×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एउटी महान योद्धाको चुपचाप चिहान डेढसय वर्षपछि सम्मानित

  •  
  • शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गिरीश गिरी

     

    हामी झाँसीकी रानीको कथा सुनेर हुर्केका छौं। तर, हाम्रै भूमिसँग जोडिन पुगेकी भारतीय उपमहाद्वीपकै अझ महत्वपूर्ण अर्की बहादुर रानीलाई हामी कहिल्यै सम्झँदैनौं। कुनै समय अवध साम्राज्य हाँकेकी र अंग्रेजसँग लडेर अन्तिमसम्म त्यसको अस्तित्व जोगाएर राखेकी बेगम हजरत महलको चिहान हाम्रै आँगनमा छ भन्ने जानकारी पनि हामीलाई थिएन। हाम्रो मात्र के कुरा? स्वयं भारतले समेत उसकै स्वतन्त्रताको निम्ति लडेकी यी योद्दाको रत्नपार्क नजिकै करिब डेढ सयवर्षअघि गाडिएको चिहानमा तीन वर्षयता मात्र श्रद्धाञ्जली प्रकट गर्न थालेको हो।

    भारतीय दूतावास र विपि कोइराला भारत नेपाल फाउण्डेसनले विहिबार जामेमस्जिदस्थित बेगमको मकबरा (समाधि)मा १३७ औं स्मृति दिवसको आयोजना ग¥यो। सन् १८७९ मा अप्रिल ७ कै दिन उनलाई यसै स्थानमा समाधिस्त गरिएको थियो।

    त्यसभन्दा अगाडि यी बेगमको इतिहास गौरवपूर्ण छ। तत्कालीन लखनउका नवाब वाजिद अलि शाहकी यी प्रथम पत्नी भारतकै पहिलो महिला स्वतन्त्रता सेनानीकी रुपमा पनि चिनिन्छिन्। सन् १८५६ मा आक्रमणमा पर्नेबित्तिकै उनका श्रीमान्ले कोलकातातिर शरण लिए पनि यी बहादुर रानीले सजिलै अंग्रेजको हातमा सत्ता सुम्पन मानिनन्। यो लडाइँ थियो, महारानी लक्ष्मीबाइ (झाँसीकी रानी) भन्दा पनि एक वर्ष पहिलेको। बेगमले लडेको लडाइ (सन् १८५७) लाई नै भारतीय इतिहासले पनि भारतको स्वतन्त्रताको पहिलो लडाइका रुपमा उल्लेख गर्दै आएको छ।

    तर, झाँसीकी रानीलाई लोककथाको पात्र बनाइयो। अहिले पनि उनका बारेमा रचिएका थुप्रै लोकगीतहरु भारतमा गाइन्छन्। त्यसको प्रभाव नेपालमा पनि पर्न गयो। हाम्री हजुरआमाहरुले सुनेका तिनै वर्णनहरु कथा बनेर हाम्रा वाल्यकालभरि सुनाइँदै आए। तर, यो सम्पूर्ण परिदृश्यमा बेगम कतै देखा परिनन्। यद्यपि अवधमा आज पनि धनाढ्यहरुले बेगमको विरासतलाई जोगाएर त राखेका छन्। तर, उनीहरुका जतिसुकै प्रयास पनि लोककथामा रुपान्तरित झाँसीकी रानीका अघिल्तिर कुनै महत्वका देखिँदैनन्।

    यसरी उति पर मध्यप्रदेशस्थित झाँसीकी कान्छी नायिकाको वीरगाथा हाम्रो समाजमा चर्चित रहँदै आए पनि छिमेककै उत्तर प्रदेश (अवध)मा शासन गरेकी र नेपालमा मृत्युवरण गरेकी नायिकालाई हामी सम्झँदैनौं।

    उनको संघर्षका गाथा रोचक छन्। आफ्नै बाबुआमाद्वारा दरबारमा बेचिएकी मोहमदी खानम पछिगएर त्यसै दरबारका राजाकी प्रिय स्त्री बन्न पुगिन्। छोरा बिरजी कादराको जन्म भएपछि ‘हजरत महल’को उपमासम्म पुग्दा बल्ल रानी बनेकी यिनको यात्रा रोचक थियो।

    तर, जब अंग्रेजहरुले लखनउलाई कब्जामा लिए र नवाब वाजिद अली शाह अन्त लागे त्यसपछि सुरुभयो बेगमको बहादुरीका किस्सा।

    लोग्नेले सत्ता छाडेर गए पनि उनले अंग्रेजहरुलाई सजिलै भोग गर्न दिइनन्। अवधको रानी आफूलाई घोषित गरिन् र लडिन्। उनले आफ्नो जमात लगेर त्यतिबेला अंग्रेजसँगै विद्रोह गरेर लडिरहेका राजा जयलाल सिंहसँग मिसाइन्। त्यसमा अरु पनि थुप्रै समूह मिसिएको थियो। यसरी उनीहरु फेरि लखनउमाथि कब्जा जमाउन सफल भए। र, बेगमले आफ्नो ११ वर्षीय छोरा बिरजी कादरालाई फेरि राजसत्तामा बसाउन सफल भइन्। हिन्दू र मुसलमानहरुको धर्मलाई अंग्रेजले नष्ट बनाउन थालेको कुरालाई उनले मुख्य मुद्दा बनाएकी थिइन्।

    तर, त्यो लडाइ पनि लामो समयसम्म थेग्न गाह्रो भयो। इतिहासमा ‘सिपाइ विद्रोह’ भनेर चिनिने त्यो लडाइमा अंग्रेजलाई सघाउन स्वयं तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उनकै भाइ रणोद्दीपको नेतृत्वमा ठूलो संख्यामा नेपाली सेना पठाएका थिए।

    पछिल्लो आक्रमणमा लखनउभन्दा चार माइल पर मुसाबाग भनिने दरबारमा छोरालाई राजा बनाएर राखेकी स्वयं रानी बेगम पनि भाग्न बाध्य भइन्। सन् १८५८ को २१ मार्चका दिन सम्पूर्ण क्षेत्र अंग्रेजको कब्जामा पुगेको थियो।

    भनिन्छ, सम्पूर्ण अवध कब्जामा लिइसकेपछि पनि बेगमलाई भारतमै बस्नका निम्ति अंग्रेजहरुले आकर्षक प्रस्तावहरु अघि सारेका थिए। तर, उनी मानिनन्।

    त्यसपछि उनको गन्तब्य बन्न पुग्यो छिमेकी मुलुक नेपालको राजधानी काठमाडौं।

    यो आलेखको सुरुवात हुन्छ बिहीबार मध्यरातमा बरिष्ठ भारतीय पत्रकार सिद्धार्थ बरदराजनको ट्वीटबाट। उनले एउटा ताजा समाचारको लिंक राख्दै त्यसमा लेखेका थिए, ‘१८५७ की एक विर्सिएकी चेलीको कथा’।

    सिद्धार्थले बेगम हजरत महलबारे गरेको उक्त ट्वीटमै जवाफ फर्काउँदै अर्का बरिष्ठ पत्रकार कनकमणि दीक्षितले सम्झाउन खोज्दै भने, ‘उनको समाधि काठमाडौंस्थित घन्टाघरकै मुन्तिर ओझेल अवस्थामा छ।’

    यस भेगकै यति महत्व र चर्चाको विषय के रहेछ भनेर बुझ्न खोज्दा एक दुईवटा मिडियामा बाहेक अन्यत्र कही ठाउँ दिइएको पाइएन। त्यसपछि सुरुभयो बेगमको खोजी जसका महत्वलाई लिएर इन्टरनेटमा भने यतिबेला पर्याप्त सूचनाहरु दौडिरहेका छन्।

    यतिबेला अग्रणी भारतीय अखवारहरु समेत अंग्रेजविरुद्धको लडाइमा होमिएकी चेलीहरु प्रति उनीहरुकै मुलुकले गरिरहेको बेवास्ताप्रति दुःख प्रकट गरिरहेका छन्। उनीहरुको भनाइ छ, केवल पुरुषहरुलाई नायक बनाइयो।

    ‘बेगम हजरत र लक्ष्मीबाइ मात्र होइन,’ उनीहरु भन्छन्, ‘असंख्य दलित र सिमान्तकृत समुदायका छोरीचेलीहरुले त्यतिबेला अंग्रेजका अघिल्तिर हुंकार गरेका थिए। जसको कथा कहिल्यै भनिएन।’

    अखवार ‘द वायर’ ले त आफ्नो आलेखमा हाम्रो समाज पितृसत्तात्मक भएकैले यसले आज पनि लडाइमा होमिएकी छोरीहरुलाई योद्धाका रुपमा स्वीकार्न नचाहेको हुनसक्ने लख काटेको छ।

    महत्वपूर्ण पात्र हुँदाहुँदै पनि बिर्सिएकी बेगमकै स्मृति दिवस पारेर अब ति सबै विरांगनाहरुको खोजी र स्मरण सुरु गरिनुपर्ने उनीहरुको कथन छ।

    उतिबेलै विलियम हवार्ड रसेलले आफ्नो पुस्तक ‘माइ इण्डियन म्युटिनी डायरी’मा यी बहादुर बेगमको खुलेर प्रशंसा गरेका छन्। ‘यि बेगमले गजबै शक्ति र क्षमताको प्रदर्शन गरिन्,’ उनले लेखेका छन्, ‘आफ्नो नाबालक छोराका निम्ति उनले सिंगो अवधलाई एकजुट पार्न सफल भइन्। सम्पूर्ण स–साना राजा रजौटाहरु उनको पक्षमा एकत्रित भइदिए। र, हाम्रो विरुद्धमा बेगमले कहिल्यै नथामिने लडाइको उद्घोष गरिदिइन्।’

    बेलायतीहरुले त्यतिबेला उनको श्रीमानको मातहतमा रहेका मात्र क्षेत्र आफ्नो आधिपत्यबाट फिर्ता गरिदिनेसम्मका प्रस्ताव राखेका थिए। तर, बेगमले सम्पूर्ण भेगमाथिको दाबीबाट एक इन्च पनि पछि नहट्ने अडान लिइन्। एक लाख सेनाको साथ लिएर दस महिनासम्म छोरालाई राजा बनाएर राज पनि गरिन् र लडाइ पनि लडिरहिन्। त्यो अवधिभरी जमिन्दार र किसानहरुले पनि सम्पूर्ण करको हिसाबकिताब अंग्रेजलाई नभएर बेगमलाई नै बुझाइरहे।

    यसरी लड्दालड्दै अंग्रेजको दोश्रो आक्रमणमा उनले सत्ता गुमाएपछि उनी नेपाल आइन्।

    त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले राजकुमारीको हैसियत दिएर थापाथली दरबारमै राखेका थिए।

    ‘भारतमा त्यत्रो शक्तिशाली ब्रिटिश इण्डियाको शासन चलिरहेको बेलामा जंगबहादुरले उच्च मान्यताका साथ बेगमलाई राजनीतिक शरण दिनु कम्ती महत्वको घटना थिएन,’ पत्रकार दीक्षित भन्छन्, ‘यीनै छिमेकीको बीचमा रहेर मुलुक हाँक्दा हाँक्दै पनि इतिहासमा हामीले कति शक्तिशाली नेतृत्व पाएका थियौं भन्ने झलक यसबाट मिल्छ।’

    त्यतिबेला बेगमले साथमा ल्याएका बहुमूल्य हिरा जवाहरातकै कारण पनि जंगबहादुरबाट राम्रो खातिरदारी पाएको हुनसक्ने अनुमान पनि काठमाडौंमा लगाइन्छ।

    काठमाडौंको मुटुमै भएर पनि यत्रो वर्षदेखि चुपचाप बेगम हजरतको समाधि किन अहिले मात्र चर्चामा आयो ? किन बितेको तीन वर्षदेखि मात्र भारतीय राजदूतले उनको सम्झनामा त्यहाँ पुगेर फूल चढाउन थाले ?

    यसको स्पष्ट जवाफ त पाइएन। तर, अरु पनि महत्वपूर्ण कुराहरुको मान्यता पछिल्लो समय मात्र स्थापित भइरहेको लहरमै यो पनि पर्न गएको हुनसक्ने दीक्षितको ठहर छ।

    दीक्षितका अनुसार वरिष्ठ भारतीय कुटनीतिज्ञ सहाबुद्दिन बर्मामा राजदूत रहेका बेला उनैले त्यहाँ वाजिद शाहको मकबरा (समाधि) रहेको पत्ता लगाएपछि त्यसको महत्व स्थापित भएको थियो। पछिल्लो समय नागरिक अधिकार अभियन्तासमेत रहेका उनै सहाबुद्दिन केहि वर्षअघि नेपाल आएको बेलामा बेगम हजरतको मकबरा आफूहरुले नै लगेर देखाइदिएको दीक्षित सम्झन्छन्।

    ‘तर, यति महत्वपूर्ण व्यक्तित्वको समाधिमा अरुले किन महत्व दिएनन् भनेर हामीले खोज्ने होइन,’ दीक्षित भन्छन्, ‘त्यस्ता विरांगनाले हामीकहाँ जीवनको अन्तिम दुइ दसक बिताएर यतै समाधिस्थ भएपछि यो महत्वलाई हामीले नै मनन् गर्नुपर्ने हो। जुन गरिरहेका छैनौं।’

    हाम्रै सन्दर्भमा पनि अरनिकोको समाधि यतिबेला चीनले ब्यापक खोजी गरिरहेको समाचार आइरहेकै बेला दीक्षितको भनाइ जस्तै प्रश्न हामीतिरै उठ्छ।

    र, अन्त्यमा बेगमकै नेपालस्थित समाधि बारे लेखिएको एउटा उर्दू लाइनले यसो भन्छ–

    ‘लिखा होगा हजरत महलकी लहद (समाधि) पर

    नसिवोंकी जेल थी, फलक (आकाश)की सताइ’

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.