×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको फुजेलमा बाँदर आतंक

  •  
  • बिहिबार, चैत २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र २५ गते । बाँदरको बिषयमा धेरै उखान मध्ये ‘बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुको घर पनि बन्न दिदैन’ यस्तै कहानी तथा सत्यता संग मिल्छ गोरखाको फुजेलमा ।

    images
    २ बर्ष भयो फुजेलको केही गाउँहरुमा बाँदरले आतंकै मच्चाउन थालेको छ । त्यो पनि मानिस माथि । प्राय जंगली जनावर मानिस देख्नासाथै डराउछ तर फुजेलमा रहेको बाँदर भने अरु देखेर डराए पनि मानिस देखेर डराउन भने जानेको छैन ।
    गएको २ वर्षमा मात्रै त्यो क्षेत्रमा रहेको बाँदरले १० देखी १२ जनालाई टोकेर आतंक नै मच्चाई सकेको फुजेल गाउँ बिकास समिति ५ न्यौपाने गाउँका ५६ बर्षिय ढिल्लीराम भट्टराईले बताए ।
    बाँदरले फुजेलको न्यौपाने गाउँ, तिवारी गाउँ, माझी गाउँ, बेलखर्क गाउँ, दबक र गुडपन्तरी गाउँमा रहेका सर्ब साधारणहरुलाई बढी सताएको छ । घरमा मानिस होस वा नहोस बाँदरलाई केही खान मन लाग्यो भने हुल बाधेर आउछ र घरमा पस्छ अनि भएका खानेकुरा खान्छ र केही लिएर पनि जाने गरेको फुजेल गाबिस ५ दवकका ७२ बर्षिय कुल प्रसान पन्तले बताए ।
    download

    सो क्षेत्रमा अहिले पनि स्कुले बिद्यार्थीका साथै बृद्व र जंगल जाने जो कोहीलाई पनि बाँदरले टोक्ने, गालामा थप्पड हान्ने गरेको स्थानिय बताउछन । स्कुले बिद्यार्थी एक्लै भए स्कुल नै नजाने, जंगल तथा गाई बस्तु चराउन समूहमा जाने ति गाउँको सामान्य दिनचार्य जस्तै भै सकेको छ ।
    बाँदर गाउँ आएको थाहा पाउने बित्तीकै स्थानियहरु झयाल, ढोका लगाएर घर भित्र बस्ने गरेको फुजेल ४ का रामचन्द्र दुवाडीले बताए । दुवाडीका अनुसार घरमा भित्र रहेको चुल्होको धुवा फाल्न प्रयोग गरेको चिम्नी बाट समेत बाँदर घर भित्र पसेर उपद्रो मच्चाउने गरेको बताए ।
    बाँदरको टोकाई पछिको उपचार महागों भएका कारण फुजेल बासीले बाँदर नियँन्त्रणका लागि सरकारलाई पहल गरीदिन आग्रह समेत गरेका छन । बारीको अन्नपात र घर भित्राएको खाद्यान्न त खान पाउला नपाउला तर मानिसलाई नै टोके पछि लाख भन्दा कम रकम खर्च गरेर उपचार हुदैन त्यसै कारण पनि समास्या समाधानमा सरकारी चासो हुन आवश्यक रहेको फुजेलबासीको भनाई रहेको छ ।
    अहिले पनि ति गाउँका सर्व साधारण बाँदर बाट सहज रुपमा बच्नका लागि हातमा गुलेली लिएर हिड्नका साथै समूहमा हिड्ने गर्दछन ।
    उत्त क्षेत्रमा पाईने बाँदर अन्य क्षेत्रको भन्दा आक्रमक र ठुलो भएका कारण पनि बाँदर देखी सर्व साधारण त्रसित भएका हुन ।
    यता सरोकार राख्ने जिल्ला बन कार्यालय गोरखाका बन अधिकृत जिबनाथ पौडेलका अनुसार अहिले सम्म पनि उत्त क्षेत्रमा बाँदरको आतंकका बिषयमा कुनै पनि जानकारी प्राप्त नभएको बताउछन । तर पनि फुजेलको बाँदर आतंकका बिषयमा जानकारी लिने र के गर्न सकिन्छ तत्कालै काम थाल्ने पौडेलले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.