्तजनको भीड नघटेको पुजारी इन्शानबहादुर थापाले बताउनुभयो । भूकम्प, मधेस आन्दोलन र भारतीय पक्षले गरेको नाकाबन्दीले मन्दिर दर्शन गर्न आउने भक्तजन केही मात्रामा घटेको उहाँको भनाइ छ । मनकामना मन्दिरमा एक दिनमा तीन हजारदेखि सात हजारसम्म भक्तजनको घुइँचो लाग्छ । अधिकांश भक्तजन केबलकार चढेर मन्दिर आवतजावत गर्छन् भने केही भक्तजन सडक मार्गमार्फत् पनि मनकामना पुग्छन् ।

    मन्दिर पुनःनिर्माणका लागि करिब रु १४ करोड आवश्यक पर्ने देखिएको छ । सरकारले दुईपटक गरी रु चार करोड उपलब्ध गराएको थियो ।

    यस्तै, मन्दिर पुगेका भक्तजनबाट पनि चन्दा सहयोग लिइएको छ । भक्तजनबाट रु पाँच करोड सङ्कलन भइसकेको छ । मन्दिर क्षेत्रको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएको छ । मन्दिरको गजुरलगायत महत्वपूर्ण सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्दैआएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.