×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फुजेल घटनाका साक्षीलाई निर्धक्क बयान दिन आग्रह

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन, चैत २३ गते । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्रको तयारी भइरहेका बेला अधिकारकर्मीले निर्धक्कसँग घटनाको बयान दिन साक्षीलाई आग्रह गरेका छन् ।

    मानवअधिकारकर्मीले सोमबार जिल्लाका कानुन व्यवसायी तथा पत्रकारसँग भेटघाट गरी घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् । मानवअधिकारकर्मी सुबोध प्याकुरेलले आगामी वैशाख ५ गते हुने बकपत्रमा साक्षीहरुलाई जे सत्य हो त्यही बोलिदिन आग्रह गर्नुभयो । उहाँले पीडितले न्याय पाउनुपर्ने बताउँदै भन्नुभयो – “साक्षीहरुले, देखी जान्ने र सुनी जान्नेहरुले जे सत्य हो त्यही बोलिदिनुहोस्, हामी त्यति आग्रह गर्न आएका हौँ, हामीलाई असत्यसँग सरोकार छैन, अपराध, अपराध नै हो चाहे जुनसुकै आवरणमा गरिएको होस्, त्यो अपराध हो ।”

    अर्का मानवअधिकारवादी चरण प्रसार्इंले यो विषयलाई राजनीतीकरण नगर्न आग्रह गर्दै विपक्षीबाट धम्क्याउने, तर्साउने काम हुने गरेकाले यस पटक त्यस्तो नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले वर्षौंदेखि अस्पतालको श्ययामा रहेका पीडितलाई न्याय दिलाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “यस घटनालाई राजनीतिकरण नगरियोस् भन्नकै लागि हामी चितवन आएका हौँ, पीडितले न्याय पाउनुपर्छ र घटनामा मुछिएका निर्दोष व्यक्तिहरुले पनि मुक्ति पाउनुपर्छ ।”

    चितवन जिल्ला अदालतमा कृष्णप्रसाद हत्यामा संलग्न भएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर छ । हाल यो मुद्दा विचाराधीन अवस्थामा छ । यसै वर्षको पुस ६ गते सर्वोच्च अदालतले घटनाका मुख्य आरोपित भनिएका छविलाल पौडेललाई थुनामै राखी अनुसन्धान गर्न आदेश दिएको थियो । जिल्ला अदालत चितवनले प्रहरीलाई पत्राचार गरी पौडेललाई पक्राउ गर्न भने पनि हालसम्म पक्राउ पर्न नसकिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विद्याराज पौडेलले बताउनुभयो । विशेष कारण कोही अनुपस्थित भएपछि पनि बकपत्र हुने व्यवस्था छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.