×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिसाब किताब दिँदैन आइओएम !

  •  
  • बिहिबार, चैत २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
     

    के गरियो भन्छ कति खर्च गरियो भन्दैन

    सन्तोष अधिकारी

    भूकम्प पिडितका लागि सहयोग गर्न भनेर आएको अन्तराष्ट्रिय आप्रवासी संगठन आईओएमले गोरखाका भूकम्प पिडितका लागि कति रकम खर्च ग¥यो भन्ने बारे सूचना सार्वजनिक गर्न मान्दैन । भूकम्प पिडितको शिविर ब्यबस्थापनका लागि काम गर्ने भनिएको बजेट कहाँ कति खर्च भयो भन्न नमिल्ने भन्दै आइओएमले सार्वजनिक गर्न नमानेको हो ।
    आइओएमले आफुहरु एनजिओ, आइएनजिओ नभई आइजिओ रहेको बताउँदै हिसाब किताब भन्न नमिल्ने बताएको हो । हिसाब किताब सार्वजनिक गर्नका लागि उसले आफुहरुलाई स्वीकृत नै नभएको भन्दै पन्छिएको छ ।
    ‘हामीले भन्नै मिल्दैन’ आइओएमका गोरखा कार्यक्रम प्रमुख डूयूले भने ‘रिपोर्ट दिन मिल्छ । तर कति बजेट कहाँ केको लागि खर्च भयो भनेर हामी भन्न सक्दैनौँ ।’
    आइओएमले हाल सम्म जिल्लाका भूकम्पको केन्द्र विन्दु बारपाक लगायत लाप्राक, केरौँजा, सिमजुङ्ग, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, बोर्लाङ्ग, जौबारी, देउराली, मसेल, आँपपिल गाविसमा काम गरिरहेको छ । तर, आइओएमले यी गाविसमा काम गर्दा कति खर्च भयो भनेर जानकारी दिँदैन । आइओएम श्रोतका अनुसार आइओएमले जिल्लाका भूकम्प पिडितलाई सहयोगका लागि खर्च गरेको रकम भन्दा प्रशासनिक खर्च प्रतिशतको आधारमा प्रशासनिक तथा उसका कर्मचारीले खाने तलब भत्ता धेरै हुन्छ ।
    गत बैशाख १२ मा नेपाल गोरखा भूकम्प गएलगत्तै जिल्ला भित्रिएको सो अन्तराष्ट्रिय गैर सरकारी संस्थाले कामको बिबरण मात्र सार्बजानिक गर्न मिल्ने तर, ती कामका लागि यति रकम विनियोजन भएको छ भन्नेबारे जानकारी दिन नमिलने बताउँदै आएको छ । ‘फाईनान्सियल रिपोर्ट सेन्टर अफिसमा सोध्नुस’ आइओएमकी सूचना अधिकारी मनिषा राईले भनिन् ‘यो बारेमा भन्न मिल्दैन । केके भयो भन्ने बिबरण तत्काल दिन सकिन्छतर बजेट बिबरण भन्नै मिल्दैन ।’ जिल्लामा आएदेखि आइओएमले त्रिपाल, जस्तापाता, चुल्हो वितरण लगायतका विभिन्न काम गरेको छ । तर, त्यस्ता सामग्री वितरणमा लागेको खर्च केहि देखाउन चाहँदैन ।
    आइओएमले भूकम्प पिडितका लागि आएको रकमले साधन खरिद गरेको छ । डेढ लाख रुपैँया भन्दा धेरै मासिक भाडा तिरेर गाडी राखेको छ । आइओएम सँग अहिले कार्यालयकै एउटा गाडी र तीन वटा गाडी भाडामा लिएका गाडीहरु छन् । कार्यालयको गाडी नआउन्जेल केहि समय अघिसम्म महङ्गो भाडा तिरेर एउटा स्कोरपियो पनि राखेको थियो । त्यसरी भाडामा लिइएको सवारी साधनहरु सामान ओसार पोसारका लागि भन्दा पनि आइओएमका कर्मचारीहरु ओहोरदोहोर गर्नका लागि प्रयोग हुन्छन् ।
    आइओएमले जिर्ण तथा भग्नाबशेषाहरु हटाउने काम पनि गरेको छ । त्यस्तै भूकम्पका कारण क्षति पुगेका सरकारी भवन तथा गोरखा दरबारको सरसफाई र भूकम्पका कारण भत्केका हरुलाई सरसफाई गर्न पनि मानिसहरुलाई ज्यालादरीमा काम लगाईरहेको छ । तर उसले ती कामदारलाई कति ज्याला दिएर काम गर्न लगाएको छ र त्यस्ता संरचना निर्माणका लागि कति रकम खर्च हुने गरेको छ भन्ने सूचना सार्बजानिक गर्न चाहदैन । आइओएम गोरखा सदरमुकाम स्थित नयाँ बसपार्क क्षेत्रको एक घरमा महङ्गो भाडा तिरेर बस्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले राष्टिूय तथा अन्तराष्टिू संघ संस्थाहरुले हिसाब किताब सार्वजनिक गर्नुपर्ने बताए । ‘जसरी पनि हिसाब किताब सार्वजनिक गर्नुपरयो नि’ प्रजिअ भट्ट भन्छन् भन्छन् ‘त्यसरी केहि संघसंस्थाले हिसाब किताब सार्वजनिक नगर्ने गरेको थाहा पाएरै हामीले समिति गठन गर्दै छौँ । अब त्यो समितिले हिसाब किताब नदेखाउनेहरुलाई कारबाही गर्छ । हिसाब जसरी पनि देखाउन लगाउँछ ।’

    daraundi

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.